NE/Prabhupada 0482 - मन आसक्तिको वाहन हो



Lecture -- Seattle, October 18, 1968


मन आसक्तिको साधन हो | यदि तपाई कोहिप्रति आसक्त हुनुहुन्छ, कुनै युवा, कुनै युवती, कुनै व्यक्ति...... साधारणतया हामी एक व्यक्तिमा आसक्त हुन्छौं | निराकार आसक्ति बेकार कुरा हो | यदि तपाई आसक्त हुन चाहनुहुन्छ, त्यो आसक्त व्यक्तिगत हुनुपर्छ | के यो तथ्य होइन ? निराकार आसक्ति....... तपाईले आकाशलाई प्रेम गर्न सक्नुहुन्न, तर तपाईले सुर्यलाई प्रेम गर्न सक्नुहुन्छ, तपाईले चन्द्रमालाई प्रेम गर्न सक्नुहुन्छ, तपाईले ताराहरुलाई प्रेम गर्न सक्नुहुन्छ, किनकि तिनीहरु केन्द्रित व्यक्ति हुन् | र यदि तपाई आकाशलाई प्रेम गर्न चाहनुहुन्छ, यो तपाईको लागि धेरै कठिन हुन्छ | तपाई पुन: यस आकाशमा आउनुपर्छ | त्यसैले योग विधि, पूर्णता प्राप्त गर्न, प्रेममा..... तपाईले कोहि व्यक्तिलाई प्रेम गर्नुपर्छ | ती कृष्ण हुनुहुन्छ...... जस्तै यहाँ तस्विर छ | राधारानीले कृष्णलाई प्रेम गर्नुहुन्छ र कृष्णलाई फुल अर्पण गर्नुहुन्छ र कृष्ण आफ्नो बाँसुरी बजाउनुहुन्छ | तपाईले सधैं यो तस्विर राम्ररी याद गर्न सक्नुहुन्छ | तब तपाई निरन्तर योग, समाधिमा हुनुहुन्छ | किन निराकार ? किन तपाई शुन्य पछी हुनुहुन्छ ? शुन्य हुन सक्दैन | यदि तपाईले केहि शुन्य सोच्नुहुन्छ, त्यहाँ केहि प्रकास हुनेछ, केहि रङ्ग, धेरै कुरा हामीले पाउनेछौं | तर त्यो पनि रुप हो | तपाईले रुप कसरी नकार्न सक्नुहुन्छ ? त्यो सम्भव छैन | तसर्थ तपाईले आफ्नो मन वास्तविक रुपमा एकाग्र गर्न किन सक्नुहुन्न, ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः (ब्र स ५|१), सर्वोच्च पुरुषोत्तम भगवान, नियन्त्रक, परम नियन्त्रक, कसको शरीर छ ? कसरी ? विग्रहः, विग्रहः भनेको शरीर | र कस्तो प्रकारको शरीर ? सच्-चिद्-आनन्द​, शाश्वत शरीर, आनन्दमय, ज्ञानले पूर्ण | त्यो शरीर | यो शरीर जस्तो होइन | यो शरीर अज्ञानताले पूर्ण छ, पिडाले पूर्ण छ र शाश्वत छैन | ठिक उल्टो | उहाँको शरीर शाश्वत छ; मेरो शरीर शाश्वत छैन | उहाँको शारिरी आनन्दमय छ; मेरो शरीर पिडाले पूर्ण छ, सधैं केहि कुराले मलाई समस्या दिंदैछ- टाउको दुख्ने, दाँत दुख्ने, यो दुखाई, त्यो दुखाई | कसैले मलाई व्यक्तिगत रुपमा समस्या दिंदैछ | धेरै..... अध्यात्मिक, अधिभौतिक, धेरै ताप, धेरै चिसो, धेरै कुराहरु | यो भौतिक शरीरलाई सधैं तीन प्रकारका पीडा हुन्छ |