NE/Prabhupada 0507 - आफ्नो प्रत्यक्ष अनुभवद्वारा गणना गर्न सकिंदैन



Lecture on BG 2.18 -- London, August 24, 1973


अब तपाई ब्रह्माको आयु एक दिनको गणना गरेर बुझ्ने प्रयास गर्नुहोस् । तपाईको सहस्र–युग, हामीसँग चार युग छन् । सत्य, त्रेता, द्वापर, कलि, यिनीहरुलाई भनिन्छ चार.... यो गणना हुन्छ त्रीचालीस लाख वर्ष । यो चार युगको कुल जोड हो । अठार, बाह्र, आठ र चार । कति हुन्छ ? अठार र बाह्र ? तीस र अनि आठ, अठ्तीस, अनि चार । यो लगभगको गणना हो । बयालीस, त्रीचालीस । सहस्र–युग–पर्यन्तम् । धेरै धेरै वर्ष, सहस्र–युग पर्यन्तम अहः । अहः भनेको दिन । सहस्र युग पर्यन्तम् अहर् यद् ब्रह्मणी विदुः (भ गी ८।१७) यो ब्रहमाको एक दिन हो । एक दिन भनेको बिहानदेखि बेलुकासम्म । त्रीचालीस लाख वर्ष तपाईको गणना अनुसार । तसर्थ यी कुराहरु शास्त्रबाट बुझ्नुपर्छ । अन्यथा, तपाईसँग ज्ञान छैन । तपाई गणना गर्न सक्नुहुन्न । तपाई ब्रह्माकहाँ जान सक्नुहुन्न। तपाई चन्द्र ग्रहसम्म पनि जान सक्नुहुन्न । र ब्रह्मलोकको के कुरा गर्नु जुन प्रधान छ, यस ब्रह्माण्डको सबभन्दा टाढाको भाग । त्यसैले तपाईको प्रत्यक्ष अनुभवबाट तपाई गणना गर्न सक्नुहुन्न न त तपाई जान सक्नुहुन्छ । तिनीहरु अनुमान गर्छन् आधुनिक ऐरोनटिक, तिनीहरु अनुमान गर्छन । कि सबभन्दा उच्च ग्रहमा जान, चालीस हजार वर्ष लाग्छ । प्रकाश वर्षमा गएर । प्रकाश वर्ष जस्तै, हामीसँग गणना छ । हामी प्रत्यक्ष अनुभवद्दारा अनुमान गर्न सक्दैनै, यस भौतिक जगतमा पनि, र आध्यात्मिक जगतको के कुरा गर्नु । होईन.... पन्थास् तु कोटि शत वत्सर सम्प्रगम्यो वायोर् अथापि मनसो मुनि पंगवानम् (ब्र स ५।३४) । मानसिकबाट, मुनि पुंग भनेको मानसिक कल्पना । तपाई मानसिक कल्पना गरिरहन सक्नुहुन्छ । तर यदि तपाईले सयौ हजारौ वर्षसम्म गरे पनि, यो गणना गर्न सम्भव छैन । तपाईले यो सत्य शास्त्रबाट स्वीकार्नुपर्छ, अन्यथा यो सम्भव छैन । तसर्थ कृष्ण भन्नुहुन्छ, नित्यस्योक्तः शरीर् उक्त । उक्त भनेको यो भसनएको छ । यो होइन कि “म केहि मत प्रस्तुत गर्दै छु,” जबकि उहाँ त्यो गर्न सक्नुहुन्छ । उहाँ सर्वोच्च पुरुषेत्तम भगवान हुनुहुन्छ । यो विधि हो । उक्त नभएसम्म, अधिकारी, पुर्वज अधिकारी, आचार्यद्दारा भनिएको, तपाईले केहि भन्न सक्नुहुन्न । यसलाई भनिन्छ परम्परा । तपाई आफ्नो बुद्विद्दारा बुझ्ने प्रयास गनुहोस् तर तपाईले कुनै जोड वा हेरफेर गर्न सक्नुहुन्न । त्यो सम्भव छैन । तसर्थ यसलाई तित्यस्योक्ताः भनिन्छ । यो भनिएको छ, यो पहिल्यै कायम भइसक्यो । तपाई बहस गर्न सक्नुहुन्न । नित्यस्योक्ताः शरीरिनः अनाशिनो अप्रमेयस्य (भ गी २।१८), अगणितिय ।