NE/Prabhupada 0555 - आध्यात्मिक बुझाइको विषयमा सुतिरहेको



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


प्रभुपाद: हाम्रो नीति भनेको तत्-परत्वेन निर्मलम् (चै च मध्य १९।१७०) | तपाईले इन्द्रियका गतिविधि शुद्ध पार्न सक्नुहुन्छ, कृष्ण भावनामा संग्लग्न भएर | तब इन्द्रियले तपाईलाई झन्झट दिनेछैनन् | यदि तपाई इन्द्रिय नियन्त्रण गर्न चाहनुहुन्छ, तपाईले सर्वप्रथम जिब्रो नियन्त्रण गर्नुपर्छ | तब तपाई आफ्ना अरु इन्द्रिय नियन्त्रण गर्न धेरै सजिलै सक्षम हुनुहुन्छ | त्यसैले तपाई जिब्रोलाई हरे कृष्ण जपना र कृष्ण प्रसादम् चाख्न संग्लग्नता दिनुहोस् - तपाईले पाउनुहुनेछ कि तपाईका अरु इन्द्रीयहरू स्वत: नियन्त्रित हुन्छन् | यो हाम्रो इन्द्रिय नियन्त्रण गर्ने साँचो हो, जिब्रो | र यदि तपाई जिब्रोलाई विशेषाधिकार र अनुग्रह दिनुहुन्छ, तपाईले कहिल्यै पनि इन्द्रिय नियन्त्रण गर्न सक्नुहुन्न | यो इन्द्रिय नियन्त्रण गर्ने रहस्य हो | अघि बढ |

तमाल कृष्ण: ६९: "जुन समय सब जीवको लागि रात हुन्छ, त्यस समय आत्मसंयमीको लागि जागरणको समय हुन्छ, र सब जीवको लागि जागरणको समय आत्मदर्शी मुनिको लागि रात हुन्छ |" तात्पर्य: " दुइ वर्गका बुद्धिमान मानिस छन् | एक मानिस इन्द्रियतृप्तिको लागि भौतिक गतिविधिमा बुद्धिमान हुन्छ, र अर्को आत्मदर्शी हुन्छ र आत्मासाक्षात्कारको विकासको लागि जागृत हुन्छ | आत्मदर्शी मुनि वा बुद्धिमान मानिसका गतिविधिहरु भौतिक रुपले तल्लिन मानिसको लागि रात हुन्छ | भौतिकवादी मानिसहरु आत्मा साक्षात्कारमा आफ्नो अज्ञानताको कारणले त्यस्तो रातमा सुप्त हुन्छन् | आत्मदर्शी मुनि भने भौतिकवादी मानिसको उक्त रातमा सतर्क हुन्छ |"

प्रभुपाद: रात भनेको जब मानिसहरु सुत्छन्, र दिन भनेको जब तिनीहरु जाग्छन् | यो दिन र रातको बुझाई हो | त्यसैले एक, भौतिकवादी मानिसहरु, तिनी अध्यात्मिक बुझाईको विषयमा सुतिरहेका छन् | तसर्थ हामीले भौतिकवादी मानिसको दिनमा पौने गतिविधिहरु, वास्तवमा त्यो रात हो | अध्यात्मिक मानिसको लागि, उनीहरु देख्छन कि यी मानिसहरु, तिनीहरुसंग आत्मा-साक्षात्कारको सुविधा छ, यो मानव जीवन | कसरी तिनीहरु सुतेर नाश गर्दै छन् | र भौतिकवादी मानिसहरु, तिनीहरु हेर्दै छन्, "ओहो, यी कृष्ण भावनाभवित युवकहरु, तिनीहरुले सबै कुरा त्यागिसके र तिनीहरु हरे कृष्ण जप्दै छन् | कस्तो बेकार | तिनीहरु सुत्दै छन् | त्यसैले तपाई देख्नुहुन्छ ? त्यसैले भौतिकवादी मानिसको दृष्टिमा, यी गतिविधिहरु रात हुन्, सुतेको | र आत्म-साक्षात्कार गरेका मानिसको लागि, यी गतिविधिहरु सुतेको हो | तपाई देख्नुहुन्छ ? ठ्याक्क उल्टो | तिनीहरु कृष्ण भावनाभवित मानिसहरुलाई समय नाश गरेको देख्छन्, र कृष्ण भावनाभवित मानिस तिनीहरुलाई समय नाश गरेको देख्छन् | यो स्थिति छ | अघि बढ |

तमाल कृष्ण: "त्यस्ता मुनिले अध्यात्मिक संस्कृतिको क्रमिक विकासमा दिव्य आनन्द अनुभव गर्छन्, जबकी भौतिकवादी गतिविधिमा भएको मानिस, आत्मा-साक्षात्कारमा निदाएको कारणले, विभिन्न इन्द्रियातित आनन्दको सपना देख्छ |"

प्रभुपाद: हो | तिनीहरु सपना देख्दै छन्,"अब हामी यो गर्नेछौं | अर्को पटक, मसँग यो हुनेछ | अर्को पटक, मसँग यो हुनेछ | अर्को पटक, मैले त्यस शत्रुलाई मार्नेछु | अर्को पटक, म यो गर्नेछु |" तिनीहरु त्यसरी योजना बनाउँदै छन् | अघि बढ |

तमाल कृष्ण: ".......कहिले खुसी अनुभव गर्दै र कहिले आफ्नो सुप्त स्थितिमा व्यथित अनुभव गर्दै | आत्मदर्शी मानिस सधैं भौतिकवादी खुसी र पिडामा अभिन्न हुन्छ |"

प्रभुपाद: आत्मदर्शी मानिस जो आत्म साक्षात्कार पछि हुन्छ, उसलाई राम्ररी थाहा हुन्छ, "मानौं यदि मैले भविष्यमा यस्तो-यस्तो व्यापार गरें भने, वा यस्तो..... मैले ठुलो गगनचुम्बी घर निर्माण गर्न सक्छु |" तर किनकि ऊ आत्मदर्शी हुन्छ, उसलाई थाहा हुन्छ कि "मैले यी सब कुरासँग के गर्ने ? जब मा यस स्तरबाट निस्कन्छु, सबै कुरा यहाँ रहन्छ, र मैले अर्को शरीर धारण गर्छु, अर्को जीवन सुरु गर्छु |" त्यो आत्मनिरीक्षण हो |