NE/Prabhupada 0556 - आत्म-साक्षात्कारको पहिलो बुझाइ, आत्मा शाश्वत हुन्छ



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


प्रभुपाद: भौतिकवादी मानिसले भविष्य के हो बुझ्न सक्दैनन् | तिनीहरु सोच्दै छन् कि यो शरीर सब हो | "हामीसँग यो शरीर छ, र जब यो सकिन्छ, यो सधैंको लागि सकिन्छ |" यी प्रश्नहरु हामीले पहिले चल्फा गरिसक्यौं | तर वास्तवमा यो होइन | यो आत्म-सक्षत्कारको पहिलो बुझाई हो कि आत्म शाश्वत छ, यो यस शरीरको विनाश पछी पनि विनाश हुँदैन | यो आत्म-साक्षात्कारको सुरुवात हो | यी मानिसहरुले यो कुरा बुझ्दैनन् | तिनीहरु यसको मतलब गर्दैनन् | त्यो तिनीहरुको निद्र हो | त्यो तिनीहरुको पीडादायी स्थिति हो | अघि बढ |

तमाल कृष्ण: "उनी आफ्नो आत्म-साक्षात्कारको गतिविधिमा भौतिक कर्म्फलबाट अविचलित भई अघि बढ्छन् |" ७०: "जो मानिस इच्छाहरुको निरन्तर वेगबाट विचलित हुँदैन जसरी समुद्रमा नदीहरु प्रवेश गर्छन्, जुन सधैं परिपूर्ण हुन्छ तर अचल हुन्छ, उसले मात्र शान्ति प्राप्त गर्न सक्छ, र त्यो मानिस होइन जसले त्यस्ता इच्छाहरु सन्तुष्ट पार्न प्रयास गर्छ |

प्रभुपाद: अब, यहाँ......एक भौतिकवादी मानिस, ऊसँग आफ्नो इच्छा हुन्छ | मानौं उसले केहि व्यापार गर्दै छ, उसले पैसा पाउँदै छ | त्यसैले उसले आफ्नो इच्छा भौतिकवादी तरिकाले पूर्ति गर्छ | तर एक कृष्ण भावनाभवित मानिस, मानौं उनले उही तरिकाले गर्दै छन्, उनले पनि कृष्ण भावना पछी केहि योजना बनाउँदै वा गर्दै छन् | त्यसैले यी दुई भिन्न गतिविधिहरु उही स्तरमा छैनन् | अघि बढ |

तमाल कृष्ण: ७०: "जो मानिस...... ७१: "जो मानिसले इन्द्रियतृप्तिका सम्पूर्ण इच्छाहरु त्यागेको छ, जो इच्छारहित भएर बाँच्छ, जसले सबै प्रकारको स्वामित्व त्यागेको छ, र मिथ्य अहंकारले मुक्त छ, उसले मात्र वास्तविक शान्ति प्राप्त गर्न सक्छ |"

प्रभुपाद: हो | त्यसैले जो मानिसले इन्द्रियतृप्तिका सम्पूर्ण इच्छा त्यागेको छ | मैले आफ्ना इच्छा मार्नु पर्दैन | तपाईले कसरी मार्नुहुन्छ ? इच्छा जीवको नित्य संगी हो | त्यो बाँच्नुको लक्षण हो | किनकि म जीव हुँ, तपाई जीव हुनुहुन्छ, तपाईसँग इच्छा छ, मसँग इच्छा छ | यो टेबलसँग होइन | यो टेबलको जीवन छैन, तसर्थ यसको इच्छा छैन | टेबलले भन्न सक्दैन कि "म यहाँ धेरै महिना देखि उभिदै छु | कृपया मलाई अर्को स्थानमा सार्नुहोस् |" होइन | किनकि यसको कुनै इच्छा छैन | तर यदि मा यहाँ तिन घण्टा देखि बस्दै छु, ओहो, मैले भन्नेछु, "ओहो, म थाकें | कृपया मलाई हटाउनुहोस्......कृपया मलाई अर्को स्थानमा राख्नुहोस् |" त्यसैले इच्छा हुनुपर्छ किनकि हामी जीवित छौं | हामीले इच्छाहरुको संग्लाग्नता परिवर्तन गर्नुपर्छ | यदि हेले आफ्ना इच्छाहरु इन्द्रियतृप्तिको लागि संग्लग्न गराउँछौं, त्यो भौतिक हो | तर यदि हामी कृष्णको तर्फबाट कार्य गर्न आफ्ना इन्द्रिय संग्लग्न गराउँछौं, त्यो हाम्रो, हामी सम्पूर्ण इच्छाबाट मुक्त भयौं | यो मापदण्ड छ |

तमाल कृष्ण: ७२: "त्यो अध्यात्मिक र भागवत जीवनको उपाय हो जुन पाएपछि मानिस मोहित हुँदैन | जीवनको अन्तिम अवस्थामा पनि यसरि अवस्थित हुने मानिस भगवानको राज्यमा प्रवेश गर्न सक्छ |" तात्पर्य: "कसैले कृष्ण भावना वा दिव्य जीवन एकैपटकमा प्राप्त गर्न सक्छ, एक सेकेन्डमा, वा कसैले त्यस्तो अवस्था लाखौं जन्म पछी पनि प्राप्त गर्न सक्दैन |"

प्रभुपाद: धेरै पटक प्रश्नहरु थिए कि "कृष्ण भावनाभावित हुन कति समय लाग्छ ?" मैले पनि जवाफ दिइसकें, कि एक सेकेन्डमा यो गर्न सकिन्छ | त्यहि कुराको व्याख्या भएको छ | अघि बढ |