NE/Prabhupada 0559 - तिनीहरु मूर्खतापुर्वक सोच्छन्-"म आफुले देखेको सबै कुराको राजा हुँ"



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


प्रभुपाद: यो मायाको आकर्षण हो | उसलाई तल झर्नुपर्छ | एउटा श्लोक छ, ये ऽन्ये ऽरविन्दाक्ष विमुक्त​-मानिनस् त्वय्य् अस्त​-भावाद् अविशुद्ध​-बुद्धयः आरुह्य कृच्छ्रेण परं पदं ततः पतन्त्य् अधो ऽनादृत​-युष्मद्-अङ्घ्रयः (श्री भा १०।२।३२) यो प्रह्लाद महाराजको प्रार्थना हो | उहाँ भन्नुहुन्छ,"प्रिय भगवान, कमल नयन भएको, अरविन्दाक्ष​," ये अन्ये | "कोहि तेस्रो वर्गका मानिसहरु, तिनीहरु यस भौतिक जीवन अन्त्य गर्नमा धेरै गर्व गर्छन्, यी निर्वाण वा यी निराकारवादीहरु |" विमुक्त​-मानिनः | विमुक्त​-मानिनः- तिनीहरु केवल झुठो तरिकाले सोच्छन् कि तिनीहरुले मायाको बन्धन पार गरिसके | झुठो तरिकाले | विमुक्त​-मानिनः | जस्तै यदि तिमीले झुठो तरिकाले सोच्छौ कि "म यस लस एन्जलस शहरको मालिक हुँ," के यो तिम्रो झुठो सोच होइन ? त्यसैगरी, यदि कसैले सोच्छ कि "अब मैले निर्वाण प्राप्त गरें वा म परममा एकाकार भएँ |" तिमीले त्यस्तो सोच्न सक्छौ | त्यो माया धेरै बलियो छिन् | तिमि त्यस्तो झुठो मानबाट गर्व हुन् सक्छौ | विमुक्त​-मानिनः | भागवतमा भनिएको छ, त्वय्य् अस्त​-भावाद् अविशुद्ध​-बुद्धयः (श्री भा १०।२।३२) | "तर किनकि तिनीहरुले हजुरको चरण कमल खोजेका छैनन्, तसर्थ तिनीहरुको चेतना असुद्ध छ, सोच्दै कि 'म केहि हुँ' |" अविशुद्ध​-बुद्धयः | "तिनीहरको बुद्धि, चेतना शुद्ध भएको छैन |" तसर्थ आरुह्य कृच्छ्रेण​ | "तिनीहरु धेरै कठोर अभ्यास गर्छन् |" जस्तै बौद्ध धर्मावलम्बी, तिनीहरुको धेरै.......अब, जो अभ्यास गर्दै छैनन्, त्यो फरक कुरा हो | तर नियमहरु, भगवान बुद्ध स्वयंले पनि, उहाँले देखाउनुभयो | उहाँले सबै कुरा छाड्नुभयो र केवल ध्यानमा संग्लग्न हुनुभयो | कसले त्यो गर्दै छ ? कसैले त्यो गरेको छैन | शङ्कराचार्य​को पहिलो सर्त भनेको "सर्वप्रथम तिमी सन्यास लिऊ; तब तिमी नारायण बन्ने कुरा गर |" कसले सन्यास लिंदै छ ? त्यसैले तिनीहरु केवल झुटो तरिकाले सोच्दै छन् | वास्तवमा, तिनीहरुको बुद्धि अशुद्ध छ, चेतना अशुद्ध छ | तसर्थ त्यस्तो प्रयास गरे तापनि, नतिजा, आरुह्य कृच्छ्रेण परम्, तिनीहरु धेरै माथि गए पनि, भनौं २५,००० मिल वा लाखौँ मिल माथि, तिनीहरुले कुनै आश्रय पाउँदैनन्, कहाँ छ चन्द्रमा, कहाँ छ (अस्पष्ट) | तिनीहरु फेरी तिम्रो मस्को शहरमा झर्छन्, त्यति हो | वा न्यु योर्क शहर, त्यति हो | यी उदाहरणहरु छन् | जब तिनीहरु माथि हुन्छन, ओहो, तिनीहरुले तस्विर लिनेछन् | "ओहो, यो ग्रह, यो पृथ्वी ग्रहण यस्तो हरियो छ वा यस्तो सानो छ | म दिन-रात जाँदै छु र एक घण्टामा तिन पटक दिन र रात देख्दै छु |" ठिक छ, धेरै राम्री | कृपया फेरी तल झर्नुहोस् | (हाँस्नुहुन्छ) त्यति हो | माया यति बलियो छिन्, उनले भन्नेछिन्,"हो, धेरै राम्रो | तिमि धेरै विकसित छौ आफ्नो वैज्ञानिक ज्ञानमा, तर कृपया तल झर | यहाँ आऊ | अन्यथा तिमी आन्ध्र महासागरमा पर्नेछौ |" त्यति हो | र तिनीहरु अझ पनि गर्व गर्छन्,"ओहो, हामी विकास गर्दै छौं | अर्को दश वर्षभित्रमा, तिमीले चन्द्रमामा जाने टिकट वा जमिन खरिद गर्न सक्नेछौ |" तिमीलाई थाहा छ, रुसमा तिनीहरुले जमिन विक्री गरे, र तिनीहरुले विज्ञापन गरे कि "त्यहाँ मस्कोको समुद्र छ | हामीले हाम्रो झन्डा त्यहाँको समुद्रमा...." यी प्रचार छन् | तिनीहरु नजिकैको ग्रहमा त जान सक्दैनन्, अध्यात्मिक आकाशको के कुरा गर्ने | यदि तिमी अध्यात्मिक आकाश र वैकुण्ठलोक जान वास्तवमा गम्भीर छौ भने, तब यो सजिलो विधि लिऊ, हरे कृष्ण | त्यति हो |

अतिथि: म नास्तिकतामा रुची राख्छु |

प्रभुपाद: (अतिथिलाई नसुन्दै वा नहेर्दै) यो चैतन्य महाप्रभुको उपहार हो | नमो महा-वदान्याय​ | तसर्थ रुप-गोस्वामीले भन्नुहुन्छ,"हजुर सब दानी व्यक्तिमध्ये महान हुनुहुन्छ किनकि हजुरले सबभन्दा महान वरदान प्रदान गर्दै हुनुहुन्छ |" कृष्ण​-प्रेम​-प्रदाय ते (चै च मध्य १९।५३) | "हजुरले कृष्ण-प्रेम प्रदान गर्दै हुनुहुन्छ, जसले मलाई कृष्णको राज्यमा पुगाउँछ |" यो मानव समाजको लागि महान उपहार हो | तर मुर्ख मानिसहरुले यो बुझ्दैनन् | म के गर्न सक्छु ? दैवी ह्य् एषा गुणमयी (भ गी ७|१४) | माया धेरै बलियो छिन् | यदि हामी भन्छौं कि "यहाँ सानो पुस्तक छ, अन्य ग्रहहरुको सजिलो यात्रा," तिनीहरुले यो लिनेछैनन् | तिनीहरु अरु ग्रहमा स्पुत्निकबाट कसरी जाने योजना बनाउँछन्, जुन असम्भव छ | तिमी कहिँ जान सक्दैनौ | त्यो हाम्रो बद्ध जीवन हो | बद्ध भनेको तिमी यहाँ बस्नुपर्छ | तिमी यहाँ बस्नुपर्छ | अरु ग्रह जान कसले अनुमति दिन्छ ? यहाँ आउन, तिम्रो देशको स्थायी भिसा पाउन, मैले धेरै झगडा गरें, र तिमी चन्द्रमा जान्छु ? त्यहाँ कुनै भिसा छैन ? तिनीहरुले तिमीलाई प्रवेश गर्ने अनुमति दिनेछन् ? यो यति सजिलो कुरा छ ? तर तिनीहरु मुर्खातापुर्वक सोच्छन् कि केवल "म मैले देखेको सबैको राजा हुँ |" त्यति हो | यो ग्रह राजा हो, र अरु सब ग्रहहरु अधीनमा छन् | तिनीहरु हाम्रो इन्द्रिय सन्तुष्ट पर्छन् | यो मुर्खता हो | ठिक छ | हरे कृष्ण जप |