NE/Prabhupada 0566 - यदि अमेरिकी नेताहरुले यो विधि बुझ्ने प्रयास गर्छन्



Press Interview -- December 30, 1968, Los Angeles


पत्रकार: के गान्धीले यहि गरेका थिए ?

प्रभुपाद: हँ ? गान्धीलाई के थाहा थियो ? उनी राजनीतिज्ञ थिए | उनलाई यो संस्कृतीको बारेमा केहि थाहा थिएन |

पत्रकार: मैले पढेको थिएँ कि जब उनी ३६ वर्षका थिए उनी ब्रह्मचारी बने, के यो ......

प्रभुपाद: त्यो..... अवश्य पनि, उनको केहि हिन्दु संकृतिक विचार थियो | त्यो राम्रो हो | उनले ब्रह्मचारी थिए, त्यो ठिकै छ | तर गान्धीको विकसित अध्यात्मिक विचार छैन | तपाईले देख्नुहुन्छ | उनी धेर-थोर राजनीतिज्ञ, राज्य संचालक थिए | हो, त्यति हो |

पत्रकार: हो | धेरै बहादुर मानिस | जवाफ थोरै नराम्रो सुनिन्छ, भन्नको लागि, र यदि त्यो.....

प्रभुपाद: अब, यदि तपाई सहकार्य गर्नुहुन्छ, तब म तपाईको राष्ट्रको सम्पूर्ण कुरा परिवर्तन गर्न सक्छु | तिनीहरु धेरै खुसी हुनेछन | तिनीहरुको सबै कुरा धेरै राम्रो हुनेछ | यो कृष्ण भावनामृत अभियान धेरै राम्रो छ | तपाईले सहकार्य गर्नुपर्यो | कोहि सहकार्य गर्दैनन् | केवल यी युवाहरु, तिनीहरु कृपालु भएर मकहाँ आए र सकर्य गर्दै छन् | त्यसैले मेरो अभियान अघि बढ्दै छ, तर निकै बिस्तारै | तर यदि अमेरिकी मानिसका नेताहरु, तिनीहरु आउँछन् र तिनीहरु बुझ्ने प्रयास गर्छन् र तिनीहरु यो विधि व्यवहारमा ल्याउँछन्, ओहो, तपाईको देश संसारको सबभन्दा राम्रो देश बन्नेछ |

पत्रकार: तपाई.... तपाई योसँग कहिले देखि संग्लग्न हुनुहुन्छ ?

हयग्रीव: अढाई वर्ष |

पत्रकार: अढाई वर्ष ? तपाई उमेर कति छ यदि म सोध्न सक्छु ?

हयग्रीव: म २८ भएँ |

पत्रकार: तपाई २८ हुनुभयो | अब, के यसले तपाईलाई परिणत गरेको छ ?

हयग्रीव: अँ, विचारयोग्य मात्रामा | (हाँस्नुहुन्छ)

पत्रकार: तर व्यवहारिक हिसाबले, कसरी यो यौन कुरा जुन स्वामीले भन्दै हुनुहुन्थ्यो, कसरी यसले तपाईलाई असर गरेको छ ? के यो, के तपाईले यसमा कुनै असर पाउनुभयो, जुन हामीले कुरा गर्दै थियौं ? किनकि यो मेरो लागि युवावर्गको सम्बन्धि धेरै ठुलो समस्या हो |

हयग्रीव: इच्छाहरु हुन्छन्, र हामीसँग धेरै इच्छाहरु छन् | र यौन इच्छा हाम्रो एक बलियो इच्छा हो | त्यसैले ......

प्रभुपाद: हो, हो |

हयग्रीव: त्यसैले यी इच्छाहरु मोडिएका छन्, भन्नको लागि | तिनीहरु पुनः निर्देशित हुन्छन् र तिनीहरु कृष्णतर्फ निर्देशित छन् |

पत्रकार: मैले बुझ्छु, मैले यो बुझ्छु, तर मैले भनेको के यो असरदायी छ ? के यसले काम गर्छ ?

हयग्रीव: हो, यसले काम गर्छ | यसले काम गर्छ | तर तपाई यसमा अडिग रहिरहनुपर्छ | यो धेरै कठिन हुनसक्छ, चिशेषगरि सुरुवातमा, तर यसले काम गर्छ | तपाईले यसलाई असरदायी बनाउन संकल्प लिनुपर्छ | तपाईले यसले काम गरेको चाहनुपर्छ |

पत्रकार: अब, म यसलाई राम्ररी बुझ्न चाहन्छु | अर्को शब्दमा, यो त्यस्तो होइन कि तपाईले अनुभव गर्नुहुन्छ कि तपाईले त्याग्दै हुनुहुन्छ |

हयग्रीव: होइन, यो हो कि जब तपाईले केहि राम्रो देख्नुहुन्छ.....

पत्रकार: त्यो मैले पनि..... मेरो मतलब त्यहि हो | त्यो.....

प्रभुपाद: हो | तपाई केहि राम्रो स्वीकार्नुहुन्छ |

पत्रकार: राम्रो | त्यो, हो | तपाईको जिब्रो वा ओठ टोकेरमात्र होइन, "म यसलाई छुँदिन, म यसलाई छुँदिन |" विकल्प छ |

हयग्रीव: यो होइन, तपाई होइन.... तपाईसँग रमाइलो गर्ने क्षमता हुन्छ, र तपाईले केहि त्याग्नुहुन्न..... यो धेरै मानवीय हो कि केहि कुरा तबसम्म नत्याग्ने जबसम्म तपाईसँग केहि राम्रो हुँदैन | त्यसैले, स्थिति भनेको तपाईले त्याग्न चाहेको कुरा भन्दा केहि राम्रो पाउनुपर्छ.....

प्रभुपाद: हो |