NE/Prabhupada 0567 - म संसारलाई यो संस्कृति दिन चाहन्छु



Press Interview -- December 30, 1968, Los Angeles


पत्रकार: तपाई यहाँ कहिले देखि हुनुहुन्छ, महासय ?

प्रभुपाद: म यहाँ सेप्टेम्बर १९६५मा आएँ, र तब मै १९६७मा म थोरै अस्वस्थ भएँ, म सोच्छु | तब म भारत फिर्ता गएँ | तब म फेरी दिसेम्बर १९६७मा फिर्ता आएँ, केवल एक वर्ष अघि |

पत्रकार: हो, म देख्छु | तपाई यहाँ किन आउनुभयो ?

प्रभुपाद: किनकि म यो संस्कृति संसारलाई दिन चाहन्छु, र मेरो विचार यो हो कि अमेरिका विकसित राष्ट्र हो | यदि उनीहरुले यो स्विकार्छन,तब यो विचार सारा संसारभरि प्रसारण गर्न सम्भव हुन्छ | त्यो मेरो विचार हो | तर म अहिले आशावादी छु कि, किनकि यी शिक्षित युवा अमेरिकीहरु, तिनीहरुले यस अभियानमा गम्भीर रुची लिएका छन् | र हामीहरु पत्र, पुस्तक प्रकासन गर्दै छौं, र उनीहरु धेरै राम्ररी लेख्दै छन् | म वृद्ध छु, म मर्न सक्छु, तर मैले यो विचार रोपेको छु | यो चलिरहन्छ | यो चलिरहन्छ, र उनीहरु स्वीकारिनेछन् | त्यो प्रयोग गरिएको छ | यदि यो राम्ररी प्रचार हुन्छ, तब यो कुनै असफलता बिना स्वीकारिनेछ | र यी युवाहरु जो मसँग आएका छन्, उनीहरुले गम्भिरतापूर्वक लिएका छन् | त्यसैले म आशावादी छु |

पत्रकार: मैले तपाईको पत्रिका देखें | यो धेरै राम्रो पत्रिका छ |

प्रभुपाद: ब्याक टु गडहेड ?

पत्रकार: हो | एउटा राम्रो पत्रिका |

प्रभुपाद: धेरै धेरै धन्यवाद | धन्यवाद |

पत्रकार: सुन्दर कुरा | त्यो कहाँ गरिएको हो ?

प्रभुपाद: यो न्यु योर्कमा प्रकाशित भएको हो | पत्रकार: न्यु योर्कमा | मैले पछिलो अंक देखें..... सुन्दर पत्रिका | यो अभियानमा लगभग कति मानिस छन् ?

प्रभुपाद: मसँग सयभन्दा अलिकति धेरै शिष्यहरु छन् को कडा रुपमा मेरा नियम पालन गर्दै छन् |

पत्रकार: एक सय |

प्रभुपाद: हो | विभिन्न शाखामा | मसँग लगभग तेह्र शाखा छन् | कोहि शिष्य लण्डनमा कार्यारत छन् |

पत्रकार: लण्डनमा ?

प्रभुपाद: हो, तिनीहरु धेरै राम्रो गर्दै छन् | तिनीहरु सबै विवाहित जोडी छन् | मैले उनीहरुको विवाह गराएँ | हो | मैले उनीहरुको विवाह गराएँ | तिनीहरु युवा छन्, सबै तीसभन्दा कम | मेरो सबभन्दा ठुलो शिष्य २८ वर्षका छन् | अन्यथा २५, २४ | बढीमा ३० | र त्यसैगरी, केटीहरु, तपाईले यी युवती देख्नुभयो | तपाईले देख्नुहुन्छ | त्यसैले मैले तिनीहरुको, वैवाहिक जीवनमा खुसी बनाएँ | उनीहरुको मानसिकता..... उनीहरु तथाकथित घमण्डी जीवन पछी छैनन् | तिनीहरु थोरै शारीरिक आवश्यकतासँग सजिलै बाँच्न सक्छन्, तर कृष्ण भावनामा धेरै उच्च सोच्दै | त्यसैले म धेरै आशावादी छु कि म मरे पनि...... किनकि म वृद्ध छु, ७३ वर्षको | म कुनै पनि समयमा मर्न सक्छु | तर म अहिले आश्वस्त छु कि मेरो अभियान चलिरहनेछ | यी युवाहरुले यो जारि राख्छन् | त्यो, मेरो लक्ष्य, त्यस प्रकारले सफल हुन्छ | म यहाँ यो विचार सहित आएँ, कि यो कृष्ण भावनामृत भियान अमेरिकाबाट सुरु हुनुपर्छ | किनकि अमेरिका द्वारा स्वीकारिएको जे पनि, मानिसले अनुसरण गर्छन किनकि अमेरिकालाई मानिन्छ....... वास्तवमा अमेरिका गरिबीको मारमा परेको राष्ट्र होइन | त्यसैले तिनीहरुले सजिलै बुझ्न सक्छन्, तिनीहरुले लिन सक्छन् | र त्यहाँ धेरै अस्तव्यस्त युवावर्ग छन् |