NE/Prabhupada 0578 - केवल कृष्णले भन्नुभएको कुरा भन्नुपर्छ



Lecture on BG 2.19 -- London, August 25, 1973


त्यसैले यदि तपाई रोक्नुहुन्छ, यदि तपाई यो जन्म र मृत्यु रोक्न चाहनुहुन्छ, इन्द्रियतृप्तिमा संग्लग्न नहुने | अनि फेरी बद्ध हुने | नूनं प्रमत्तः कुरुते विकर्म यद् इन्द्रिय​-प्रीतय आपृणोति न साधु मन्ये यत आत्मनो ऽयम् असन्न् अपि क्लेशद आस देहः (श्री भा ५|५|४) "ठिक छ, यो शरीर केहि वर्षको लागि हो, यो सकिनेछ |" र त्यो ठिक छ | यो सकिनेछ, तर तपाईले अर्को शरीर स्विकार्नुपर्नेछ | शरीर, शरीर स्वीकार्ने, तपैले गर्नुपर्छ किनकि तपाइसँग इच्छा, इन्द्रियतृप्तिको छ | त्यसैले इन्द्रियतृप्ति भनेको तपाईले पूर्ति गर्न भौतिक इन्द्रिय हुनुपर्छ | त्यसैले कृष्ण यति खुसी हुनुहुन्छ, यति कृपालु, खुसी होइन, तर उहाँ धेरै कृपालु हुनुहुन्छ, "ठिक छ, यो धुर्तले यस्तो चाहन्छ | उसलाई सुविधा देऊ | ठिक छ | यो धुर्त विष्टा खान चाहन्छ | ठिक छ | उसलाई सुँगुरको शरीर देऊ |" यो चल्दै छ, प्रकृतिको नियम | त्यसैले यो ज्ञान, भगवद गीताको ज्ञान, मानव समाजको लागि यति पूर्ण छ | र कृष्ण चाहनुहुन्छ कि यो ज्ञान फैलानुपर्छ किनकि सबै, सर्व​-योनिषु कौन्तेय सम्भवन्ति मूर्तयः... (भ गी१४।४) | उहाँ बिज-प्रदान गर्ने पिता हुनुहुन्छ | पिता प्राकृतिक रुपले शुभचिन्तक हुनुहुन्छ कि: "यी धुर्तहरु, तिनीहरु दु:ख पाउँदै छन्, प्रकृति-स्थानि. मनः षष्ठानीन्द्रियाणि प्रकृति-स्थानि कर्षति (भ गी १५|७) | केवल, मानसिक कल्पनाद्वारा निर्देशित भएर, मन:, र इन्द्रियद्वारा सहायता पाएर, तिनीहरु यस्तो कठिन संघर्ष गर्दै छन् | र यदि उनीहरु मकहाँ आउँछन् तिनीहरु यति राम्रै बाँच्न सक्छन्, मेरो मित्रको रुपमा, मेरो प्रेमिकाको रुपमा, मेरो पिताको रुपमा, मेरी माताको रुपमा, वृन्दावन | त्यसिले फेरी दाबि गर, तिनीहरुलाई बोलाउ |" त्यो.... तसर्थ, कृष्ण आउनुहुन्छ | यदा यदा हि धर्मस्य (भ गी ४।७) | किनकि सारा संसार इन्द्रियतृप्तिको गलत प्रभावपछी कुद्दै छ, तसर्थ उहाँ आउनुहुन्छ र सुझाव दिनुहुन्छ, सर्व​-धर्मान् परित्यज्य​: (भ गी१८।६६) "तिमि धुर्त, सबै संग्लग्नता त्याग | गर्व नगर कि तिमी वैज्ञानिक रुपले विकसित छौ | तिमीहरु सब धुर्त हौ | यो बेकार कुरा त्याग | मकहाँ आउ | म तिमीलाई सुरक्षा दिनेछु |" ती हुनुहुन्छ कृष्ण | उहाँ कति कृपालु हुनुहुन्छ | र कृष्णको दासले पनि उही कार्य गर्नुपर्छ | महान योगी, जादुगर बन्ने होइन | होइन, त्यो चाहिएको छैन | तब तपाई अध्यात्मिक गुरु बन्नुहुन्छ | केहि बेकार नबोल्नुहोस् | चैतन्य महाप्रभुले पनि भन्नुभएको छ, यारे देख तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै च मध्य ७।१२८) | केवल तपाई कृष्णको उपदेश प्रचार गर्नुहोस्, जसलाई तपाई भेट्नुहुन्छ | तब तपाई अध्यात्मिक गुरु बन्नुहुन्छ | त्यति हो | धेरै सजिलो कुरा |

धेरै धेरै धन्यवाद | (अन्त्य)