NE/Prabhupada 0608 - हामीले भक्तिमय सेवा धैर्यता र उत्साहका साथ सम्पन्न गर्नुपर्छ



The Nectar of Devotion -- Vrndavana, October 20, 1972


नरोत्तम दस ठाकुर, यति महान आचार्य, उहाँ हामीलाई सिकाउँदै हुनुहुन्छ, "युगल-पीरिति, राधा र कृष्ण बीचको प्रेममय सम्बन्ध बुझ्ने प्रयास नगर, मनागढ़ंत रुपले, तिम्रो आफ्नो कल्पनाले |" होइन | तपाईले सर्वप्रथम छ गोस्वामीलाई सेवा गर्ने प्रयास गर्नुपर्छ, रूप​रघुनाथ​-पदे हैबे आकुति, कसरी उहाँहरु निर्देशन दिंदै हुनुहुन्छ | जसतै यो भक्ति-रसामृत सिन्धु | श्रील रुप गोस्वामीले हामीलाई सुरुवातमा राधा-कृष्णको प्रेममय सम्बन्ध सिकाउँदै हुनुहुन्न | होइन | उहाँले तालिम दिंदै हुनुहुन्छ, सर्वप्रथम, पाठक, भक्तला, कसरी सर्वप्रथम शुद्ध भक्त बन्ने | अन्याभिलाषिता-शून्यं, ज्ञान​-कर्माद्य्-अनावृतम्, आनुकूल्येन कृष्णानु- शीलनं भक्तिर् उत्तमा (भ र सि १|१|११) सर्वप्रथम, उहाँले भक्तलाई उपयुक्त भक्तिमा ल्याउने प्रयास गर्दै हुनुहुन्छ | विधि-मार्ग | तब क्रमैले, जब ऊ अभ्यस्त हुन्छ, तब राग मार्ग प्रकट हुन्छ | राग मार्ग कृत्रिम होइन । यो, स्वयम् एव स्फुरत्य् अधः. सेवोन्मुखे हि जिह्वाद्औ... (भ र सि १।२।२३४) | सबै कुरा, कृष्णसँगको भक्तिमय सम्बन्ध, तपैले कृत्रिम रुपले स्थापना गर्न सक्नुहुन्न | सबैको कृष्णसँग आफ्नो मूल संवैधानिक स्थितिमा विशेष सम्बन्ध छ | त्यो क्रमैले प्रकट हुन्छ जब तपाई भक्तिमा विकास गर्दै जानुहुन्छ उल्लेखित नियममा जसरी तिनीहरु शास्त्र र गुरुद्वारा निर्देशित छन् | जब अटपी उचित ढंगले तालिमप्राप्त हुनुहुन्छ, तपाई राग-मार्गको स्तरमा आउनुहुन्छ, तब तपाईको सम्बन्ध....... त्यसलाई भनिन्छ स्वरूप सिद्धि | स्वरूप सिद्धि | त्यसैले स्वरूप सिद्धि निश्चित चरणमा प्राप्त हुन्छ | जस्तै स्वरूप सिद्धि,,,,, यौन जीवनको इच्छा हरेक मानवमा हुन्छ तर जब केटा र केटि परिपक्व उमेरमा पुग्छन, यो प्रकट हुन्छ | यो कृत्रिम ढंगले सिकिएको होइन | त्यसैगरी, राग मार्ग, स्वरूप सिद्धि, प्रकट वा व्यक्त हुन्छ | श्रवणादि-शुद्ध​-चित्ते करये उदय​ | उदय | यो शब्द, उदय, प्रयोग भएको छ | जस्तै सुर्य | सुर्य प्रकट हुन्छ जब सुर्य स्वत: उदाउँछ | तपाईले सुर्यलाई मध्ये रातमा उदाउन बाध्य बनाउन सक्नुहुन्न | त्यो सम्भव छैन | सुर्य उदाउनेछ | तपाई केवल प्रतिक्षा गर्नुहोस् | जब समय ठिक हुनेछ, बिहान, छ बजे, तपाईले सुर्य पाउनुहुनेछ | त्यसैगरी, भक्ति, हामीले धैर्यताका साथ, उत्साहका साथ गर्नुपर्छ | उत्साहात् ध्ऐर्यात् निश्चयात् तत्-तत्-कर्म​-प्रवर्तनात् | हामी उत्साहित हुनुपर्छ कि हामी...."मैले आफुलाई यस कृष्ण भावनामृत अभियानमा धेरै राम्ररी संग्लग्न गराउनेछु |" त्यो पहिलो योग्यता हो, उत्साहित | मन्द व्यवहारले तपाइलाई मदत गर्नेछैन | तपाई धेरै उत्साहित हुनुपर्छ | मेरो गुरु महाराजले भन्ने गर्नुहुन्थ्यो, प्राण अछे यर सेइ हेतु प्रचार​ | एक प्रचारकले, एक मानिस प्रचारक बन्न सक्छ यदि ऊसँग जीवन छ | एक मृत मानिस प्रचारक बन्न सक्दैन | त्यसैले तपाई धेरै उत्साहित बन्नुपर्छ कि "म भगवानको महिमा मेरो पूर्ण क्षमतामा प्रचार गर्नेछु |" यो होइन कि कोहि प्रचारक बन्न धेरै शिक्षित विद्वान बन्नुपर्छ | केवल यसलाई उत्साह चाहिन्छ "मेरो भगवान धेरै महान हुनुहुन्छ, धेरै दयालु, धेरै सुन्दर, धेरै आश्चर्यजनक | त्यसैले मैले मेरो भगवानको बारेमा केहि बोल्नुपर्छ |" यो हो योग्यता, उत्साह | तपाईले कृष्णलाई पूर्णत: जान्नु हुँदैन होला | कृष्ण लाई पूर्णत: जान्न सम्भव छैन | कृष्ण असिमित हुनुहुन्छ | हामी कृष्णलाई शत प्रतिशत जान्न सक्दैनौं | त्यो सम्भव छैन | तर कृष्ण तपाईले बुझ्न सकेसम्म प्रकट हुनुहुन्छ | त्यसैले यदि हामी कृष्णका इमान्दार दास बन्छौं, उत्साहान्, र यदि हामी कृष्णलाई धैर्यतापुर्वक सेवा गर्छौं, तब कृष्ण प्रकट हुनुहुन्छ | यस सम्बन्धमा उदाहरण दिइएको छ | जस्तै एउटी केटिको विवाह हुन्छ | साधारणतया एक केटिले बच्चा चाहन्छिन् | तर यदि उनले विवाह पछी तत्काल बच्चा चाहन्छिन्, त्यो सम्भव छैन | उनले प्रतिक्षा गर्नुपर्छ | उनले आफ्नो पतिको राम्ररी सेवा गर्नुपर्छ | उत्साहान् ध्ऐर्यात् तत्-तत्-कर्म​-प्रवर्तनात् | जस्तै एक इमानदार पत्नी | समय आउनेछ जब उनी सुत्केरी हुनेछिन् र उनको बच्चा हुनेछ | त्यसैले निश्चयात् भनेको...... जस्तै केटिले थाहा पाउनुपर्छ कि किनकि उनी विवाहित छिन्, किनकि उनको एक पति छन्, एउटा बच्चा हुनुपर्छ | यो तथ्य हो | यो अलिकति ढिलो होला | त्यसैगरी, जब तपाई भक्तिमा प्रवेश गर्नुहुन्छ, भक्ति योग, भक्ति मार्ग, तपाईको सफलता पक्का छ, तपाई उत्साही र धैर्य भए | यो होइन कि "तत्काल म एउटा बच्चा चाहन्छु," "तत्काल म पूर्ण कृष्ण भावनाभवित हुनुपर्छ |" होइन | धेरै त्रुटी हुनसक्छ | किनकि हामी अपूर्ण वातावरणमा छौं | तर धैर्यताका साथ, यदि तपाई शास्त्रमा निर्देशित भए अनुरुप भक्तिमा आफ्ना कर्तव्य पुरा गर्दै जानुहुन्छ र अध्यात्मिक गुरुबाट आश्वासन छ, तब ढुक्क हुनुहोस् कि तपाईको सफलता पक्का छ | यो तरिका हो | उत्साहान् ध्ऐर्यात् तत्-तत्-कर्म​-प्रवर्तनात् | तपाईले आफ्ना कर्तव्य पुरा गर्नुपर्छ | जस्तै हामीले आफ्ना विद्यार्थीलाई न्यूनतम सोह्र माला जप्न भनेका छौं | सोह्र माला केहि होइन | वृन्दावनमा धेरै भक्तहरु हुनुहुन्छ, उहाँहरु १२० माला जप्नुहुन्छ | त्यस्तै | त्यसैले सोह्र माला न्युनतम हो | किनकि मलाई थाहा छ पश्चिमी राष्ट्रहरुमा चौसठ्ठी माला वा १२० माला सकाउनु कठिन कार्य हो | न्युनतम सोह्र माला | त्यो सकाउनुपर्छ | तत्-तत्-कर्म-प्रवर्तनात् | यो निर्देशन छ | नियम पालन गर्ने | यस प्रकारले, हामी अध्यात्मिक गुरु र शास्त्रको निर्देशनमा रहनुपर्छ | तब बाँकी पक्का हुन्छ | सफलता अवश्य प्राप्त हुन्छ |