NE/Prabhupada 0621 - कृष्ण भावनामृत अभियानले मानिसलाई अधिकारी समक्ष विनम्र बन्न सिकाउँदैछ



Lecture on BG 13.1-2 -- Miami, February 25, 1975


हाम्रो कृष्ण भावनामृत अभियानले मानिसलाई अधिकारी समक्ष विनम्र बन्न सिकाउँदै छ | त्यो ज्ञानको सुरुवात हो | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भ गी ४|३४) | यदि तपाई दिव्य विषयको बारेमा जान्न चाहनुहुन्छ, जुन तपाईको सोचाई, भावना र चाहनाभन्दा पर छ...... मानसिक कल्पना भनेको सोच्नु, अनुभव गर्नु र चाहनु, मनोविज्ञान | तर त्यो विषय जुन तपाईको सोचाईभन्दा पर छ | भगवान वा भगवानको बारेमा जे पनि हाम्रो सोचाई, कल्पनाभन्दा पर छ | तसर्थ हामीले यो विनम्र भावले सिक्नुपर्छ | तद् विद्धि प्रणिपातेन, प्रणिपात भनेको विनम्रता | प्रकृष्ट रूपेण निपात । निपात भनेको विनम्रता । तद् विद्धि प्रणिपातेन परिप्रश्नेन । सर्वप्रथम उनलाई खोज्नुहोस् जहाँ तपाई पूर्णत: शरणागत हुन सक्नुहुन्छ | तब तपाई दिव्य विषयबारे सोध्नुहोस् | जस्तै अर्जुन ले कडा रुपमा पालन गर्दैछन् | उनले सर्वप्रथम कृष्णमा शरणागत भए | शिष्यस् ते ऽहं शाधि मां प्रपन्नम्: (भ गी २|७) "मेरा प्रिय कृष्ण, हामी मित्रताको भावले बोल्दैछौं, समान स्तरमा | त्यसैले हजुरले केहि बोल्नुहुन्छ, र मैले केहि बोल्नेछु | यस प्रकारले हामीले केवल आफ्नो समय नाश गर्नेछौं, र कुनै निष्कर्ष हुनेछैन | तसर्थ, म शिष्यको रुपमा निवेदन गर्छु | जे हजुरले भन्नुहुन्छ, मैले स्विकार्नेछु |" यो पहिलो सर्त हो | सर्वप्रथम त्यस्तो व्यक्ति भेटाउनुहोस्, जसमा तपाईको पूर्ण श्रद्ध छ कि जे उनले भन्छन्, तपैले स्विकार्नुहुनेछ | ती हुन् गुरु | यदि तपाईलाई लाग्छ कि तपाईलाई गुरुभन्दा धेरै थाहा छ, तब कुनै काम छैन | सर्वप्रथम त्यस्तो व्यक्ति भेटाउनुहोस् जो तपाईभन्दा राम्रो हुनुहुन्छ | तब तपाई शरणागत हुनुहोस् | तसर्थ नियम यो छ कि कसैले पनि अन्धो रुपमा कुनै गुरु स्विकार्नुहुन्न, र कसैले पनि अन्धो रुपमा कुनै शिष्य स्विकार्नुहुन्न | दुवैले एक अर्कासँग कम्तिमा एक वर्षसम्म व्यवहार गर्नुपर्छ ताकी भावी शिष्यले पनि बुझोस्, "यी व्यक्तिलाई मेरो गुरुको रुपमा स्वीकार्न सक्छु कि सक्दिनँ," र भावी गुरुले पनि बुझुन्,"यो व्यक्ति मेरो शिष्य बन्न सक्छ कि सक्दैन |" यो सनातन गोस्वामीद्वारा उनको हरि-भक्ति-विलासमा दिइएको उपदेश हो | यहाँ अर्जुनले कृष्णलाई गुरुको रुपमा स्वीकारे | र उनले विनम्रतापुर्वक भन्छन् कि प्रकृतिं पुरुषं चैव​ | प्रकृति, प्रकृति भनेको सृष्टि र पुरुष भनेको सृष्टिको भोक्ता | जस्तै यहाँ भौतिक जगतमा, विशेषगरि पश्चिमी राष्ट्रहरु, तिनीहरु अविकसित राष्ट्रको विकास गर्न धेरै रुची राख्छन् | त्यो भनेको शोषण गर्नु वा पुरुष, भोक्ता बन्नु | तपाई अमेरिकीहरु, तपाईहरु युरोपबाट आउनुभयो, र अहिले तपाईले सम्पूर्ण अमेरिका विकास गर्नुभएको छ, धेरै राम्रो शहरहरु र धेरै विकसित | त्यसलाई भनिन्छ श्रोतको शोषण गर्नु | त्यसैले प्रकृति, सृष्टि र हामी, जीव, विशेषगरि मानव, तिनीहरु पुरुष हुन् | तर वास्तवमा हामी भोक्ता होइनौं | हामी झुठो भोक्ता हौँ | हामी यो हिसाबले भोक्ता होइनौं: मानौं तपाई अमेरिकी हुनुहुन्छ | तपाईले अमेरिका भनिने जमिनको यो भागलाई धेरै राम्ररी विकास गर्नुभएको छ | तर तपाई आनन्द लिन सक्नुहुन्न | तपाई सोच्दै हुनुहुन्छ कि तपाई आनन्द लिंदै हुनुहुन्छ, तर तपाई आनन्द लिन सक्नुहुन्न | केहि समय पछी तपाईलाई लात हानिन्छ,"बाहिर निस्क |" तब तपाई कसरी भोक्ता हुनुभयो ? तपाईले सोच्न सक्नुहुन्छ कि "कम्तिमा पचास वर्ष वा सय वर्षसम्म म आनन्द लिंदैछु |" तपाईले भन्न सक्नुहुन्छ कि तपाई आनन्द लिन सक्नुहुन्छ, तथाकथित आनन्द | तर तपाई स्थायी भोक्ता बन्न सक्नुहुन्न | त्यो सम्भव छैन |