NE/Prabhupada 0637 - कृष्णको उपस्थिति बिना केहि पनि रहन सक्दैन



Lecture on BG 2.30 -- London, August 31, 1973


त्यसैले यो विषय कृष्णले व्याख्या गर्नुभएको छ, अपरेयम् इतस् तु विद्धि मे प्रकृतिं परां ययेदं धार्यते | जीव​-भूतां महा-बाहो ययेदं धार्यते जगत् (भ गी ७|५) | त्यसैले आत्माले लिंदैछ | सबै कुरा भगवद गीतामा व्याख्या गरिएको छ | विशाल ठुला, ठुला ग्रहहरु, किन तिनीहरु तौलविहिन भई हावामा तैरिदै छन् ? त्यो पनि व्याख्या गरिएको छ | गाम् आविश्य अहम् ओजसा धारयामि (Bङ् १५.१३) | त्यो, केवल बुझ्ने प्रयास गर्नुहोस् | एउटा ठुलो ७४७ हवाईजहाजले पाँच सय, छ सय यात्री लिएर तैरिदै छ, आकाशमा कुनै कठिनाइ बिना | किन ? किनकि त्यहाँ विमानचालक छन् | यन्त्र होइन | यो नोसोच्नुहोस् कि यो विशाल यन्त्र हो; तसर्थ यो उड्दै छ | होइन | विमान व्हालक त्यहाँ छन् | यन्त्र पनि त्यहाँ छ, तर उडान यान्त्रिक व्यवस्थामा होइन तर विमान चालकमा निर्भर छ | के कुनै असमझदारी छ ? यदि त्यहाँ विमान चालक छैनन्, सम्पूर्ण यन्त्र तत्काल तल झर्छ | तत्काल | त्यसैगरी, भगवद-गीतामा बयान, गाम् आविश्य अहम् ओजसा | कृष्ण पनि विशाल ग्रहमा प्रवेश गर्नुहुन्छ | उहाँ भित्र हुनुहुन्छ....... अण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम् | यो ब्रह्म संहितामा वर्णित छ | एको ऽप्य् अस्औ रचयितुं जगद्-अण्ड​-कोतिं, यच् छक्तिर् अस्ति जगद्-अण्ड​-चया यद्-अन्तः अण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थं, गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|३५) कृष्णको पद्धार्थमा प्रवेश बिना, केहिले कार्य गर्न सक्दैन | अण्डान्तर​-स्थ​ | यो ब्रह्माण्ड भित्र, उहाँ गर्भोदकशायी विष्णुको रुपमा हुनुहुन्छ | तसर्थ ब्रह्माण्ड अस्तित्वमा छ | अण्डान्तर​-स्थ |​ र ब्रह्माण्ड भित्र धेरै पद्धार्थहरु छन्, मेरो मतलब जीवहरु | यो अणु पनि | शास्त्रमा भनिएको छ कि अणुभित्र पनि, उहाँ, परमात्माको रुपमा, उहाँ सबको शरीरभित्र हुनुहुन्छ | जीवको शरीर भित्र मात्र होइन, तर उहाँ परमाणुभित्र पनि हुनुहुन्छ | तिनीहरु अहिले अनाव्क शक्तिको अध्ययन गर्दैछन् | अझ पनि तिनीहरु कठिनाइ पाउँदैछन् | विभाजन गर्दै, विभाजन गर्दै, विभाजन गर्दै | किनकि तिनीहरु भेटाउन सक्दैनन् कि भगवान हुनुहुन्छ, कृष्ण हुनुहुन्छ | त्यसैले कृष्ण बिना, मेरो मतलब, उपस्थिति, केहि रहन सक्दैन | तसर्थ जो कृष्ण भावनामा विकसित छन्, उनले केवल कृष्ण देख्छन् | बाहिरी आवरण होइन | किनकि कृष्ण बिना केहि रहन सक्दैन | चैतन्य चरितामृतमा भनिएको छ: स्थावर​-जङ्गम देखे | दुई प्रकारका जीवहरु छन्: चल र अचल | चल भनेको स्थावर र........... चल भनेको जंगम | स्थावर-जंगम | र स्थावर भनेको अचल | त्यसैले दुई प्रकारका जीव छन् | तपाईले यी दुई प्रकारका जीवहरु देख्न सक्नुहुन्छ, कोहि छल छन्, कोहि अचल छन् | तर एक मह-भागवतले दुवै प्रकारका जीव देख्छन्, चल र अचल, तर उनले चल वा अचल देख्दैनन् | उनले कृष्णलाई देख्छन् | किनकि उनलाई थाहा हुन्छ कि चल भनेको जीवन शक्ति हो | त्यसैले जीवन शक्ति, त्यो पनि कृष्णको शक्ति हो | र अचल भौतिक हो | त्यो पनि कृष्णको शक्ति हो |