NE/Prabhupada 0644 - कृष्ण भावनामा सबै कुरा छ



Lecture on BG 6.1 -- Los Angeles, February 13, 1969


प्रभुपाद: गतिविधिहरु ?

भक्त: मनोरन्जन |

भक्त: कृष्ण भावनाभवित व्यक्तिको लागि मनोरन्जन के हो ?

प्रभुपाद: मनोरन्जन ?

भक्त: हो |

प्रभुपाद: नाच्नु | (हाँसो) आउ, हामीसँग नाच | के यो मनोरन्जन होइन ? र जब तिमी थाक्छौ प्रसादम् लिऊ | के तिमी योभन्दा बढी मनोरन्जन चाहन्छौ ? तिम्रो जवाफ के हो | के हो मनोरन्जन होइन ?

भक्त: हो | मलाई लाग्छ कि यो उनीहरुको लागि कठिन हुन्छ जो......

प्रभुपाद: किन कठिन ? नाच्नु कठिन छ ? जप र नाच ?

भक्त: मन्दिरमा बस्ने भक्तलाई यो सजिलो हुन्छ |

प्रभुपाद: ए, तर जसरी तिमी आयौ, जो पनि आउन सक्छन् | सबजनालाई स्वागत छ | हामी नाच्न कुनै पैसा लिंदैनौं | तिमी बल-नाचमा र अरु धेरै नाचहरु, तिमीले त्यसको लागि तिर्छौ | तर हामी पैसा लिंदैनौं | हामी केवल, हाम्रा, यी विद्यार्थीहरु केवल भिक्षा माग्छन् किनकि हामीले सम्हाल्नुपर्ने हुन्छ | हामी केहिको पैसा लिंदैनौं | त्यसैले यदि तिमि केवल आउँछौ र नाच्छौ र मनोरन्जनको लागि, यो धेरै राम्रो हुन्छ | कृष्ण भावनामा सबै कुरा छ | हामी संगीत चाहन्छौं, यहाँ संगीत छ | हामी नाच चाहन्छौं, यहाँ नाच छ | तिमीले राम्रो सांगीतिक यन्त्र ल्याउन सक्छौ, तिमि समावेश हुन सक्छौ | हामी राम्रो मिठ परिकारहरु वितरण गर्छौं | त्यसैले व्यवहारिक रुपमा यो मनोरन्जन मात्रको विधि हो | (हाँसो) हो | यदि तिमी गम्भिरतापूर्वक सोच्छौ, तिमीले पाउनेछौ, यो विधि, कुनै मेहेनत छैन | केब मनोरन्जन | सु-सुखम् (भ गी ९|२) | यो भगवद गीतामा भनिएको छ, नवौं अध्यायमा तिमीले पाउँछौ, सु-सुखम्-सबै कुरा आनन्दमय र सुखी छ | हाम्रो विधिमा केहि पनि खोज, जुन कष्टप्रद छ | मलाई व्यवहारिक रुपमा भन, जो पनि "यो कुरा धेरै कष्टप्रद छ |" केवल तिम्रो तर्क राख | केवल आनन्दमय | यो केवल मनोरन्जन हो | त्यति हो | तिमि केवल देखाऊ,"स्वामीजी, हजुरको, यो कुरा त्यति मनोरन्जनात्मक छैन, यो पीडादायी भाग हो |" केहि छैन | मानिस चाहन्छन् | त्यो उनीहरुको प्राकृतिक लक्षण हो, यो बच्चाहरु जस्तै | जब उनीहरु देख्छन् कि युवा र युवतीहरु नाच्दैछन्, बच्चाहरु पनि नाच्दैछन् | स्वत: | यो स्वाभाविक हो, यो जीवन हो | र त्यो हाम्रो अध्यात्मिक जगतमा वास्तविक जीवन हो | त्यहाँ कुनै चिन्ता छैन | केवल मानिसहरु नाच्छन् र जप्छन् र राम्ररी खान्छन् | त्यति हो | कुनै उद्योग छैन, कुनै मजदुर छैन कुनै प्राविधिक संस्था छैन | कुनै खाँचो छैन | यी सब कृत्रिम हुन् | आनन्दमयो ऽभ्यासात्, (वेदान्त​-सूत्र १|१|१२) वेदान्तमा भनिएको छ | हरेक जीव, भगवान आनन्दमय हुनुहुन्छ, आनन्द र सुखले भरिपूर्ण, र हामी भगवानका अंश हौँ, हामी पनि उही गुणका छौं | आनन्दमयो ऽभ्यासात् | त्यसैले हाम्रो सम्पूर्ण विधि भनेको परम आनन्दमय, कृष्णसँग उहाँको नाच टोलिमा जोडिनु हो | त्यसले हामीलाई वास्तवमा खुसी बनाउनेछ | यहाँ हामी कृत्रिम उपायले खुसी हुने प्रयासमा छौं | र हामी निराश हुँदैछौं | तर यदि तिमी वास्तवमा कृष्ण भावनामा अवस्थित हुन चाहनुहुन्छ, केवल तिमि आफ्नो मूल अवस्था, केवल आनन्दमय, पुनर्जागृत गर | आनन्दमयो ऽभ्यासात् | यी वैदिक शब्द हुन् | किनकि हाम्रो प्रकृति आनन्दमय छ | मानिसहरु, सबजना भेटाउने प्रयास गर्दैछन् | यो ला सिनेगा अभिनिउमा धेरै रेस्टुरेन्ट छन्, धेरै कुराहरु र धेरै विज्ञापन | किन ? तिनीहरु विज्ञापन गर्दैछन्,"यहाँ आउ, यहाँ आनन्द छ, यहाँ खुसी छ |" उसले विज्ञापन गर्दैछ, हामी पनि त्यस्तै गर्दैछौं | "यहाँ आनन्द छ |" सबजना आनन्द, वा सुखको खोजीमा छन् | तर आनन्दका विभिन्न स्तर छन् | उही कुरा | कोहि आनन्द भौतिक दृष्टिकोणबाट प्राप्त गर्ने प्रयासमा छन्, कोहि कल्पना, दर्शन, कविता वा कलाबाट आनन्द प्राप्त गर्ने प्रयासमा छन् | र कोहि दिव्य स्तरमा आनन्द प्राप्त गर्ने प्रयासमा छन् | सबजना आनन्द प्राप्त गर्ने प्रयासमा छन् | त्यो हाम्रो एकमात्र कार्य हो | तिमी किन दिन-रत यति मेहेनत गर्दैछौ ? किनकि तिमीलाई थाहा छ, रातमा,"म ती केटिसँग सुत्नेछु |" वा "म मेरी पत्नीसँग सुत्नेछु, म भोग गर्नेछु |" सम्पूर्ण, सबजना त्यस आनन्द प्राप्त गर्न हरेक किसिमको समस्या स्वीकार्दैछन् | आनन्द अन्तिम लक्ष्य हो | तर हामीलाई थाहा छैन, आनन्द कहाँ छ | त्यो भ्रम हो | वास्तविक आनन्द दिव्य रुपमा छ, कृष्णसँग | तिमीले पाउँछौ कि कृष्ण सधैं खुसी हुनुहुन्छ | तिमीले धेरै तस्विरहरु देख्छौ | र यदि हामी जोदिन्छौँ, तिमी खुसि हुन्छौ, त्यति हो | के तिमीले कृष्णको कुनै चित्र यन्त्रसँग काम गरिरहेको देखेका छौ ? (हाँसो) ठुलो यन्त्र ? वा तिमीले कुनै चित्र देखेका छौ कि उहाँ चुरोट तान्दै हुनुहुन्छ ? (हाँसो) प्राकृतिक रुपले, आनन्द, तिमी देख्छु ? आनन्द | त्यसैले तिमीले आफुलाई त्यस प्रकारले खोल्नुपर्छ र आनन्द प्राप्त गर्नुपर्छ | केवल आनन्दले पूर्ण, त्यति हो । आनन्दमयो ऽभ्यासात् (वेदान्त​-सूत्र १.१.१२) | प्राकृतिक रुपले केवल आनन्द | कुनै कृत्रिम उपायले होइन | आनन्द​-चिन्मय​ऋअस​-प्रतिभाविताभिः | ब्रह्म-संहितामा तिमीले पाउँछौ | आनन्द​-चिन्मय​ऋअस​-प्रतिभाविताभिस् ताभिर् य एव निज​रुपतया कलाभिः गोलोक एव निवसत्य् अखिलात्म​-भूतो गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|३७) आनन्द-चिन्मय-रस | रस भनेको स्वाद, मधुरता | जस्तै हामीले एउटा गुलियो मिठाई, वा केहिको रस लिने प्रयास गर्छौं | किन ? किनकि त्यसमा धेरै राम्रो रस हुन्छ | त्यसैले सबजना सबै कुरा बाट केहि रस लिने प्रयास गर्दैछन् | हामी यौन जीवन भोग गर्न चाहन्छौं | त्यसमा केहि रस छ | त्यसलाई भनिन्छ आदि-रस | धेरै रसहरु छन् | ब्रह्म संहितामा, आनन्द-चिन्मय रस | त्यो रस, भौतिक रस, तिमीले स्वाद लिन सक्छौ, तर यो तत्काल सकिन्छ | तत्काल सकिन्छ | भनौं केहि मिनेट | मानौं तिमीसँग धेरै राम्रो मिठाई छ | तिमी त्यसको स्वाद लिऊ | तिमि पाउँछौ,"ओहो यो धेरै राम्रो छ |" "अर्को लिऊ |" "ठिक छ |" "अर्को ?" "भयो, मलाई चाहिन्न," सकियो | तिमी देख्छौ ? त्यसैले भौतिक रस नश्वर हुन्छ | यो असिमित हुँदैन | तर वास्तविक रस असिमित हुन्छ | यदि तिमी स्वाद लिन्छु तब तिमीले बिर्सन सक्दैनौ | यो चलिरहन्छ, चलिरहन्छ, बढ्दै, बढ्दै | आनन्दाम्बुधि-वर्धनम् | "चैतन्य महाप्रभुले भन्नुभयो कि "यो रस केवल बढ्दैछ |" यो समुद्रजस्तो भए तापनि, महान, अझ यो बढ्दैछ | यहाँ तिमीले समुद्र देखेका छौ | यो सिमित छ | तिम्रो प्रशान्त महासागरको ठुलो वेग छ, तर यो बढिरहेको छैन | यदि यो बढ्छ तब सर्वनाश हुन्छ, तिमि देख्छौ ? तर प्रकृतिको नियमले, भगवानको आदेह्से, यो आफ्नो सिमाभन्दा पर आउँदैन | यो सिमा भित्र छ | तर चैतन्य महाप्रभु भन्नुहुन्छ कि त्यहाँ आनदको समुद्र छ, रसको समुद्र छ, दिव्य आनन्दको, जुन बढ्दैछ | आनन्दाम्बुधि-वर्धनं प्रति-पदं पूर्णामृतास्वादनं सर्वात्म​-स्नपनं परं विजयते श्री-कृष्ण​-सङ्कीर्तनम् | तिमीले हरे कृष्ण जपेर पाउनेछौ, तिम्रो आनन्द शक्ति धेरै-धेरै बढेको, धेरै-धेरै |