NE/Prabhupada 0667 - गलत चेतना यो शरीरको कारण विद्यमान छ



Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


भक्तहरु: श्री गौराङ्गको जय |

भक्त: श्लोक सोह्र: "कसैको योगी बन्ने सम्भावना छैन, हे अर्जुन, यदि उसले धेरै खान्छ, वा थोरै खान्छ, धेरै सुत्छ वा पर्याप्त सुत्दैन (भ गी ६|१६) |"

प्रभुपाद: हो | यो धेरै राम्रो हो | केहि प्रतिबन्धित छैन किनकि तपाईले योग विधि आफ्नो यस शरीरबाट सम्पन्न गर्नुपर्छ | नराम्रो मोलतोलको सर्वोत्तम प्रायोग गर्न | तपाई देख्नुहुन्छ ? यो भौतिक शरीर सम्पूर्ण पीडाको श्रोत हो | वास्तवमा आत्माको कुनै पिडा हुँदैन | जस्तै जीवको साधारण अवस्था स्वस्थ जीवन हो | रोग कुनै विशेष संक्रमणले लाग्छ | रोग हाम्रो जीवन होइन | त्यसैगरी भौतिक अस्तित्वको वर्तमान अवस्था आत्माको रोगी अवस्था हो | र त्यो रोग के हो ? रोग यो शरीर हो | किनकि यो शरीर मेरो आगी होइन, यो मेरो शरीर होइन | जस्तै तपाईको वस्त्र | तपाई वस्त्र होइन | तर हामी यहाँ भिन्न रुपमा सजिएका छौं | कोहि रातो रङ्ग, कोहि सेतो रङ्ग, कोहि पहेंलो रङ्ग | तर त्यो रङ्ग, म यो रङ्ग होइन | त्यसैगरी यो शरीर, म सेतो मानिस हुँ, कालो मानिस, भारतीय, अमेरिकी वा यो, हिन्दु, इशाई, मुस्लिम | यो मेरो अवस्था होइन | यी सब रोगी अवस्था हुन् | रोगी अवस्था | तपाई रोगबाट निस्कने प्रयासमा हुनुहुन्छ | त्यो योग विधि हो | फेरी परमब्रह्मसँग जोडिनु | किनकि म अंश हुँ | उही उदाहरण | कुनै तरिकाले औंला काटिएको छ र यो जमिनमा झरेको छ, यसको कुनै मूल्य छैन | मेरो औंला, जब यो काटिन्छ र यो जमिनमा रहन्छ, यसको कुनै मूल्य छैन | तर जब औंला शरीरसँग जोडिन्छ, यसको लाखौं-करोडौं डलर बराबरको मूल्य हुन्छ | अमुल्य | त्यसैगरी हामी अहिले कृष्ण वा भगवानबाट छुटिएका छौं, यो भौतिक अवस्थाबाट | बिर्सेका, छुटिएका होइन | सम्बन्ध छ | भगवानले हाम्रो सम्पूर्ण आवश्यकता प्रदान गर्नुहुन्छ, जस्तै एक कैदी नागरिक विभागबाट छुटिएको हुन्छ | ऊ अपराधिक विभागमा आएको छ | वास्तवमा छुटिएको होइन | सरकारले अझै ख्याल राख्दैछ | तर वैध रुपमा छुटिएको | त्यसैगरी हामी छुटिएका छैनौँ | हामी छुटिन सक्दैनौं, किनकि कृष्ण बिना कुनै कुराको अस्तित्व छैन | त्यसैले म कसरी छुटिन सक्छु ? छुटिनु भनेको, कृष्णलाई बिर्सेर, आफुलाई कृष्ण भावनामा संग्लग्न हुनु भन्दा, म धेरै बेकार चेतनामा संग्लग्न छु | त्यो छुटिनु हो | आफुलाई भगवान वा कृष्णको नित्य दास सम्झनु भन्दा, म सोच्दैछु कि म मेरो समाजको दास हुँ, म मेरो देशको दास हुँ, म मेरो पतिको दास हुँ, म मेरी पत्नीको दास हुँ, म मेरो कुकुरको दास हुँ वा धेरै | यो विस्मृति हो | यो कसरी भयो ? यो शरीरको कारणले | सम्पूर्ण कुरा | सम्पूर्ण गलत चेतना यो शरीरको कारणले अस्तित्वमा छ | किनकि म अमेरिकामा जन्मिएको छु, म सोच्दैछु अमेरिकी | र किनकि म अमेरिकी सोच्दैछु, अमेरिकी सरकारले दाबि गर्छ, "हो, तिमी आउ र लडाई गर, आफ्नो जीवन देउ |" छनौट समिति | किन ? यो शरीर | तसर्थ बिद्धिमान मानिसले थाहा पाउनुपर्छ कि म मेरा जीवनका सम्पूर्ण पीडादायी अवस्था यो शरीरको कारणले हो | त्यसैले हामीले त्यस्तो प्रकारले कार्य गर्नुहुँदैन कि यो भौतिक शरीरसँगको बन्धन जन्म-जन्मान्तरसम्म जारी रहन्छ | कि अमेरिकी शरीर, भारतीय शरीर, कुकुरको शरीर, सुँगुरको शरीर, धेरै- ८४,००,००० शरीरहरु | त्यसलाई योग भनिन्छ | कसरी यो शरीरको संक्रमणबाट बाहिर निस्कने | तर पहिलो उपदेश भनेको यो बुझ्नु हो कि म यो शरीर होइन | त्यो भगवद गीताको शिक्षाको मुख्य सिद्धान्त हो | अशोच्यान् अन्वशोचस् त्वं प्रज्ञा-वादांश् च भाषसे (भ गी २|११) | "मेरो प्रिय अर्जुन, तिमीले धेरै राम्ररी बोल्दैछौ, एउटा विकसित विद्वान जसरी | तर तिमी शारीरिक स्तरमा बोल्दैछौ, सबै बेकार |" "म यसको पिता हुँ, तिनीहरु मेरा आफन्त हुन्, तिनिहरु मेरा यो हुन्, तिनीहरु मेरा यो हुन्, मैले कसरी मार्न सक्छु, कसरी मैले गर्न सक्छु, मैले सक्दिनँ......" सम्पूर्ण वातारण, शारीरिक चेतना छ | तसर्थ कृष्ण, अर्जुनले स्वीकारेपछी, उनको अध्यात्मिक गुरु, उहाँले तत्काल उनलाई ईक गुरुले शिष्यलाई गाली गरे जसरी गाली गर्नुभयो: "तिमी बेकार, तिमीलाई धेरै थाहा छ जस्तो गरेर धेरै बाठो बनेर बोल्दैछौ | तर तिम्रो अवस्था यो शरीर छ |" त्यसैले सम्पूर्ण संसार, तिनीहरु आफुलाई शिक्षामा विकसित भन्दैछन्- विज्ञान, दर्शन, यो, त्यो, राजनीति, धेरै कुराहरु | तर, तिनीहरुको अवस्था यो शरीर छ | जस्तै, एउटा उदाहरण, एउटा गिद्ध | यिता गिद्ध धेरै माथि उड्छ | सात मील, आठ मील माथि | आश्चर्यजनक, तपाईले त्यसो गर्न सक्नुहुन्न | र उसको पनि आश्चर्यजनक आँखा छ | आँखा साना छन्, गिद्धको, यो यति शक्तिशाली छ कि यसले देख्न सक्छ सात मीलको उचाईबाट कहाँ सिनो छ भनेर, मृत शरीर | त्यसैले यसको राम्रो योग्यता छ | ऊ धेरै माथि उड्न सक्छ, उसले टाढाबाट देख्न सक्छ | तर उसको वस्तु के हो ? एउटा मृत शरीर, त्यति हो | उसको पूर्णता भनेको सिनो, मृत शरीर भेटाउनु, र खानु, त्यति हो | त्यसैगरी, हामी धेरै उच्च शिक्षा प्राप्त गर्न सक्छौं, तर हाम्रो उद्देश्य के हो, हामी के देख्दैछौं ? कसरी इन्द्रिय, यो शरीर भोग गर्ने, त्यति हो | र विज्ञापन ? "ओहो, ऊ स्पुत्निकबाट सात सय मील माथि गएको छ |" तर तपाई के गर्नुहुन्छ ? तपाईको कार्य के छ ? इन्द्रियतृप्ति, त्यति हो | त्यो पशु हो | त्यसैले मानिसहरु सोच्दैनन् कि तिनीहरु जीवनको यो शारीरिक अवधारणामा कसरी फसेका छन् | त्यसैले एक मानिसले सर्वप्रथम थाहा पाउनुपर्छ कि हाम्रो पीडादायी अवस्था, भौतिक अस्तित्वको, यस शरीरको कारणले हो | उही समयमा यो शरीर स्थायी छैन | म सबै कुरा यो शरीरसँग चिन्छु-परिवार, समाज, देश, यो त्यो, धेरै कुराहरु | तर कहिलेसम्म ? यो स्थायी छैन | असन्न् | असन्न् भनेको यो अस्तित्वमा रहँदैन | असन्न् अपि क्लेशद आस देहः (श्री भा ५|५|४) | केवल समस्याजनक | स्थायी होइन र केवल समस्या दिंदै | त्यो बुद्धिमानी हो | कसरी शरीरबाट निस्कने | मानिस आउँछ, भन्छ कि "म शान्तिमा छैन | म समस्यामा छु | मेरो मन शान्त छैन |" तर जब औषधि दिइन्छ, उसले स्विकार्दैन | तपाई देख्नुहुन्छ ? उसले केहि मिठो चाहन्छन्, उसले जे बुझेका छ, त्यति हो | धेरै मानिसहरु हामीकहाँ आउँछन्,"स्वामीजी, यो मेरो अवस्था हो |" र जब हामी औषधिको सुझाव दिन्छौं, उसले स्वीकार्दैन | किनकि उसले केहि औषधि चाहन्छ जुन उसले स्वीकार्न सक्छ | त्यसैले हामीले कसरी दिने ? तब तपाई किन चिकित्सककहाँ जानुहुन्छ ? तपाई आफ्नो उपचार आफैं बनाउनुहुन्छ ? तपाई देख्नुहुन्छ ?