NE/Prabhupada 0668 - एक महीनामा कम्तिमा दुईवटा अनिवार्य व्रत



Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


त्यसैले यहाँ सुझाव छ कि यो शरीर बेकार छ, तर यसको मतलब यो होइन कि हामीले ख्याल राख्नुहुँदैन | जस्तै तपाई जाँदै हुनुहुन्छ, एउटा स्थानबाट अर्कोमा, तपाईको गाडीमा | त्यो गाडी, तपाई यो गाडी होइन, तर किनकि तपाईले आफ्नो कार्यको लागि त्यस गाडी प्रयोग गर्नुपर्छ, तपाईले आफ्नो गाडीको पनि ख्याल राख्नुपर्छ | तर त्यति धेरै ख्याल होइन कि तपाई केवल गाडीमा व्यस्त हुनुहुन्छ र अरु केहिमा हुनुहुन्न | जस्तै कोहि, गाडीसँग धेरै आसक्त भएकाले गाडीलाई सारा दिन सफा गर्छ, तपाई देख्नुहुन्छ, सफा गर्दै | हामी यो शरीरसँग धेरै आसक्त हुनुहुँदैन | तर किनकि यो शरीरबाट कृष्ण भावना सम्पन्न गर्नुपर्छ, तसर्थ हामीले यसलाई पनि ठिक राख्नुपर्छ | त्यसलाई भनिन्छ युक्त-वैराग्य | हामीले उपेक्षा गर्नुहुँदैन | हामीले नित्य स्नान गर्नेछौं, राम्रो खाना, कृष्ण प्रसादम्, आफ्नो मन र शरीरलाई स्वस्थ राख्ने | त्यो चाहिएको छ | त्यसैले कृष्ण भावनामृत अभियानको मतलब यो होइन कि तपाईले कृत्रिम तरिकाले केहि त्याग्नुहुन्छ, सब नचाहिने कुरा | र भरपाईको लागि हामी केहि औषधी लिन्छौं, केहि नशा लिन्छौं, होइन | तपाई राम्रो खाना लिनुहोस् | कृष्णले राम्रो खाना दिनुभएको छ | फल, अन्न, दुध- तपाईले सयौं-हजारौं सामग्री दिनुभएको छ, राम्रो, यी अन्नबाट, र हामी त्यो गर्दैछौं | तपाईहरुलाई प्रेम भोजमा आमन्त्रित गर्नुको कारण यो हो कि: तपाईको सम्पूर्ण भोजनको स्थानमा कृष्ण प्रसादम् लिनुहोस् | तिनीहरु स्वस्थ छैन | यी स्वस्थ भोजन हुन् | स्वस्थ भोजन | मिठो, स्वस्थ भोजन | त्यसैले कृष्ण प्रसादम्, राम्रो प्रसादम् खानुहोस् | यदि तपाईको जिब्रोले केहि मिठो भोजन चाहन्छ हामी कृष्णलाई अर्पित सयौं-हजारौं भोजन दिन सक्छौं | समोसा र यो मिठाई, रसगुल्ला, धेरै कुराहरु हामीले तपाईलाई दिन सक्छौं | तपाई देख्नुहुन्छ ? तपाईलाई प्रतिबन्ध छैन | तर धेरै नलिनुहोस् | "ओहो, यो देरै मिठो छ, मैले एक दर्जन रसगुल्ला लिनुपर्यो |" होइन, त्यसरी नलिनुहोस् | (हाँसो) तब यो राम्रो हुँदैन | त्यो लोभ हो | तपाईले आफ्नो शरीरलाई स्वस्थ राख्नमात्र लिनुपर्छ, त्यति हो | तपाई आफुलाई स्वस्थ राख्नमात्र सुत्नुपर्छ, त्यति हो | केहि बढी होइन | युक्ताहार विहारस्य योगो भवति सिद्धि | यो युक्त हो | हामीले केवल स्वस्थ अवस्थामा रहन खानुपर्छ | हामी केवल स्वस्थ रहन सुत्नुपर्छ | तर यदि तपाईले घटाउन सक्नुहुन्छ, त्यो राम्रो हो | तर बिरामी हुने जोखिममा होइन | किनकि सुरुवातमा, किनकि हामी डरलाग्दो गरि खान अभ्यास छौं, त्यसैले थोरै खान कृत्रिम रुपले प्रयास नगर्नुहोस् | तपाई खानुहोस | तर यसलाई घटाउने प्रयास गर्नुहोस् | जति धेरै....... तसर्थ व्रत बस्ने सुझाव छ | महिनामा कम्तिमा दुइटा अनिवार्य व्रत | र अरु व्रतका दिनहरु पनि छन् | तपाईले आफ्नो सुत्ने र खाने कार्य जति धेरै घटाउनुहुन्छ, तपाई स्वस्थ रहनुहुन्छ, विशेषगरि अध्यात्मिक प्रयोजनको लागि | तर कृत्रिम रुपले होइन | कृत्रिम रुपले होइन | तर जब तपाई विकास गर्नुहुन्छ, प्रकृतिक रुपमा तपाईलाई इच्छा लाग्दैन....... जस्तै रघुनाथ दास गोस्वामी | उदाहरणहरु छन् | रघुनाथ दास गोस्वम धेरै धनि व्यक्तिका पुत्र हुनुहुन्थ्यो | र उहाँले घर छाड्नुभयो | उहाँ चैतन्य महाप्रभुसँग जोदिनुभायो | त्यसैले उहाँको पिता- उहाँ एकमात्र पुत्र हुनुहुन्थ्यो, धेरै प्रिय पुत्र | धेरै राम्री पत्नी | सबै छाड्नुभयो | र छाड्नुभयो भनेको केहि नभनी | कुनै तरिकाले उहाँले घर छाड्नुभयो | र पिताले बुझ्नुभयो कि उहाँ चैतन्य महाप्रभुकहाँ पुरीमा जानुभएको छ | त्यसैले उहाँले चार दास पठाउनुभयो, किनकि उहाँ धेरै धनि मानिस हुनुहुन्थ्यो | र चार सय रुपैयाँ - पाँच सय वर्ष चार सय रुपैयाँ भनेको वर्तमान मूल्यको बिस गुणा त्यसैले सर्वप्रथम उहाँले स्विकार्नुभयो कि "ओहो, पिताले पठाउनुभएको छ, ठिक छ |" उहाँले कसरी पैसा खर्च गर्नुभयो ? उहाँले सबै सन्यासीहरुलाई बोलाउनुभयो- जगन्नाथ पुरीमा धेरै सन्यासीहरु हुनुहुन्थ्यो | र हरेक महिना उहाँले भोज दिनुहुन्थ्यो | तब केहि दिन पछी, चैतन्य महाप्रभुले आफ्नो सचिव, स्वरूप दामोदरसँग सोध्नुभयो, "ओहो, आजकल मैले रघुनाथबाट कुनै निमन्त्रण पाउँदिन | के भयो ?" "ओहो, प्रभु, उहाँले आफ्नो पिताको पैसा स्वीकार्न छाड्नुभयो |" "ओहो, त्यो धेरै राम्रो हो |" उहाँले सोच्नुभयो कि,"मैले सबै त्यागिसकें र मैले मेरो पिताको पैसा भोग गर्दैछु | यो सब बेकार हो |" उहाँले नकार्नुभयो | उहाँले ती मानिसलाई भन्नुभयो,"तिमी घर जाऊ | मलाई पैसा चाहिंदैन |" तब उहाँ कसरी बाँच्नुहुन्थ्यो ? "उहाँ जगन्नाथ मन्दिरको सिंढीमा उठ्दै हुनुहुन्छ, र जब पुजारीहरु आफ्नो प्रसादम् लिएर घर फर्कन्छन्, तिनीहरु केहि दिन्छन् र उहाँ त्योबाट सन्तुष्ट हुनुहुन्छ |" त्यसैले चैतन्य महाप्रभुले भन्नुभयो,"ओहो, यो ठिक छ, धेरै राम्रो |" तब चैतन्य महाप्रभुले सोध्दै हुनुहुन्थ्यो उहाँ त्यहाँ कसरी उठ्दै हुनुहुन्छ | उहाँले देख्दै हुनुहुन्थ्यो, उठ्दै | रघुनाथ दास गोस्वामी, केहि दिन पछी, उहाँले त्यो उठ्ने पनि बन्द गर्नुभयो | तब चैतन्य महाप्रभुले आफ्नो सचिवलाई सोध्नुभयो,"म रघुनाथलाई त्यहाँ उठेको देख्दिनँ | उनी के गर्दैछन् ?" "उहाँले त्यो त्याग्नुभयो किनकि उहाँले सोच्नुभयो, 'ओहो, म वेश्याजस्तै उठ्दैछु, कोहि आउनेछ र मलाई केहि दिनेछ..... होइन होइन, मलाई यो मन पर्दैन |'" "ओहो, त्यो धेरै राम्रो हो | तब उनी कसरी खाँदैछन् ?" "उहाँ भान्सामा उपेक्षा गरिएको केहि चामल जामा गर्नुहुन्छ, र त्यो उहाँले खाँदै हुनुहुन्छ |" त्यसिए रघुनाथ दास गोस्वामीलाई प्रोत्साहन दिन, एक दिन चैतन्य महाप्रभु उहाँको कोठामा जानुभयो | "रघुनाथ? मैले सुनेको थिएँ कि तिमि धेरै मिठो भोजन खाँदैछौ र तिमी मलाई निमन्त्रणा दिंदैनौ ?" उहाँले जवाफ दिनुभएन | उहाँले खोज्दै हुनुहुन्थ्यो कि त्यस चामल कहाँ राखिएको थियो, र उहाँले लिएर तत्काल खाना थाल्नुभयो | "प्रभु, हाजिर यो नखानुहोस्, यो हजुरको लागि ठिक छैन |" "ओहो ! यो जगन्नाथ प्रसादम् हो, तिमीले कसरी भन्छौ कि यो ठिक छैन ?" केवल उहाँलाई प्रोत्साहन दिन | उहाँले नसोच्नुहोस् कि,"मैले यो उपेक्षा गरिएको खाँदैछु," तपाई देख्नुहुन्छ ? यस प्रकारले, रभुनाथ दास गोस्वामीले आफ्नो भोजन घटाउनुभायो- अन्तिममा, हरेक दोस्रो दिन केवल थोरै घिउ, त्यति | र उहाँ अर्पण गर्दै हुनुहुन्थ्यो, सयौं पटक दण्डवत गर्दै र धेरै पटक जप्दै | सङ्ख्या-पूर्वक​-नाम​- तपाईहरुले षड्-गोस्वामी भजन गाउँदा सुन्नुभएको छ | सङ्ख्या-पूर्वक​-नाम​-गान​-नतिभिः कालावसानी-कृतौ | घटाउने धेरै राम्रा उदाहरणहरु छन् | सम्पूर्ण भौतिक आवश्यकता घटाउने | शुन्यसम्म | तपाई देख्नुहुन्छ ? तर त्यो सबैलाई सम्भव छैन | रघुनाथ दास गोस्वामीको अनुकरण गर्ने प्रयास नगर्नुहोस् | तर किनकि उहाँहरु चैतन्य महाप्रभुका पार्षद हुनुहुन्थ्ये, हरेकले केहि उदाहरण देखाउनुभयो, कृष्ण भावनामा कसरी विकास गर्न सकिन्छ भन्ने अद्वितीय उदाहरण | तर हाम्रो कार्य उहाँहरुको अनुकरण गर्ने होइन, तर अनुसरण गर्ने हो | उहाँहरुको अनुसरण गर्ने प्रयास गर्नुहोस्, सम्भव भएसम्म | कृत्रिम रुपले होइन | तसर्थ यहाँ भनिएको छ,"कसैको योगी बन्ने सम्भावना छैन......" यदि तपाई तत्काल अनुकरण गरेर रघुनाथ दास गोस्वामी बन्ने प्रयास गर्नुहुन्छ, तपाई असफल हुनुहुन्छ | जे प्रगति तपाईले प्राप्त गर्नुभएको छ, त्यो सकिनेछ | होइन | त्यो होइन | तपाई खानुहोस् | तर धेरै नखानुहोस् | त्यति हो | धेरै खानु राम्रो होइन | तपाई खानुहोस् | यदि तपाई हात्ती हुनुहुन्छ, तपाई सय पाउण्ड खानुहोस्, तर यदि तपाई कमिला हुनुहुन्छ, तपाई एउटा अन्न खानुहोस् | हात्तीको अनुकरण गर्दै सय पाउण्ड नखानुहोस् | तपाई देख्नुहुन्छ ? भगवानले हात्ती र कमिलालाई भोजन दिनुभएको छ | तर यदि तपाई वास्तवमा हात्ती हुनुहुन्छ, तपाई हात्ती जसरी खानुहोस् | तर यदि तपाई कमिला हुनुहुन्छ, हात्ती जसरी नखानुहोस्, तब तपाई समस्यामा हुनुहुनेछ | त्यसैले यहाँ भनिएको छ,:कसैको योगी बन्ने सम्भावना छैन, हे अर्जुन, यदि उसले थोरै, वा धेरै खान्छ |" धेरै राम्रो कार्यक्रम | थोरै नखानुहोस् | तपाई आफुलाई चाहिने खानुहोस् | तर धेरै नखानुहोस् | त्यसैगरी धेरै नासुत्नुहोस् | यदि तपाई सक्नुहुन्छ...... आफ्नो स्वास्थ राम्रो रख्नुहोस्, तर यसलाई घटाउने प्रयास गर्नुहोस् | मानौं तपाई दश घंदा सुत्दै हुनुहुन्छ | तर यदि म आफुलाई पाँच घण्टा सुतेर स्वस्थ राख्छु, किन म दश घण्टा सुत्ने ? यो विधि हो | केहि पनि कृत्रिम रुपले नगर्नुहोस् | जहाँसम्म शरीरको कुरा छ, हाम्रा चार माग छन् | खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु | कमी यो छ कि, आधुनिक सभ्यता, कि तिनीहरु सोच्दैछन् कि यो खाने प्रक्रिया, सुत्ने प्रक्रिया, यदि हामीले बढाउन सक्छौं, त्यो धेरै राम्रो हुन्छ | यदि हामी शनिबार र आइतबार सारा दिन र रत सुत्न सक्छौं, यो धेरै फाइदा हुन्छ, आनन्द, तपाई देख्नुहुन्छ ? त्यो सभ्यता छ | तिनीहरु सोच्छन् कि यो जीवन भोग गर्ने मौका हो, सुत्ने, दिनमा तिस घण्टा सुत्ने | तपाई देख्नुहुन्छ ? होइन | त्यो नगर्नुहोस् | यसलाई घटाउनुहोस् | यसलाई घटाउने प्रयास गर्नुहोस् तर कृत्रिम रुपले होइन | अघि बढ |