NE/Prabhupada 0669 - मनलाई एकाग्र पार्नु भनेको आफ्नो मन कृष्णमा केन्द्रित पार्नु



Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


भक्त: श्लोक संख्या सत्र: "खाने, सुत्ने, कार्य गर्ने र मनोरन्जन गर्ने शैलीमा जो नियमित हुन्छ, उसले सम्पूर्ण भौतिक पिडा योग-अभ्यासबाट अन्त्य गर्न सक्छ (भ गी ६|१७) |"

प्रभुपाद: हो, तपाई केवल......कुनै प्रश्न छैन कि योग-कक्षामा उपस्थित हुने र पाँच रुपैयाँ वा पाँच सलर तिरेर आफ्नो बोसो घटाउने, आफ्नो स्वास्थ ठिक राख्ने | तपाई केवल अभ्यास गर्नुहोस् | यो अभ्यास: आफुलाई चाहिने खानुहोस्, आफुलाई चाहिने सुत्नुहोस् | तपाईको स्वास्थ उत्कृष्ट हुन्छ | कुनै बाहिरी मदतको कुनै आवश्यकता छैन | केवल यसको अभ्यास गरेर तपाईको सम्पूर्ण कुरा ठिक हुनेछ | अघि बढ |

भक्त: श्लोक संख्या अठार: "जब एक योगी, योग-अभ्यासद्वारा, आफ्ना मानसिक गतिविधिलाई अनुशासित गर्छ र अध्यात्ममा स्थित हुन्छ, सम्पूर्ण भौतिक इच्छाहरुबाट मुक्त भएर, उसले योग प्राप्त गरेको मानिन्छ (भ गी ६|१८) |"

प्रभुपाद: हो | मनई सन्तुलनमा राख्न | त्यो योगको पूर्णता हो | मनलाई राख्नु...... त्यो तपाईले कसरी गर्न सक्नुहुन्छ ? यदि तपाई..... भौतिक क्षेत्रमा तपाईले आफ्नो मन सन्तुलनमा राख्न सक्नुहुँदैन | त्यो सम्भव छैन | उदाहरणको लागि यो भगवद गीता लिनुहोस् | यदि तपाईले दैनिक चार पटक पढ्नुहुन्छ, तपाई थक्नुहुनेछैन | तर अरु कुनै पुस्तक लिनुहोस्, एक घण्टा पढेपछी तपाई थाक्नुहुनेछ | यो जप, हरे कृष्ण | तपाई सारा दिन-रत जप्नुहोस्, र नाच्नुहोस्, तपाई थाक्नुहुनेछैन | तर अर्को नाम लिनुहोस् | जेबल आधा घण्टा, सकियो | यो झन्झट हुन्छ | तपाई देख्नुहुन्छ | तसर्थ मनलाई एकाग्र पार्नु भनेको आफ्नो मन कृष्णमा राख्नुहुन्छ, तब सकियो, सम्पूर्ण योग | तपाई पूर्ण योगी हुनुहुन्छ | तपाईले केहि गर्नुपर्दैन | केवल आफ्नो मनलाई एकाग्र पार्नुहोस् | स वै मनः कृष्ण​-पदारविन्दयोर् वचांसि वैकुण्ठ (श्री भा ९|४|१८) - यदि तपाई बोल्नुहुन्छ, तपाई कृष्णको बारेमा बोल्नुहोस् | यदि तपाई खानुहुन्छ, तपाई कृष्णको बारेमा खानुहोस् | यदि तपाई सोच्नुहुन्छ, कृष्णको बारेमा सोच्नुहोस् | यदि तपाई कार्य गर्नुहुन्छ, कृष्णको लागि कार्य गर्नुहोस् | यस प्रकारले, यस योग-अभ्यास पूर्ण हुन्छ | अन्यथा हुँदैन | र त्यो योगको पूर्णता हो | भौतिक इच्छाबाट मुक्त | यदि तपाई केवल कृष्णको लागि इच्छा गर्नुहुन्छ, भौतिक इच्छाको मौका कहाँ छ ? सकिन्छ, सम्पूर्ण भौतिक इच्छा सकिन्छ | तपाईले यो कृत्रिम रुपले प्रयास गर्नुपर्दैन | ओहो, म कुनै राम्री स्त्रीलाई हेर्नेछैन | म मेरा आँखा बन्द गर्नेछु |" त्यो तपाई गर्न सक्नुहुन्न | तर यदि तपाईले आफ्नो मन कृष्ण भावनामा एकाग्र गर्नुहुन्छ, तपाई धेरै सुन्दर स्त्रीहरुसँग नाच्दै हुनुहुन्छ | त्यो ठिक छ, दाजु-बहिनिको रुपमा कुनै प्रश्न छैन | यो व्यवहारिक छ- योगको पूर्णता | कृत्रिम रुपले तपाईले गर्न सक्नुहुन्न | केवल कृष्ण भावनामा सम्पूर्ण पूर्णता छ | यसलाई बुझ्ने प्रयास गर्नुहोस् | सम्पूर्ण पूर्णता | किनकि त्यो अध्यात्मिक स्तर हो | अध्यात्मिक स्तर शाश्वत, आनन्दमय र ज्ञानले पूर्ण हुन्छ | तसर्थ त्यहाँ कुनै भय हुँदैन | अघि बढ |