NE/Prabhupada 0693 - जब हामी सेवाको कुरा गर्छौं, त्यहाँ ध्येय हुँदैन । सेवा प्रेम हो



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: "भजते शब्द भज् धातुबाट बनेको हो जुन सेवा आवश्यक भएको स्थानमा प्रयोग हुन्छ | अंग्रेजी शब्द "वार्शिप (आराधना)"ले भज् शब्दको भाव व्यक्त गर्न सक्दैन | वार्शिप भनेको पुञ्ज गर्नु, सम्मान प्रकट गर्नु र गुणवानको आदर गर्नु भन्ने जनाउँछ | तर प्रेम र श्रद्धयुक्त सेवा विशेषगरि सर्वोच्च पुरुषोत्तम भगवानको निमित्त हो |"

प्रभुपाद: हो | आराधना र सेवा गर्नु, तिनीहरु भिन्न हुन् | आराधना भनेको जब कुनै उद्देश्य हुन्छ | म कुनै मित्र वा ठुलो मानिसको आराधना गर्छु | मेरो केहि उद्देश्य छ, कि यो ठुलो मानिस एउटा ठुलो व्यापारी हो, र यदि मैले उसलाई खुसी बनाउन सक्छु, उसले मलाई केहि व्यापार दिन सक्छ, मैले फाइदा उठाउनेछु | देवताहरुको आराधना त्यस्तै हो | तिनीहरु केहि विशेष प्रयोजनको लागि विभिन्न देवताहरुको आराधना गर्छन् | यो भगवद गीतामा निन्दित छ, तपाईले आठौँ (सातौं) अध्यायमा पाउनुहुनेछ | कामैस् त्ऐस् तैर् हृत​-ज्ञानाः प्रपद्यन्ते ऽन्य देवताः (भ गी ७|२०) | जसले आफ्नो बुद्धि गुमाएको छ, कामले भ्रमित, तिनीहरु देवताहरुको आराधना गर्छन्, केहि उद्देश्यसँग | त्यसैले जब हामी आराधनाको कुरा गर्छौं, कुनै उद्देश्य हुन्छ | तर जब हामी सेवाको कुरा गर्छौं, त्यहाँ कुनै उद्देश्य हुँदैन | सेवा प्रेम हो | जस्तै आमाले बच्चालाई सेवा गर्छिन् | कुनै उद्दश्य हुँदैन | यो प्रेममात्र हुन्छ | सबजनाले त्यस बच्चाको उपेक्षा गर्न सक्छन्, तर आमाले सक्दिनन् | किनकि त्यहाँ प्रेम हुन्छ | त्यसैले भज्-धातु, जब सेवाको प्रश्न हुन्छ, कुनै उद्देश्यको प्रश्न हुँदैन | र त्यो कृष्ण भावनाको पूर्णता हो | र त्यो श्रीमद भागवतममा सिफारिश गरिएको छ, प्रथम श्रेणीको धार्मिक सिद्धान्त | त्यो के हो ? स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६) | यो भक्ति, यो भज, उही धातु, त्यस धार्मिक सिद्धान्तको विधि प्रथम श्रेणीको हो | त्यो के हो ? यतो भक्तिर् अधोक्षजे | जसलाई सम्पन्न गरेर एक मानिसले आफ्नो भागवत चेतना वा भागवत प्रेम विकास गर्न सक्छ | त्यति हो | यदि तपाईले आफ्नो भागवत प्रेम विकास गर्न सक्नुहुन्छ, तपाई कुनै पनि धार्मिक सिद्धान्त पालन गर्नुहोस्, फरक पर्दैन | तर तपाईले गर्नुपर्छ...... परिक्षा भनेको तपाईले भगवानप्रतिको प्रेम कति विकास गर्नुभएको छ | तर यदि तपाईको कुनै उद्देश्य छ- कि यस धार्मिक विधि अभ्यास गरेर, मेरा भौतिक आवश्यकता पुरा हुन्छन्- त्यो प्रथम श्रेणीको धर्म होइन | त्यो तृतीय श्रेणीको धर्म हो | प्रथम श्रेणीको धर्म त्यो हो, जसबाट तपाईले आफ्नो भागवत प्रेम वोकास गर्न सक्नुहुन्छ | अहैतुक्य् अप्रतिहता | कुनै कारण बिना र कुनै बाधा बिना | त्यो प्रथम श्रेणीको हो | त्यो सिफारिश गरिएको छ | यस योग विधि, कृष्ण भावना, तपाईले धार्मिक पक्षबाट लिनुभए पनि, यो प्रथम श्रेणीको हो | किनकि यसमा कुनै उद्देश्य छैन | उनीहरु यो वा त्यो आपूर्ति गर्न कृष्णको सेवा गर्दैनन् | होइन | यो वा त्यो हुन सक्छ, त्यसको मतलब हुँदैन | तिनीहरु संग्लग्न हुन्छन्- तर यसको वा त्यसको कुनै कमी छैन | तिनीहरु सबै प्राप्त गर्दैछन् | यो नसोच्नुहोस् कि कृष्ण भावनाभावित भएर कोहि गरिब हुन्छ | होइन | यदि कृष्ण त्यहाँ हुनुहुन्छ, सबै कुरा त्यहाँ हुन्छ, किनकि कृष्ण सबै हुनुहुन्छ | त्यासैले........ तर हामीले कृष्णसँग कुनै व्यापार गर्नुहुँदैन, "कृष्ण मलाई यो दिनुहोस्, मलाई त्यो दिनुहोस् |" कृष्णलाई तपाईभन्दा राम्ररी थाहा छ | जस्तै एउटा बच्चाले आफ्ना बुवा-आमासँग माग गर्दैन, "मेरो प्रिय पिता, मेरी प्रिय आमा, मलाई यो वा त्यो दिनुहोस् |" पितालाई थाहा छ कि बच्चाको आवश्यकता के हो | त्यसैले भगवानलाई माग्नु त्यति राम्रो कार्य होइन, "मलाई यो दिनुहोस्, मलाई त्यो दिनुहोस् |" मैले किन माग्नुपर्यो ? यदि भगवन सर्व-शक्तिमान हुनुहुन्छ, उहाँलाई मेरा इच्छा थाहा छ, उहाँलाई मेरा आवश्यकता थाहा छ- र त्यसको पुष्टि वेदमा पनि छ | एको बहूनां विदधाति कामान् | कि एक भगवानले लाखौं-करोडौंका आवश्यकता पूर्ति गर्नुहुन्छ, अनगन्ती, कुनै गणना छैन, जीवहरु | त्यसैले हामीले केवल भगवानलाई प्रेम गर्ने प्रयास गर्नुपर्छ | केहि माग गर्नुहुँदैन | माग पहिल्यै पूर्ति हुन्छ | कुकुर र बिरालोले आफ्ना आवश्यकता प्राप्त गर्दैछन् | तिनीहरु चर्चमा जाँदैनन् वा केहि भगवानसँग माग्छन्, तर तिनीहरुले प्राप्त गर्दैछन् | त्यसैले एउटा भक्तले किन प्राप्त गर्दैनन् ? यदि कुकुर र बिरालोले आफ्नो जीवनका आवश्यकता भगवानसँग नमागी प्राप्त गर्छन्, मैले किन भगवानसँग माग्नुपर्यो कि "मलाई यो दिनुहोस्, मलाई त्यो दिनुहोस् |" होइन | हामीले केवल उहाँलाई प्रेम गर्ने प्रयास गर्छौं | त्यसले सबै कुरा पुरा गर्छ | त्यसलाई योगको उच्चतम स्तर भनिन्छ | अघि बढ |

भक्त: "सम्मानित मानिस वा देवताको आराधना नगर्नेलाई अशिष्ट भन्न सकिन्छ, तर कोहि पनि निन्दित नभई भगवानको सेवा नकार्न सक्दैन | हरेक जीव सर्वोच्च पुरुषोत्तम भगवानको अंश हो, र प्रत्येक जीवले आफ्नो स्वभाव अनुसार भगवानको सेवा गर्नुपर्छ |"

प्रभुपाद: हो | यो प्राकृतिक छ | यदि म भगवनको अंश हुँ, मेरो कर्तव्य सेवा गर्नु हो | यो उदाहरण मैले धेरै पटक दिइसकें | जस्तै यो औंला मेरो शरीरको अंश हो | त्यसैले औंलाको कर्तव्य के हो ? औंलाको कर्तव्य भनेको सम्पूर्ण शरीरको सेवा गर्नु हो, त्यति हो | यदि म केहि चिलाएको अनुभव गर्छु, तत्काल औंलाले कार्य गर्छ | तपाई देख्नुहुन्छ ? यदि म देख्न चाहन्छु, आँखाहरुले तत्काल कार्य गर्छन् | यदि म जान चाहन्छु, खुट्टाहरुले तत्काल मलाई लान्छन् | त्यसले जसरी यो शारीरिक अंशले मेरो मदत गर्दैछन्, सम्पूर्ण कुरा, र मैले खाँदैछु र पेट, म खाँदैमात्र छु | त्यसैगरी भगवानले अरु सबै अंशबाट सेवा प्राप्त गर्नुपर्छ | सेवा गर्न होइन | सेवा, यदि शरीरको अंशले सम्पूर्ण शरीरको सेवा गर्छ, शक्ति तत्काल शरीरक अंशमा आउँछ | त्यसैगरी यदि हामी कृष्णको सेवा गर्छौं, हामीले आफ्ना सम्पूर्ण आवश्यकता प्राप्त गर्छौं, शक्ति, स्वत: | यथा तरोर् मूल​-निषेचनेन (श्री भा ४|३१|१४) । त्यो उदाहरण, जस्तै रुखको जरामा पानि हाल्दा, तत्काल पात, हाँगा, सर्वत्र शक्ति प्रदान हुन्छ- तत्काल | त्यसैगरी, केवल कृष्ण वा भगवानको सेवा गरेर, तपाईले अरु सबै अंशमा प्रदान गर्नुहुन्छ | फरक सेवा गर्ने कुनै प्रश्न छैन | त्यो (अस्पष्ट), सबै कुरा स्वत: आउँछ | सबै कुरा.... सहानुभूति केवल मानवको लागि होइन, पशुको लागि पनि सहानुभूति आउँछ | भागवत भावना, कृष्ण भावना यति राम्रो छ | भागवत भावना बिना, कृष्ण भावना बिना, अरु जीवहरु प्रतिको सहानुभूति धेरै सिमित छ | तर अभागव्त भावनासँग, कृष्ण भावनासँग, अरु जीवहरु प्रतिको सहानुभूति पूर्ण हुन्छ | त्यो विधि हो | अघि बढ |