NE/Prabhupada 0692 - भक्ति-योग योग सिद्धान्तको सर्वोच्च स्तर हो



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: "योगी तपस्वी वा ज्ञानी भन्दा पनि ठुलो हुन्छ र सकामकर्मीबह्न्दा पनि महान हुन्छ | तसर्थ, हे अर्जुन, सबै परिस्थितिमा तिमी योगी बन |"

प्रभुपाद: योगी, त्यो जीवनको भौतिक स्थितिको उच्चतम पूर्णता हो | यस भौतिक जगतमा जीवनका विभिन्न तह छन्, तर यदि कसैले आफुलाई योगीक सिद्धान्तमा स्थापना गर्छ, विशेषगरि भक्ति-योग सिद्धान्तमा, त्यो भनेको ऊ जीवनको सबभन्दा पूर्ण स्तरमा बाँच्दैछ | त्यसैले कृष्णले अर्जुनलाई सिफारिश गर्दै हुनुहुन्छ,"मेरो प्रिय मित्र अर्जुन, सबै परिस्थितिमा, तिमी योगी बन, योगी रहिरहनु |" अघि बढ |

भक्त: "सबै योगीहरुमध्ये जो धेरै श्रद्धसहित सधैं ममा समर्पित छ, दिव्य प्रेममय सेवाले मेरो आराधना गर्दै, ऊ नै घनिष्ट रुपमा मसँग योगमा संयुक्त हुन्छ र ऊ नै सर्वश्रेष्ठ हो |"

प्रभुपाद: अब, यहाँ स्पष्टसँग वर्णित छ कि सबै योगीहरुमध्ये- विभिन्न प्रकारका योगीहरु छन् | अष्टाङ्ग-योगी, हठ-योगी, ज्ञान-योगी, कर्म-योगी, भक्ति-योगी | भक्ति योग योग सिद्धान्तहरुको उच्चतम स्तर हो | त्यसैले कृष्णले यहाँ भन्नुहुन्छ."र सबै योगीहरुमध्ये |" विभिन्न प्रकारका योगीहरु छन् | "सबै योगीहरुमध्ये, जो सधैं ममा संयुक्त छ," -कृष्णमा | म भनेको, कृष्ण भन्नुहुन्छ "ममा" | त्यो भनेको जो सधैं कृष्ण भावनामा छ | "ममा श्रद्धापुर्वक संयुक्त हुन्छ, दिव्य प्रेममय सेवाले मेरो सेवा गर्दै, मसँग योगमा सबभन्दा घनिष्ट रुपमा संयुक्त हुन्छ, र सबभन्दा उच्चतम हुन्छ |" यस अध्यायको प्रमुख उपदेश यहि हो, सांख्य योग, कि यदि तपाई उच्चतम स्तरको पूर्ण योगी बन्न चाहनुहुन्छ, तब आफुलाई कृष्ण भावनामा राख्नुहोस् र तपो प्रथम-श्रेणीको योगी बन्नुहुन्छ | अघि बढ |

भक्त: तात्पर्य: "यहाँ प्रयोग भएको संस्कृत शब्द भजते महत्वपूर्ण छ |"

प्रभुपाद: यो शब्द भजते मु संस्कृत श्लोकमा देखिन्छ, योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः (भ गी ६|४७) यस भजते, यस शब्द, संस्कृत शब्द, यो मूल शब्द भज्, भज्-धातुबाट आउँछ | यो क्रिया हो, भज्-धातु | भज् भनेको सेवा गर्नु | भज | त्यसैले यो शब्द यस श्लोकमा प्रयोग भएको छ, भज्-धातु | त्यो भनेको जो भक्त हो | कसले कृष्णको सेवा गर्छ जबसम्म ऊ भक्त हुँदैन ? मानौं तपाई यहाँ सेवा गर्दै हुनुहुन्छ | किन ? तपाईले जहाँ पनि सेवा गर्न सक्नुहुन्छ, तपाईले हजार डलर वा दुई हजार डलर हरेक महिना प्राप्त गर्नुहुन्छ | तर यहाँ तपाई आउनुहुन्छ र कुनै भुक्तानी बिना आफ्नो सेवा गर्नुहुन्छ | किन ? किनकि कृष्णप्रतिको प्रेमको कारणले | तसर्थ यस भज, यस सेवा, प्रेममय सेवा भागवत प्रमको आधारमा छ | अन्यथा किन कसैले आफ्नो समय नाश गर्नु ? यहाँ यी विद्यार्थीहरु, उनीहरु यति धेरै कार्यमा संग्लग्न छन् | कोहि बगैंचामा कार्यरत छ, कोहि टाइप गर्दैछ, कोहि पकाउँदैछ, कोहि केहि अरु गर्दैछ, सबै | तर यो कृष्णसँग सम्बन्धित छ | तसर्थ कृष्ण भावना विद्यमान छ, सधैं, चौबिस घण्टा | त्यो उच्च प्रकारको योग हो | योग भनेको आफ्नो चेतना विष्णु वा कृष्ण, भगवानसँग यथावत राख्नु | त्यो योगको पूर्णता हो | यहाँ यो स्वत: हुन्छ - एउटा बच्चाले पनि गर्नसक्छ | एउटा बच्चा आफ्नी आमासँग आउँछ र दण्डवत गर्छ, "कृष्ण, म दण्डवत गर्छु |" त्यसैले ऊ पनि कृष्ण भावनाभावित भएको छ | एउटा सानो बच्चा, ऊ ताली बजाउँदै छ | किन ? "हे कृष्ण |" त्यसैले कुनै पनि तरिकाले सबजना सधैं कृष्णको स्मरण गर्दैछन् | कृष्ण भावना राख्दै | यहाँ एउटा बच्चा पनि उच्चतम योगी हो | यो हाम्रो धाक होइन | यो भगवद गीताजस्तो आधिकारिक शास्त्रमा वर्णित छ | हामी भन्दैनौं कि हामीले धाक लगाउन यी धब्दहरु सिर्जना गरेका छौं | होइन, यो तथ्य हो | यस मन्दिरमा एउटा बच्चा पनि योग अभ्यासको उच्चतम स्तरमा रहन सक्छ | कृष्ण भावनामृत अभियानको उच्चतम उपहार यहि हो | अघि बढ |