NE/Prabhupada 0705 - हामीले भगवद्-गीतामा भागवत-विज्ञानको उत्कृष्टता पाउनेछौं



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: कृष्णको अंश विष्णुलाई हामीले के बुझ्न सक्छौ?

प्रभुपाद: हो | कृष्णले आफुलाई विस्तार गर्न सक्नु हुन्छ | जसरी तिमी यता बस्दै छौ | तिमी आफ्नो घरमा छैनौ | किनकी तिमी बद्ध छौ | जब तिमी अध्यात्मिक , मुक्त हुन्छौ तिमीले पनि आफुलाई विस्तार गर्न सक्छौ| तर कृष्ण, वहा सँग भौतिक शारीर छैन, त्यसैले वहा लाखौ रुपमा विस्तार गर्न सक्नुहुन्छ | उहाँ यहाँ बस्न सक्नुहुन्छ, त्यता बस्न सक्नुहुन्छ| इस्वर सर्व-भ्हुतानम हर्द-देसेह रजुन तिस्थाती ( भ गी १८|६१) उहाँ सबैको हृदयमा बस्नु हुन्छ | सबै जाना, उहाँका विस्तार हुन् | उहाँ एक भए तापनि, उहा आफुलाई विस्तार गर्न सक्नुहुन्छ | त्यती हो...... किनकी उहाँ महान हुनुहुन्छ, जसरी सुर्य महान हुनुहुन्छ | त्यसैले यदि तिमीले आफ्नो साथी जो पाँच हजार मिल टाढा छ, उसलाई कुनै समाचार पठायौ भने, "सुर्य कहाँ छ ?" उसले भन्छ," मेरो शिर मा |" अनी तिमीले देख्न सक्छौ कि सुर्य तिम्रो शिर मा छ | किन? किनकि उहाँ महान हुनुहुन्छ | त्येसैले कृष्ण महान हुनुभएकोले, उहाँ जुन समयमा जहाँ पनि बस्न सक्नु हुन्छ | त्यो विस्तार हो | तिमी त्यो उदाहरण लेउ, सुर्य के हो ? त्यो कृष्णको सानो सृष्टि हो | यदि सुर्य सबैको शिरमा एकैसाथ बस्न सक्छ , एक पाँच हजार मिल, दश हजार जहाँ भए तापनि, कृष्ण रहन सक्नुहुन्न? तिमी किन आफ्नो तार्किक शक्ति किन लागौदैनौ ? के सुर्य कृष्ण भन्दा महान छ ? होइन | कृष्णले लाखौ सुर्यहरु बनाउन सक्नुहुन्छ | यदि सुर्यसँग त्यस्तो शक्ति छ भने कृष्णसँग किन छैन ? तब तिमीले कृष्णलाई बुझ्न सक्दैनौ | कृष्ण अखिलात्मा- भुतः ( ब्र स ५|३७) | उहाले आफुलाई विस्तार गर्न सक्नु हुन्छ, त्यो तिमीले तेह्रौं अध्यायमा पाउछौ | क्षेत्र​-ज्ञं चापि मां विद्धि सर्व​-क्षेत्रेषु भारत​ ( भ गी १३|३)| क्षेत्र, क्षेत्र-जनाम | जसरी तिमी एउटा आत्मा होऊ | तिमी यो शरीरको मालिक होऊ | म यो शरीरको मालिक हु, तिमी आफ्नो शरीरको मालिक होऊ | तर किनकि म शरीर भित्र बसिरहेको छु....... तर कृष्णनै सबै शरीरका मालिक हुनुहुन्छ, उहा सबैतिर बस्नु भएको छ | जसरी यो घर मेरो वा अरु कसैको हुनेछ| त्यो घर उसको हुन सक्छ | तर सबै अमेरिका राज्यको हो | त्यसरी नै जब महानताको कुरा आउछ, त्यो सम्भव छ, त्यो विस्तार | अनि जब म विस्तार हुन सक्दिन, भ्यागुता दर्शन, तसर्थ कृष्ण पनि विस्तार हुन सक्नुहुन्न, त्यो पुरै बकवास हो | हामीले केवल आफ्नो स्थितिमा सोच्दैछौ | कसरी कृष्णलाई विस्तार गर्न सम्भव छ जब म सक्दिन | तिमिको होऊ ? तिम्रो स्थान कहाँ छ ? किन तिमी आफुलाई कृष्णसँग तुलना गर्छौ? हो, कृष्ण विस्तार गर्न सक्नुहुन्छ | कति धेरै उदाहरण दिइएको छ| यो नसोचकी तिमी विस्तार हुन सक्दैनौ भन्दैमा कृष्ण पनि सक्नुहुन्न | त्यो बेकार दर्शनको कमी हो | उनीहरु अधिकारिक रुपमा भन्छन " भगवान महान हुनुन्छ|" तर, जब ऊ सोच्छ, " ऊ कति महान हुनु पर्छ ? " म यो गर्न सक्दिन | कसरी कृष्णले गर्न सक्नु हुन्छ|" तर वास्तवमा,"ओ, भगवान महान हुनुहुन्छ |" तिनीहरुलाई केहि ज्ञान नै छैन कि भगवान कति महान हुनुहुन्छ भनेर | त्यो हामीले भागवाद - गीता मा पाउन सक्छौ | तसर्थ यो भगवानको बिज्ञानको सर्वोत्कृष्टता | अखिलात्मा- भुतः (ब्र स ५|३७)| यदि तिमीलाई भगवान कति महान हुनुहुन्छ जान्नु छ भने वैदिक शास्त्रहरु को मद्धत लिनु पर्छ| अरु कुनै साहित्यले होइन|

भक्त: प्रभुपाद? हामीलाई थाहा छ भक्तिसिद्धान्त सरस्वती सधै सिधा बस्नु हुन्त्यो| अनि भागवत गीतामा पनि उन्लेक गरिएको छ कि एक सधै सिधा बस्नु पर्छ भनेर| के यसले हामीलाई जप गर्दा ध्यान मद्धत गर्छ, यदि हामीले ध्यान गर्न कोशिश गरेउ भने ? यदि हामी सिधा बस्न कोशिस गरेउ (अस्पष्ट),जप्दै....?

प्रभुपाद: होइन होइन, यसलाई कुनै बस्ने अशानको जरुरत पर्दैन| तर यदि तिमी बस्न सक्छौ, यसले मदत गर्छ| यदि तिमी यसरी सिधा बस्न सक्छौ भने, यो धेरै राम्रो हुन्छ | यसले मदत गर्छ , तिमी ध्यान किन सक्छौ, जप गर्दा श्रावण गर्दा पनि | त्यसैले यो कुरा आवस्यक छ | तर हामी यसको बारेमा निश्चित छैनौ | तर उहा एउटा ब्रह्मचारी हुनुहुन्थ्यो, उहा त्यसरी बस्न सक्नुहुन्थ्यो| त्यो एक ब्रह्मचारीको संकेत हो | उहा एक झुटो ब्रह्मचारी हुनुहुन्न थियो , तर एक असली ब्रह्मचरी हुनुहुन्थ्यो,हो ( अन्त्य)