NE/Prabhupada 0706 - वास्तविक शरीर भित्र छ



Lecture on SB 3.26.29 -- Bombay, January 6, 1975


त्यसैले हाम्रो प्रयाश नै यो भौतिक संसारबाट मुक्ति खोज्नु हो, र आफ्नो वास्तविक अध्यात्मिक स्वरूप प्राप्त गर्नु हो | त्यो हाम्रो मानव जीवनको प्रयाश हो | कुकुर र बिरालो, तिनीहरुको यस्तो चेतना हुदैन | तिनीहरुले यो प्रयाश नि गर्न सक्दैनन् | तिनीहरु त्यहि भौतिक शरिर पाएर चित्त बुजाउछन् | तर यो मानव शरिर मा बुज्न सक्ने क्षमता दियिएको हुन्छ कि यी इन्द्रियहरु, यो शरिर को भौतिक बनाओटि, भ्रम हो, अथवा अस्थाई, अथवा भ्रम हो- त्यो मेरो वास्तविक शरिर होइन | वास्तविक शरिर त यो भौतिक शरिर भित्र छ | त्यो हो अध्यात्मिक शरिर | आस्मिन् देहे देहिनः. डेहिनो ऽस्मिन्, तथा देहान्तर​-प्राप्तिः (भा गी २|१३), अस्मिन् देहिनः| त्यसैले यो अध्यात्मिक शरिर हाम्रो वास्तविक शरिर हो र यो भौतिक शरिर यसको बोक्रो मात्र हो | यसको वर्णन भगवाद गीता मा धेरै तरिकाबाट वर्णन गरिएको छ | वासाम्सी जीर्णानि यथा विहाय (भा गी २|२२)| यो भौतिक शरिर मात्र एउटा कपडा हो | यो कपडा .. मैले एउटा शर्ट लगाको छु' तिमीले एउटा कोट र शर्ट लगाको छौ | त्यो त्यत्ति महत्वपुर्ण कुरा होइन | महत्वपूर्ण कुरा भनेको शर्ट भित्रको शरिर हो | त्यसरीनै यो भौतिक शरिर, अध्यात्मिक शरिरको खोल मात्र हो तर वास्तविक शरिर त आफैभित्र छ | देहिनो ऽस्मिन् यथा देहे (भा गी २|१३)| यो बाहिरी, भौतिक शरिर भनेको देह हो, र यो देहको मालिक देहि हो, "जो यो शरिर को मालिक हो " त्यसलाई हामीले भेटाउनुपर्छ |यो भगवाद गीताको पहिलो शिक्षा हो | त्यसैले हामी एकदम जिज्ञाशु हुनुपर्छ कि,"कसरी यो भौतिक शरिर आयो जसले मलाई ढाक्यो, यो अध्यात्मिक शरिर लाई, अहम ब्रह्मस्मी ?" यो विज्ञान बुज्नको लागि कपिलदेवले संख्या दर्शनको वर्णन गर्नु हुन्छ | कसरि वस्तुहरु बिकाश भैरहेका छन् | यो बुज्नको लागि ... त्यहि कुरा: हामी यो शरिर होइनौ भन्नको लागि| यो शरिर आत्मावाट बिकाश भएको हो | त्यसैले हामी भौतिक वैज्ञानिकहरुलाई चुनौती दिन्छौं | तिनीहरु भन्छन कि आत्मा शरिरबाट विकास भएको हो | होइन | आत्मा शरिर बाट विकशित भएको होइन | तर शरिर आत्मावटा विकाश भएको हो | ठ्याक्कै उल्टो | यो भौतिक वैज्ञानिकहरु यो सोच्छन् कि यो भौतिक वस्तुको सम्रिस्रणले यस्तो अवस्था आउंछ कहाँ हो, जहाँ प्राण छ, जीवनको चिन्ह छ| होइन | त्यो होइन | वास्तविक कुरा यो हो कि, त्यहाँ आत्मा छ | तिनीहरु सरा ब्रह्माण्डभरि व्याप्त छन् ब्रह्माण्ड ब्रह्मन्| ब्रह्माण्ड भनेको सारा संसार भरि | यो आत्मा कहिले एउटा भौतिक शरिर मा हुन्छ; कहिले अर्को भौतिक शरिरमा | कहिले ऊ यो लोकमा हुन्छ, कहिले अन्य कुनै लोकमा | यसै तरिकावाट, उसको कर्म अनुसार ऊ भौंतारिदै छ | यो भौतिक शरिर पाएर | "एइ रूपे ब्रह्माण्ड भ्रमिते (चै च १९|१५१)| कुनै लक्ष्यबिना ऊ भौंतारिदै छ | यो जीवनको लक्ष्य के हो ?मलाई किन यो अवस्थामा राखियो, यस्तो भौतिक शरिर पाएर , सबै दुखको कारण?" यो प्रश्न गर्नु पर्छ | यो भनेको ब्रम्ह जिज्ञाशा हो | अनि त्यो राम्रो संग जवाफ दिनुपर्छ | अनि मात्र हाम्रो जीवन सार्थक हुन्छ | नत्र यो कामनलाग्ने हुन्छ कुकुर बिरालो जस्तो | केहि बुजाई हुन्न, मूढ​. मूढ​.