NE/Prabhupada 0708 - माछाको जीवन र मेरो जीवन बीचको भिन्नता



Lecture on SB 3.26.32 -- Bombay, January 9, 1975


म आत्मा हुँ र मलाई यो भौतिक शरिरसंग केहि गर्नु छैन | आसङ्गो ऽयं पुरुषः यो आत्मालाई केहि गर्नु छैन | तर जबसम्म यो भौतिक शरिर छ, धेरै तरिका हामीसंग छ, मैले भन्न खोजेको, बढेको छौँ, भौतिक शरिर, र हामी अहिले.... वद्ध भयौं| जसरी एउटा माछो एउटा जालीमा वद्ध हुन्छ, त्यसरी नै, हामी पनि, हामी जीवआत्मा पनि, वद्ध भएका छौँ र यो जालो भनेको भौतिक वस्तु हो | त्यसैले ज्यादै गार्हो अवस्था छ | जसरी एउटा माछो माझीको जालोमा परेजस्तै हो, अथवा माया, त्यसरी नै, हामी नि यो प्रकृतिले सिर्जना गरेको जालोमा बन्धन भएका छौँ | प्रकितेः क्रियमाणानि गुण्ऐः कर्माणि सर्व​... (भा गी ३|२७)| किनकि हामी एउटा भौतिक वस्तुप्रति आशक्त छौँ, त्यसैले हामी वद्ध छौँ | जसरी एउटा माछो वद्ध छ त्यसरी नै हामी नि वद्ध छौँ | यो भौतिक संसार एउटा ठुलो सागर हो, भवार्णव​| आर्णव​ भनेको सागर हो, र भव भनेको त्यस्तो अवस्था हो जहाँ जन्म मृत्यु भइरहन्छ | यो भनेको भवार्णव हो | आनादि करम​-फले, पडिऽ भवार्णव​-जले| आनादि करम​-फले: " सृष्टि हुनुभन्दा अगाडी नै मेरो आफ्नै अस्थित्व थियो, तर कसरी कसरी यो भवसागरमा खसें|" त्यसैले एउटा माछो, वद्ध भएपछि, जीवन जिउनको लागि संघर्ष गरीरहन्छ | यो जालोवाट कसरि बाहिर आउने... ऊ शान्त छैन | हामीले देख्न सक्छौ, जब उसलाई जालोमा पारिन्छ तब ऊ फुट फुट फुट फुट गर्दै बाहिर आउन खोज्छ | त्यो नै हाम्रो जीवनको लागि संघर्ष हो | कसरि बाहिर आउने हामीलाई थाहा छैन | यसवाट बाहिर आउनको लागि, भगवानको कृपा चाहिन्छ | उहाँले जे पनि गर्न सक्नु हुन्छ, उहाँले हामीलाई एकैचोटी यो वद्ध अवस्था वटा वाहिर निकाल्न सक्नु हुन्छ | नत्र उहाँ कसरी सर्वशक्तिमान हुनुहुन्छ? म वाहिर आउन सकिन, त्यो माछो पनि त वाहिर आउन सक्दैन तर जब माझीले चाहन्छ त, त्यो माछोलाई सजिलै वाहिर निकल्दिन सक्छ र पानीमा हल्दिन सक्छ | अनि माछोले फेरी जीवन पाउछ | त्यसरी नै यदि हामीले नि कृष्णको शरण पर्यौं भने उहाँले हामीलाई एकैचोटी वाहिर निकल्दिन सक्नुहुन्छ | अनि उहाँ भन्नुहुन्छ, अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः (भा गी १८|६६)| तिमी सजिलो संग शरण पर| जसरी त्यो माछो फुट फुट गर्छ तर यदि त्यो माझीको शरण पर्यो भने तर त्यसलाई भाषा आउदैन| त्यसैले ऊ त्यहि जालोमा वद्ध हुन्छ | तर यदि त्यो माझीले चाह्यो भने त्यो माछोलाई निकालेर फेरी पानीमा फ्याक्दिन सक्छ | त्यसरीनै यदि हामीले कृष्णको शरण पर्यौं भने त्यो शरण पार्नकोलागिनै हामीले यो मानव शरिर पाएका हौँ | अरुको जीवन जस्तै माछो ले त्यो गर्न सक्दैन तर हामीले सक्छौ | त्यो नै माछोको र हाम्रो जीवनको भिन्नता हो | त्यो माछो जालोमा नियन्त्रण भयो , ऊ संग केहि शक्ति छैन, ऊ वेसहारा भयो |