NE/Prabhupada 0734 - जो बोल्न सक्दैन, ऊ ठुलो वक्ता बन्छ



Lecture on SB 7.7.19-20 -- Bombay, March 18, 1971


सांख्य दर्शन यहाँ, सांख्य दर्शनमा वर्णन छ | चौबिस तत्व, चौबिस तत्व | आठ स्थूल शरीर र सूक्ष्म शरीर, र तिनीहरुको उत्पति, अनि त्यसपछि इन्द्रियहरु, काम गर्ने इन्द्रियहरु, र ज्ञान लिने इन्द्रिय| ८,१० ,१८ | अनि यो इन्द्रिय तत्वहरु, ५ ओटा | अठार र पाँच, तेईस| अनि त्यसपछि, आत्मा | २४ तत्व, सांख्य दर्शनमा बिस्तृत छ, अनि यूपोरियन दर्शनिकहरुलाई यो दर्शन एकदम मन पर्छ | किनकि सांख्य दार्शनमा, यी २४ तत्व एकदमै स्पस्ट रुपले वर्णन गरिएको छ | सांख्य दर्शन | डेहस् तु सर्व​-सङ्घातो जगत् | त्यसैले त्यहाँ दुई किसिमको शरीर छन् , जगत् र तस्थु - चल र अचल | तर तिनीहरु सबै २४ तत्वको सम्रिसन हुन् | आत्र्ऐव मृग्यः पुरुषो नेति नेतीत्य् | अब, हामीले यी २४ तत्वबाट आत्मा पत्ता लगाउनु पर्छ यो हटाएर कि, "कहाँ छ आत्मा, कहाँ छ आत्मा, कहाँ छ आत्मा |" तर कसैले नि त्यो तरिकाबाट पत्ता लगुना सक्दैन, जबसम्म उसले नियम, र प्रक्रियाबाट गर्दैन | त्यो सम्भव छ | आन्वय​-व्यतिरेकेण विवेकेनोशतात्मना स्वर्ग​-स्थान​-समाम्नाय्ऐर् विमृशद्भिर् असत्वर्ऐः त्यसैले, यो बिषय अलि ग्राहो छ तर यो एकदम महत्वपूर्ण छ | प्रह्लाद महाराज आफ्नो दानवी स्वभाव भएका साथीहरुलाई भन्नु हुँदै छ| ५ वर्षको बच्चाले, कसरी सांख्य दर्शन वर्णन गर्दै छ ? किनकि उँहा एक भक्त हुनुहुन्छ, र उँहाले सबै दर्शन आफ्नो शिक्षा गुरु नारद मुनिबाट पाउनु हुन्छ | मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम्, त्यसैले, अध्यात्मिक गुरुको कृपा, मुखं करोति वाचालं भनि वर्णन गरिएको छ | मुखं भनेको लाटो हो, जो केहि बोल्न सक्दैन | ऊ एक ठुलो वक्ता हुन्छ | ऊ लाटो भएतापनि ऊ एक ठुलो वक्ता हुन सक्छ, मुखं करोति वाचालं | पङ्गुं लङ्घयते गिरिम्, र जो लंगडो छ, जो हिड्न सक्दैन, ऊ पहाड तर्न सक्छन | मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् .... यअत् कृपा तम् अहं वन्दे, त्यसैले, जसको कृपाद्वारा यी सबै कुरा सम्भव हुन्छ, म सादर प्रणाम अर्पण गर्छु | परम् आनन्द भवम्, भगवान, जो सबै खाले आनन्दको खानी हुनुहुन्छ | कृष्णको क्रिपद्वारा मात्र सम्भव छ | भौतिक अनुमानद्वारा यो सम्भव छैन | भौतिक अनुमानद्वारा कोहिले भन्न सक्छ "यो कसरी सम्भव छ"? तिमी यो भन्छौ कि यो अन्धो कसरी येत्ति राम्रोसंग पढाउँदै छ ? यो सम्भव छैन | अथवा, "त्यो मान्छे अहिले पहाड तर्दै छ ?" भौतिक दृस्टीकोणले त सम्भव छैन | तर कृष्णको र उँहाको पार्षदको कृपाले .. जस्तै प्रह्लाद महाराज, ५ वर्षको बच्चा, उसले एकदम राम्रोसंग आत्माको स्वरूपबारे वर्णन गर्दै छ | किन ? किनकि उँहाले नारद मुनि जी को कृपा पाउनुभएको छ, कृष्णको प्रतिनिधित्व, त्यसैले यो सम्भव भयो |