NE/Prabhupada 0755 - समुद्र-पीडित

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0754
Next Page - Video 0756 Go-next.png

समुद्र-पीडित - Prabhupāda 0755


Lecture on SB 6.1.7 -- Honolulu, May 8, 1976


प्रभुपाद :तिमीहरुले भागवद गीता पढ्यौ, सर्व​-योनिषु : सबै जन्मको आधारबाट| सर्व​-योनिषु सम्भवन्ति मूर्तयो यः (भा गि १४|४)| त्यहाँ ८४ लाख प्रजातिका जीव छन् | तिनीहरु सबै जीव हुन्, तर कर्मको कारणले गर्दा, तिनीहरुले छुट्टै शरीर पाएका छन् | जस्तै की हामीले आफ्नो चाहना अनुसार लुगा सिलाउँछौ, त्यसैगरी, हामीले हाम्रो चाहना अनुसार वेग्लै शरीर पाउँछौ | यो बिहान हामीले पिडितहरुको कुरा गरिरहेका थियौँ... के भन्छ ? समुन्द्रबाट पिडित भएको व्यक्ति |

भक्त : सर्फर्स |

प्रभुपाद : सर्फ़र, हो (भक्तहरु हाँस्छन्) सर्फ़र | म "सफ्फरर ""समुन्द्र- सुफ्फेरेर "(हाँसछन्) समुन्द्र - सरफर, यो व्यावहारिक हो, किनकि हामीले परिस्थिति बनाउँदै छौँ | जसले गर्दा हामी आब माछा बन्दै छौँ |(हाँस्दै) हो | प्रदुषण .. यदि तिमी आफै कुनै रोगसंग प्रदुषित भयौ भने, तिमी त्यो रोगबाट ग्रसित हुनेछौ | कारणं गुण​-सङ्गो ऽस्य सद्-असद् जन्म​-योनिषु (भा गि १३|२२), भागवद्-गीतामा | किन त्यहाँ धेरै प्रजातिका जीवन छन् ? क हो त्यसको कारण ? त्यसको कारण हो कारणम | कृष्ण भागवद गीतामा भन्नुहुन्छ ... कारणं गुण​-सङ्गो ऽस्य सद्-असद् जन्म​-योनिषु | प्रकृतेः क्रियमाणानि (भा गि ३।२७)। प्रकृति-स्थो ऽपि पुरुषः भुञ्जन्ते तद्-गुणान् (भा गि १३।२२)। त्यसैले कारण यो हो कि .... जसरि हामी प्रदुषित छौँ... प्रकृतिको नियम यस्तो छ कि, यदि तिमी प्रदुषित भयौ भने, रोगि भयौ भने, केहि प्रदुषणले, तिमीले पिडा भोग्नु पर्छ | यो प्रकृतिको नियम हो निरन्तर चलीरहन्छ | कारणं गुण​-सङ्गो ऽस्य​ | त्यसैले त्यहाँ प्रकृतिको तिन गुणहरु छन्- सत्वगुण, रजोगुण, तमोगुण | त्यसैले जहिले सम्म हामी यो भौतिक शरीरमा हुन्छौँ, पुरुषः प्रकृति-स्थो ऽपि भुञ्जन्ते तद्-गुणान् | यदि हामी कुनै ठाउँमा रहिरह्यौँ भने हामीलाई त्यस ठाउँको गुणले प्रभाव पारिरहेको हुन्छ | त्यसैले त्यहाँ तिन गुण हुन्छ:सत्त्व​-गुण​, रजो-गुण​... हामीले कि त सत्वगुण को संग लिनुपर्छ, अथवा रजोगुण अथवा तमोगुण | र अहिले, तिन गुणान तिन, त्यो नौ हुन्छ, र नौ गुणान नौ, त्यो एकसी हुन्छ | त्यसैले मिसियो | रंग जस्तै | त्यहाँ निलो, रातो र पहेँलो रंग छन् | र अब जो रंग बनाउने कुरामा पोख्त छन्, कलाकार, तिनीहरु यी छुट्टा छुट्टै रंगलाई मिसाएर प्रस्तुत गर्छन् | त्यसरिगारी, गुणको प्रभावबाट, संग - कारणं गुण​-सङ्गो ऽस्य​ - हामीले धेरै प्रकारको शरीर पाउँछौ | त्यसैले हामीले धेरै तरिकाको शरीर देख्न सक्छौँ | कारणं गुण​-सङ्गो ऽस्य (भा गि १३|२२)| त्यसैले ऊ प्रकृतिको गुणसंग सम्बन्ध गर्छ त उसले अर्को जीवन माछाको शरीर पाउँछ | ऊ समुन्द्रमा खेल्न पाउँदा खुब खुसि हुन्छ |(हाँस्दै) र अब उसलाई हजारौँ हजार वर्ष लाग्छ, फेरी मानव शरीर पाउनको लागि | जलजा नव​ऌअक्षाणि स्थावरा लक्ष​-विंशति | उसलाई माछाको जीवन पार गर्नुपर्ने हुन्छ | त्यहाँ नौ लाख थुप्रै तरिकाको प्रजाति छ | र त्यसपछि फेरी तिमी जमिनमा आउँछौ -तिमी रुख, बिरुवा र त्यस्तै त्यस्तै .. तिमीहरुले १२ लाख प्रजाति पार गरेर जानुपर्ने हुन्छ | त्यो हो विकासवाद | डार्विनको विकासवाद सिद्धान्त, त्यहाँ राम्रोसँग वर्णन गरिएको छ | त्यो वैदिक ग्रन्थमा उल्लेख छ | त्यसैले ... रुख १० हजार वर्षसम्म उब्बीरहन्छ, हामीहरुलाई यो अवस्थाबाट पार हुनु छ | तर त्यहाँ पूर्णता छैन | हामी यो सोच्दैछौँकि अहिले हामी राम्रो अमेरिकन अथवा इन्डियन शरीर हौँ भनेर | होइन | यसको लागि धेरै वर्ष कुर्नु पर्नेहुन्छ | त्यसैले शास्त्र भन्छ लब्ध्वा सुदुर्लाभं इदं बहु-सम्भवान्ते (भा गि ११।९।२९): "तिमीहरुले यो मान्छेको शरीर धेरै जन्मान्तर पछि पाएका छौ |" त्यसैले यो खेर नाफाल | यो वैदिक सभ्यता हो, त्यसैले यसलाई खेर नाफाल |