NE/Prabhupada 0756 - आधुनिक शिक्षामा कुनै वास्तविक ज्ञान छैन



Lecture on SB 6.1.10 -- Honolulu, May 11, 1976


त्यसैले, हो, गुरु, शुकदेव गोस्वमिले, परिक्षित् महाराज को परिक्षा लिँदै हुनुहुन्थ्यो | र यो यस्तो देखिएको थियो कि राजाले एउटा स्तरको परिक्षा उतिर्ण गरे पश्चातापको मार्ग त्यागेर | यो बुद्धिमानि हो | तुरुन्तै गुरुले भन्नुभयो,"गुरु, क हो यो ?" उसले ईन्कार गर्यो | पश्चातापको प्रक्रिया ईन्कार गरेर, किनकि यसले फलदायिक कर्म मात्र समावेस हुन्छ | कर्म, मैले केहि पापकर्म गरेछु, र अर्को, अर्को कर्म चाहिँ मैले सजाएँ भोग्नु पर्छ | त्यसैले यहाँ भनिएको छ .. एउटा कर्म अर्को कर्मले निर्मुल हुन सक्दैन | कर्म भनेको क्रियाकलाप हो ? तिनीहरु अगाडी बढ्दै छन् , प्रस्ताव राख्दै राख्दै, कानून माथि कानून, तर कुराहरु सधै एउटी स्थानमा छन् | परिवर्तित छैनन् | त्यसैले त्यो यो तरिकाले हेर्न मिल्दैन | कर्मणा कर्म​-निर्हार (भा गि ६|१|११) अहिले सुकदेव गोस्वामी कल्पनात्मक ज्ञानको वर्णन गर्दै हुनुहुन्छ | जब एउटा चोरले धेरै चोरी गर्दा गर्दै हार हुन्छ, पुन: उसले सजाय भोग्छ तर ऊ सुध्रिदैन, त्यसैले ठिक क हो ? त्यो हो विमर्शनम्, कल्पनात्मक ज्ञान | कर्मकाण्ड देखि ज्ञानकाण्ड सम्म उन्नति गर्ने, उसले यो प्रस्तुत गर्दै छ कि प्रायश्चित्तं विमर्शनम् (श्री भा ६।१।११): पश्चाताप भनेको ज्ञानले भरिपुर्ण हो | मानिसलाई ज्ञान दिनुपर्छ| जब सम्म ऊ ज्ञानको स्तरसम्म आउदैन... त्यसैले आधुनिक शिक्षामा ज्ञान छैन | वास्ताविक ज्ञान भागवद गीतमा छ | जोसले भागवद गीता पढेको छ, पहिलो बुझाई भनकै अर्जुनलाई ज्ञान थियो | जब उनी विचलित भए र कृष्णको भक्त भए, शिष्यस् ते ऽहं शाधि मां प्रपन्नम् (भा गि २|७): "कृष्ण, अब हामी यो साथीको नाता रोक्नुपर्छ | अब हामी यो साथीको व्यवहार रोकौँ | अब म तपाईंको शिष्य बन्न तयार छु | अब मलाई सिकाउनुहोस |" त्यसैले पहिलो सिकाई नै गालि थियो | आशोच्यान् अन्वशोचस् त्वं प्रज्ञा-वादांश् च भाषसे (भा गि २|११): "तिमीसंग ज्ञान छैन |" ङातासुन् अगतासूंश् च नानुशोचन्ति पण्डिताः "तिमी पण्डित जस्तो कुरा गरिरहेछौ तर तिमी पण्डित हैनौ |" उँहाले ठाडै भन्नुभयो,"तिमी मुर्ख हौ," किनकि नानुशोचन्ति, "यस्तो खालको सोचाई पढेलेखेको विद्द्वानले गर्दैन |" त्यो भनेको "तिमी अज्ञानी छौ |"त्यो अहिलेको अवस्थामा चल्दै छ | सबैले ऊ आफू एकदम उच्च स्तरमा छु भन्ने सोच्छ, एकदम पढेलेखेको बिध्वान, तर ऊ एक नम्बरको मुर्ख हो | त्यो हुँदै गर्छ, किनकि त्यहाँ कुनै अधिकारिक ज्ञान छैन | सनातन गोस्वामी पनि, जब उँहा चैतन्य महाप्रभु निकट जानुभयो , उँहाले नि उहि कुरा भन्नु भयो | उँहाले एक तरिकाले | प्रधान मन्त्रि हुहुन्थ्यो |उँहा एकदम संस्कृत र उर्दुको प्रकाण्ड बिध्वान हुनुहुन्थ्यो | ति दिनहरुमा, किनकि त्यतिखेर मुहम्मदनको सरकार थियो | तर उँहाले सोच्नुभयोकि यो व्यवहारिक हो कि " उनीहरुले मलाई पढेलेखेको विध्वान सम्झे, तर कस्तो खालको विध्वान हुँ म ? उसले यो प्रश्न चैतन्य महाप्रभुको अगाडी राख्यो | ग्राम्य व्यवहारे कहये पण्डित सत्य करि मानि, आपनार हिताहित किछुइ नाहि जानि: "आदरणीय चैतन्य महाप्रभु, यी सामान्य मानिस, भन्दै छन् कि म एम. ए., पी.एच.डी.,डी.ए.सी. इत्यादी.. हुँ | म धेरै पढेलेखेको विध्वान हुँ | तर म यति ठुलो विध्वान छु कि मलाई नै थाहा छैन कि म यति ठुलो छु भनेर र मेरो जीवनको लक्ष्य के हो |" हेर त | तथाकथित विध्वानलाई सोध त , "जीवनको लक्ष्य क हो भनेर ?" उस्ले भन्न सक्दैन | जीवनको लक्ष्य भनेको त्यहि हो कुकुरको जस्तो : खायो, पियो, खुसिभयो, र रमायो अनि मर्यो | त्यत्ति हो | त्यसैले कहाँ छ शिक्षा ? त्यहाँ शिक्षा नै छैन | वास्तविक शिक्षा अर्कै छ: कि कोहिले जान्नु पर्छकि उसले आफ्नो अवस्थालाई बुझेर त्यहि अनुसार भूमिका निर्वाह गर्नु पर्छ |