NE/Prabhupada 0767 - ततः रुचिस् । त्यसपछि स्वाद । तब तिमी यो शिविरभन्दा बाहिर बस्न सक्दैनौ



Lecture on SB 6.1.39 -- Los Angeles, June 5, 1976


प्रभुपाद : तिमीले एक सेकेन्डमा कृष्ण प्रेम प्राप्त गर्न सक्दैनौ | तिमीले पाउन सक्छौ, यदि तिमी ईमान्दार छौ र भगवान तिमीप्रति दयावान हुनुभयो भयो | उँहाले दिन सक्नुहुन्छ | उँहाले तिमीलाई तुरुन्तै दिन सक्नुहुन्छ | त्यो सम्भव छ | तर त्यो एकदम कमै हुन्छ | सामान्यतया, यो तरिका हो : आद्औ श्रद्धा ततः साधु-सङ्गो | जस्तै तिमी यो मन्दिरमा आयौ | तिमीसंग केहि विश्वास भएर आयौ, हामी सबैजना | यो भनेको श्रद्धाआद्औ श्रद्धा ततः साधु-सङ्गो | त्यहाँ सयौँ हजारौँ छन् यो क्वाटरमा, तिनीहरु किन आउँदैनन् ? यो सुरुवात हो | तिमीमा केहि आस्था छ, श्रद्दा छ | तिमी आयौ | आद्औ श्रद्धा ततः साधु-सङ्गो | अनि यदि तिमीले निरन्तर गर्यौ भने ..... हामीले के गरीरहेछौँ ? हामीले वैदिक सहित्यबाट सङ्ग पाउने कुरा सिक्दै छौँ | यो भनेको साधु सङ्ग हो | भट्टी पसलमा हामीले एउटा किसिमको सङ्ग गर्छौँ भने रेस्टुरेन्टमा अर्को किसिमको सङ्ग गर्छौँ, क्लबमा अर्कै किसिमको सङ्ग गर्छौं, त्यस्तै धेरै ठाउँहरु | त्यसैले यहाँ ठाउँ छ, यहाँ नि सङ्ग छ | यसलाई भनिन्छ साधु-सङ्ग, भक्त सङ्ग | आद्औ श्रद्धा ततः साधु-सङ्गो.(चै च मध्ये २३|१४-१५) अनि कोहि यदि परिपक्क छ भने, उसले भक्तिमय जीवन विताउन सक्छ, भजन-क्रिया | जब सम्म भजन क्रिया हुन्छ, काम नलाग्ने कुराहरु हराएर जान्छन् | न अवैध स्त्री सम्बन्ध हुनेछ, न नशा सेवन हुन्छ, न जाँड खानेछन्, न चोरी हुनेछ | सिद्ध्यो | जब अनर्थ-निवृत्ति स्यात, यो सबै व्यर्थको कुराहरु जान्छन्, अनि त्यसपछि निष्ठा, प्रगाड विश्वास, पिडा हुँदैन | ततो निष्ठा ततः रुचिस् | अनि त्यसपछि स्वाद | तिमी क्याम्प बाट बाहिर बस्न सक्दैनौ | स्वाद बद्लिसक्यो | ततो निष्ठा ततः रुचिस्, तथाशक्तिस्, अनि आकर्षण | अनि त्यसपछि भाव | भाव भनेको रोमान्च : "ओ, कृष्ण |" अनि त्यहाँ माया हुनेछ | त्यहाँ धेरै स्तरहरु छन् | त्यसैले .... साँचो धर्म भनेको प्रेम हो, कसरी भगवनलाई प्रेम गर्ने | त्यो साँचो धर्ममा हो | धर्म .... क हो त्यो ? यतो भक्तिर्... ष व्ऐ पुंसां परो धर्मो (श्री भा १|२|६)| त्यहाँ धेरै किसिमका धर्महरु छन् | तर धर्मको सिद्धान्त भनेको हामीले कसरी भगवानलाई प्रेम गर्न सिकेका छौँ भन्ने हो | त्यत्ति हो | धेरै छैन |कर्म काण्डीय विधि हैन, केहि शुत्र छैन, कह्ही छैन | यदि तिम्रो हृदय सधैँ भगवानको लागि रुन्छ भने, त्यो हो वास्तविक धर्म | त्यो हो वास्तविक धर्म | त्यसैले चैतन्य महाप्रभु भन्नुहुन्छ, शून्यायितं जगत् सर्वम् : "ओ, कृष्ण बिना, म यो संसार शून्य महशुस गरिरहेको छु |" शून्य, हो | त्यसैले हामीलाई त्यो अवस्थासम्म आउनु पर्ने छ | निश्चय नै, त्यो हामी सबैको लागि सम्भव त छैन, तर चैतन्य महाप्रभुले हमिलाई उच्च व्यक्तित्व बन्ने कुरा देखैदिनु भएको छ | त्यो सधै महशुस गर्नु जरुरी छ, "ओ, कृष्ण बिना सबै कुरा शून्य छ |" शून्यायितं जगत् सर्वं गोविन्द विरहेण मे | त्यो धर्म हो, त्यो धर्म हो | त्यसैले विष्णुदूत​ यामदुतहरुलाई परिक्षण गर्दै हुनुहुन्थ्यो, कि उसले धर्मको अर्थ बज्यो कि बुजेन | धर्म, हामी आविष्कार गर्न सक्दैनौ | धर्म भनेको न त हिन्धु धर्म, न त मुस्लिम धर्म, क्रिस्टेन धर्म, यो धर्म, त्यो धर्म | त्यो केहि सम्प्रदायिक बुजाई हुनसक्छ, तर वास्तविक धर्म भनेको हामीले कसरी भगवानको प्रेम प्राप्त गर्यौं भन्ने हो |

धेरै, धेरै धन्यवाद |

भक्तहरु : जय प्रभुपाद |