NE/Prabhupada 0780 - हामीले परम-सत्यको ज्ञानको झलक प्राप्त गर्न सक्छौं



Lecture on SB 7.6.20-23 -- Washington D.C., July 3, 1976


प्रभुपाद: यो देवी -धाम धेरै शक्तिशाली शक्ति दुर्गाले नियन्त्रण गर्दी हुनुहुन्छ | सृष्टि-स्थिति-प्रलय​-साधन​-शक्तिर एक | ( ब्र सम ५|४४) | तर उनि छायेव​को रुपमा चल्दै छिन्, भगवानका छायाको रुपमा | यो भागवत गीतामा भनिएको छ | मयाध्यक्षेण प्रकृति: सूयते स​-चराचरम हेतुनानेन कौन्तेय जगद विपरिवर्तते ( भ गी ९|१०) यो हिसाबमा, यदि हामीले शास्त्र अनुसार अध्ययन गर्यौ भने, सबै कुरा त्यहाँ छ | यदि तिमीले परम सत्य खोज्न चहान्छौ, कसरि ? सास्त्र चक्षुषा ( श्री भ १०|८४|३६) शास्त्रहरु बाट | वैदिक ज्ञानबाट हामीले परम सत्य पाउँछौ | यदि हामीले वेदलाई ज्ञान भनेर स्वीकार गर्छौ भने..... वेत्थि वेद विद ज्ञाने | वेद भनेको ज्ञान, ज्ञान | त वेद - अन्त , अन्तिम , ज्ञानको अन्तिम अवस्था | अन्तिम ज्ञानको अवस्था भनेको परम सत्य भगवान हुनुहुन्छ | तिमि त्यो स्तरसम्म जान जरुरि छ | ता कि परम सत्य, यदि तिमी कल्पना गर्दै गयौ भने..... पन्थास तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो ( ब्र स ५|३४) | त्यो सम्भव छैन | सत​-वत्सर​-सम्प्रगम्यो, हजारौ हजारौ बर्ष, यदि तिमी तेजी सँग जान्छौ भने..... त्यो वेग कति हो ? पन्थास तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर अथापि | हवाईजहाज, वयोर अथापि | र त्यो वेग कति हुन्छ ? वयोर अथापि | पन्थास तु कोटि-शत​-वत्सर सम्प्रगम्यो वायोर अथापि | मनासो वायु : हावा र मनको बेगमा | मन धेरै तीव्र छ | तिमी यहाँ बस्दै छौ, तिमीले अच्चानक दश हजार मिल पर सोच्न सक्छौ, यो त्यति तीव्र छ | मनको गतिबाट पनि, तिमीले सक्दैनौ, अंतरिक्षमा गएर, कोटि-शत​-वत्सर​, धेरै बर्ष सम्म पनि यो अपरिचित नै हुन्छ | त्यसैले यो भगवानलाई बुझ्न सक्ने तरिका हैन , तर यदि हामीले वैदिक प्रक्रियालाई स्वीकार गर्यौ भने, अवरोह पन्था, जब भगवानबाट ज्ञान आउँछ, तब यो सम्भव छ | त हामी कृष्ण भावना भावित, भक्तहरु, हामीहरु भगवानलाई भगवानकै कृपाबाट बुझ्न खोज्छौ | परम सत्य कृष्ण हुनुहुन्छ | कृष्ण भन्नुहुन्छ, मत्त: परतरं नान्यत किञ्चिद अस्ति धनञ्जय ( भ गी ७|७) : " म सर्वोच्च छु |" वेदैस च सर्वैर अहम एव वेद्यम् |( भ गी १५|१५) | यदि यसप्रकार ले हामीले कृष्णलाई बुझ्न खोज्यौ भने, जसरि शास्त्रमा बताइएको छ, जसरि अचार्यहरुले यसलाई मानेका छन् , तब हामीसँग भगवानको केहि निशान पाउछौ | जसरि कृष्णले भन्नुहुन्छ, अथव बहुनैतेन किम ज्ञातेन तवार्जुनज विष्टभ्याहम इदं कृत्स्नम एकांशेन स्थितो जगत् ( भ गी १०|४२) भगवानको विस्तार, कसरि चल्दै छ , कृष्णले अर्जुनसामु संक्षेप भन्नुहुन्छ, कि यो भौतिक संसार, एकांशेन स्थितो जगत्, यो भौतिक दुनिया यो भौतिक दुनिया के हो ? यो भौतिक दुनिया, हामीले केवल एउटा ब्रह्माण्ड देख्छौ | त्यसरी नै त्यहाँ करोडौ ब्रह्माण्डहरु छन् | यस्य प्रभा प्रभवतो जदद्-अण्ड कोटि |(ब्र स ५|४०) | जगद - अण्ड भनेको एउटा ब्रह्माण्ड हो, र हरेक ब्रह्माण्डमा, कोटिषु अशेष | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि-कोटिस्व अशेषु विभूति-भिन्नम् | त्यहाँ करोडौ ग्रहहरु छन्, र हरेक ग्रह एक अर्का भन्दा फरक छन् | त्यो भगवानको सृष्टि | यो सबै साथमा, एकांशेन स्थितो जगत् , यो भौतिक दुनिया भगवानको सृष्टिको एक चौथाई भाग हो | र तिन चौथाई भनेको वैकुण्ठ, अध्यात्मिक दुनिया हो | कल्पनाले, हाम्रो अनुसन्धान, यो सम्भव छैन , तर हामीले भगवानको ज्ञानको झलक पाउँन सक्छौ | र जब हामीले त्यसलाई परम सत्य, कृष्णको मार्फतबाट लिन्छौ | त्यो कृष्ण चेतनाको आन्दोलन हो |

धेरै धेरै धन्यवाद |

भक्तहरु : जय श्रील प्रभुपाद |