NE/Prabhupada 0789 - कार्य-क्षेत्र, क्षेत्रको मालिक र क्षेत्रको पर्यवेक्षक



Lecture on BG 13.4 -- Paris, August 12, 1973


भक्त : अनुवाद," अब मेरो यो कार्य क्षेत्रको बारेमा संक्षिप्त वर्णन सुन, र यो कसरि गठित गरिएको छ, यसको परिवर्तन केके हुन्, यो कहाँबाट उत्पादित हुन्छ, त्यो कार्य क्षेत्रलाई बुझ्ने मानिसको हो, र उसको प्रभाव के हुन्छ |" प्रभुपाद : तत क्षेत्रम् ( भ गी १३|४) | इदं शरीरं कौन्तेय क्षेत्रम् इत्य अभिधीयते( भ गी १३|२) | त्यहाँ कृष्णले व्यक्या गरिसक्नु भयो, क्षेत्र भनेको इदं शरीरम् | शरीरम् भनेको शरीर | तत क्षेत्रम् | पहिले, तिमीले यो शरीर वा कुनै कार्य क्षेत्रलाई बुझ्न जरुरि छ, तीनवटा कुराहरु : कार्य क्षेत्र, क्षेत्रको मालिक र क्षेत्रको पर्यवेक्षक | तिमीले जहाँपनि जांच गरेर दाज्न सक्छौ | कृष्णले भन्नुहुन्छ : क्षेत्र​-ज्ञम चापि माम विद्धि | त्यहाँ दुईटा क्षेत्रज्ञ​: र एउटा क्षेत्र | एउटा क्षेत्रको कार्य र दुईटा व्यक्तित्व, क्षेत्रज्ञ​: | एकलाई निवासी भनेर मानिन्छ र अर्कोलाई मालिक भनेर मानिन्छ | जसरि यो घरमा हामी निवासी हौ | यो घर क्षेत्र हो, कार्य क्षेत्र | भूमिपति भनेको मालिक र हामी निवासी हौ | दुईटा क्षेत्रज्ञ​: | यो सम्पति दुईटा मानिसका लागि लाभ हुन्छ | एक निवासी र अर्को मालिक | त्यसरी नै यो दुनियाको हरेक भागमा, जहाँ पनि, तिमीले यी तिनवटा कुरा पाउछौ : एक कार्य क्षेत्र र अर्को दुईटा भनेको एक निवासी र अर्को मालिक | यदि एकले यी तिनवटा कुराहरु बुझ्छ भने, र उसले यी कुराहरु जहाँ पनि अध्ययन गर्न सक्छन्, तब : क्षेत्र​-क्षेत्रज्ञयोर यद ज्ञानम् | यो ज्ञान, कि हरेक ठाउँमा कार्य क्षेत्र हुन्छ र दुईटा मानिसहरु त्यस कार्य क्षेत्रमा रुची राख्छन्.... एक मालिक र अर्को निवासी | यदि तिमीले यी तिनकुरालाई अध्ययन गरौ भने, तब : तज्-ज्ञानं ज्ञानम् | यो ज्ञान हो | अन्यथा सबै दुस्ट र मुर्खहरु, त्यति हो | मतः मम् | त्यो ज्ञानम् हो | तर अहिलेको अवस्थामा जसलाई पनि सोध, को मालिक हो , को निवासी हो र कार्य क्षेत्र के हो | यदि तिमीले यो तिन कुरा सोध्यौ भने, कसैले पनि जवाब दिन सक्दैनन् | यो भनेको यो समयमा सबै दुस्ट छन् | वा तिनीहरुलाई थाहा छैन | क्षेत्र​-क्षेत्रज्ञयोर यज्-ज्ञानम्, कृष्ण भन्नुहुन्छ, " कार्य क्षेत्र र मालिक बीचको सम्बन्ध |" कृषिमा जस्तै | त्यो जमिनमा राज्य वा राजाको स्वामित्व हुन्छ | र त्यसलाई अर्कै कसैले भाडामा लिएको हुन्छ | र त्यो जमिन भनेको कार्य क्षेत्र हो | कृष्णले बाटो दिदै हुनुहुन्छ | कृष्णले बाटो देखाउदै हुनुहुन्छ, र प्राणी त्यहाँ हुन्छ | उसले त्यहि अनुसार कार्य गर्दै हुन्छ | कृष्ण र प्राणी एकै रुखमा बस्दै छन् | त्यो उपनिषदमा भनिएको छ | दुईटा चराहरु एकै रुखमा बस्दै छन् | एउटाले त्यो रुखको फल खादै छ र अर्कोले केवल त्यो हेर्दै छ | त्यो हेरिरहेको चरा भनेको कृष्ण हुनुहुन्छ | र त्यो फल खाइरहेको चरा प्राणी हो | मायावादी दार्शनिकहरु भन्छन्, उनीहरुले आत्मा, जीवात्मा र परमात्मा बीच फरक छुट्याउन सक्दैनन् | उनीहरुलाई थाहा छ, किनभने उनीहरु अद्वैतवादी हुन्, उनीहरुको सिद्धान्त स्थापित गर्नका लागि, उनीहरु भन्छन् त्यहाँ केवल एक हुन्छ, दुईटा हुदैन | होइन, कृष्ण भन्नुहुन्छ दुई | एक क्षेत्रज्ञ​:, र जीवात्मा, र अर्को क्षेत्रज्ञ​: | उहाँ कृष्ण हुनुहुन्छ | त्यो दुईबीच फरक भनेको प्राणीलाई केवल क्षेत्र वा शरीरको बारेमा थाहा हुन्छ, तर अर्को सर्वोच्च प्राणी, उहाँलाई सबै शरीरको बारेमा थाहा हुन्छ |