NE/Prabhupada 0791 - भगवानलाई केवल प्रेम र भक्तिमय सेवाद्वारा सन्तुष्ट पार्न सकिन्छ



Lecture on SB 7.9.11 -- Montreal, August 17, 1968


यो अघिल्लो श्लोकामा विश्लेषण गरिएको छ कि कुनै भौतिक सम्पतिले, अथवा योग्य ब्राह्मण जसको १२ उच्च योग्यता नै किन नहोस भगवानलाई यस्तो सम्पतीले मात्र सन्तुष्टि गर्न सकिदैन | भगवानलाई मात्र प्रेम र भक्तिमय सेवाले खुसि गर्न सकिन्छ | किन ? होइन र ... उसोभए किन यति धेरै ऐशोर्य सिर्जना गरिएको त ? राम्रो मन्दिर बनाउन, राम्रो चर्च बनाउन, यति धेरै पैसा खर्च गरिन्छ ? यसले भगवानलाई खुसि बनाउन सकिन्न ? किन तिनीहरु यति धेरै पैसा खर्च गरिरहेका छन् | आधुनिक अर्थशास्त्र भन्छ कि यो उपलव्दिमूलक लगानी हो | किनकि यदि तिमी ठुलो मन्दिर बनायौ भने ... जस्तै हामीसंग इंडियामा धेरै मन्दिर छन्, विशेष गरेर दक्षिण इंडियामा, सबै किल्ला जस्ता देखिन्छन्,एकदम ठुलो किल्ला | त्यहाँ रंगनाथममा मन्दिर छ, यो अलिकति टाढा छ| त्यहाँ सातवटा ढोका छन् | धेरै ठुलो मन्दिर | धेरै अरु मन्दिरहरु छन् | त्यसैगरी, तिमीहरुको देशमा धेरै चर्चहरु छन् | मैले अमेरिकामा धेरै ठाउँ घुमिसके, र मैले धेरै चर्च देखिसके | यहाँ नि छ, मोन्टरिअलमा, त्यहाँ धेरै ठुला चर्च छन् | त्यसैले तिनीहरु किन यति धेरै पैसा खर्च गरिरहेका छन्, आधुनिक अर्थासस्त्रिले यो उत्पादनमूलक छैन भने पनि ? त्यसैले यो चर्च बनाउने, मन्दिर बनाउने अथवा मोसको बनाउने काम धेरै अगाडी देखि चलीआएको चलन हो | मानिसहरु, उनीहरुले कमाएको, गाह्रो गरेर कमाएको पैसा खर्च गरिरहेका छन् | किन ? बेकाम? उत्पादन ? फलदायिक नभएको ? होइन | तिनीहरुलाई थाहा छैन | तिनीहरुलाई थाहा छैन कि त्यो कति उपलव्दिमूलक हुन्छ भनेर | त्यसैले यो भगवान नभएको सभ्यतामा तिनीहरुले राम्रो संग, सजाएर बनाउन छोडिसके ... वृन्दावनमा गोविन्दजिको मन्दिर छ जुन सात तल्लाको छ | चार तल्ल औरन्ग्ज़ेब को राजनीतिले गर्दा भत्कियो | अझै तिन तल्ला बाँकीलाई छ | यदि कोहि त्यहाँ गयो भने उसले देख्न सक्छ कि कति मेहेनत छ भनेर | यसको अर्थ यो होइन कि ति राजा अथवा धनि व्यक्ति, मुर्ख थिए भन्ने अहिले मात्रै हामी बुद्धिमान हैनौ .. होइन | तिनिहरु मुर्ख होइनन् | त्यो प्रह्लाद महाराजको प्रथानामा उल्लेख गरिएको छ | नैवात्मनः प्रभुर् अयं निज​ऌआभ​-पूर्णो | तिमीले भगवानलाई एउटा मन्दिर बनाएर खुसि बनाउन सक्दैनौ, तर पनि उंह खुसि हुनुहुन्छ | तैपनि, उँहा सन्तुष्ट हुनुहुन्छ | उँहा निज​ऌआभ​-पूर्णो हुनुहुन्छ | उँहा आफैमा सन्तुष्ट हुनुहुन्छ किनकि उँहाको चाहना छैन | हामी चाहनामा छौँ | जस्तै म एउटा सानो कोठा भाडामा लिदै छु | यदि कोसीले भन्छ कि, "स्वमिजी , आउनुहोस | म तापईंको लागि एउटा राम्रो मन्दिर निर्माण गर्दिन्छु|तपाई यहाँ आउनुहोस |" ओ, म एकदम धन्य हुने थिएँ | तर क भगवान कृष्ण त्यस्तो हुनुहुन्छ ? उँहाले यति धेरै ग्रह, लोकहरु बनाउन सक्नुहुन्छ,एउटा मात्रै होइन, तर लाखौँ करौडौँ, त्यो पनि यति सुन्दर समुन्द्र र हिमाल, पहाड र जंगल र यति जीवहरु | र किन ऊ मैले मन्दिर बनको कुराको असन्तुष्ट व्यक्त गर्छ ? यो वास्तविक होइन |