NE/Prabhupada 0821 - पण्डित भनेको विश्वविद्यालयको डिग्री लिएको मानिस होइन । पण्डित भनेको सम-चित्ता:

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0820
Next Page - Video 0822 Go-next.png

पण्डित भनेको विश्वविद्यालयको डिग्री लिएको मानिस होइन । पण्डित भनेको सम-चित्ता:
- Prabhupāda 0821


Lecture on SB 5.5.3 -- Vrndavana, October 25, 1976


कलियुगमा ब्राह्मण भनेको केवल दुई पैसाको जनै मात्र हो, यत्ति हो । वास्तवमा तिनीहरूलाई ब्राह्मण भन्न सकिँदैन । ब्राह्मण भनेको शमो–दमो–तितिक्षा हो । यी ब्राह्मणका लक्षणहरू हुन् । त्यसैगरी, महात्मा केवल गेरु वस्त्र लगाएर बनिँदैन । तर मानिसहरूले यो गेरु वस्त्रको गलत फाइदा उठाएका छन्, वेशोपजिविभिः (?) भारतमा अझै पनि कुनै मानिस अत्यन्त गरीब भएतापनि यदि गेरु वस्त्र लगाएर कुनै गाउँमा जान्छ भने उसलाई कुनै समस्या पर्दैन । गाउँलेहरू सबैले उसलाई बोलाउनेछन्, निमन्त्रणा गर्नेछन्, आश्रय दिनेछन् र उसलाई भोजन दिनेछन् । अझै पनि यो प्रथा कायम छ, (हिन्दीमाः “हे महाशय, आउनुहोस्, प्रसाद लिनुहोस् ।”) उसलाई सबैले सोध्नेछन् । गरीब मानिसहरूले यसको गलत फाइदा उठाएका छन् । उनीहरूले कुनै शिक्षा पाएका हुँदैनन्, उनीहरूसँग केही पनि हुँदैन..., त्यसैले, तिनीहरूले यसलाई आर्थिक समस्याहरूको समाधानका लागि अपनाएका छन् । यहाँ वृन्दावनमा पनि तपाईंले यस्ता अनेकौँ मानिसहरू आएको देख्न सक्नुहुन्छ किनभने यहाँ धेरै धर्मशालाहरू छन् । तपाईं निःशुल्क चपाति, दाल आदि पाउन सक्नुहुन्छ । तपाईंले बिहान–बिहानै अनेक दयनीय वर्गका मानिसहरू देख्नुुहुनेछ, तिनीहरू वृन्दावनमा केवल रोटी र दाल खान पाइन्छ भने आएका हुन् । अनि उनीहरू धन संकलन गरेर खरीद–बिक्री गर्दछन् । उनीहरू बीडी खरीद गर्दछन् । त्यसकारण, कलियुगमा सबै वस्तुहरूको दुरुपयोग हुन्छ । तर, शास्त्रले हामीलाई दिशानिर्देश गरेको छ कि को ब्राह्मण हो र को महात्मा हो । र यहाँ एक किसिमको महात्माको वर्णन गरिएको छः महान्तस्ते समचित्ताः । तिनीहरू सबैप्रति समान हुन्छन् । ब्रह्मभूतः प्रसन्नात्मा (भगवद्गीता १८।५४) । समः सर्वेषु भूतेषु । यिनीहरूलाई महात्मा भनिन्छ । महात्माले ब्रह्मको बोध गरिसकेको हुन्छ, त्यसकारण, उसले कसैलाई भेदभाव गर्दैन । मानिस र मानिसबीच तथा मानिस र पशुबीच पनि उसले भेदभाव गर्दैन । एउटा... विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः (भगवद्गीता ५।१८) पण्डित भनेको विश्वविद्यालयको डिग्री लिएको मानिस होइन । पण्डित भनेको समचित्ताः लाई भनिन्छ । त्यसलाई समचित्ताः भनिन्छ । चाणक्य पण्डितले पनि भन्नुभएको छ, मातृवत् परदारेषु परद्रव्येषु लोष्ट्रवत् । आत्मवत् सर्वभूतेषु यः पश्यति स पण्डितः । उसलाई पण्डित भनिन्छ । नत्र ऊ बदमाश हो । मातृवत् परदारेषु । जब तपाईं आफ्नी विवाहिता श्रीमतीबाहेक अन्य स्त्रीहरू देख्नुहुन्छ, तब तपाईंले तत्काल उनलाई “माता” भनेर सम्बोधन गर्नुपर्दछ । उसलाई पण्डित भनिन्छ । उसलाई पण्डित भनिन्छ । परस्त्रीहरूसँग फुतुर–फुतुर गफ गर्नुहुँदैन । यस्तो गरेमा ऊ बदमाश हो । त्यसकारण, मातृवत् परदारेषु परद्रव्येषु लोष्ट्रवत्ः अन्य मानिसको सम्पत्तिलाई छुनु हँुदैन । फोहोरलाई कसैले पनि छुँदैन । तर मानिसहरू अत्यन्त दुर्भाग्यशाली छन् । मैले हंकंगमा देखेको छुः मानिसहरू कुकुरले जस्तै फोहोरको डंगुरबाट टिपेर खाइरहेका थिए । मैले देखेको छु । कसैले केही खानेकुरा फ्याँक्छ अनि उनीहरू त्यो टिपेर खान्छन् । मानिसहरू अत्यन्त दुर्भाग्यशाली छन् । किनभने फोहोरलाई कसैले पनि छुँदैन । र कलियुगमा मानिसहरू फोहोरको डंगुरबाट कागजहरू बटुल्दछन्, मेरो मतलब, केही कपडा इत्यादि टिप्छन् र फोहोरको व्यापार गर्दछन् । फोहोर अछुत वस्तु हो तर कलियुगका मानिसहरू यति दुर्भाग्यशाली छन् कि तिनीहरू फोहोरको डंगुरबाट पनि केही वस्तुहरू मूल्यवान् ठानेर टिप्दछन् । जे होस्, महान्तस्, यी सबै लक्षणहरू हुन् । समचित्ताः– तिनीहरूसँग यस्तो केही पनि हुँदैन, “ओहो, ऊ हिन्दु हो, ऊ मुस्लिम हो, ऊ धनाढ्य मानिस हो, ऊ गरीब मानिस हो ।” होइन । महात्मा सबैप्रति दयालु हुन्छ । यो दैवी गुण हो ।