NE/Prabhupada 0820 - गुरु भनेको उहाँले दिनुभएका हरेक उपदेशहरुलाई हामीले कुनै तर्क नगरी स्वीकार गर्नुपर्छ

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0819
Next Page - Video 0821 Go-next.png

गुरु भनेको उहाँले दिनुभएका हरेक उपदेशहरुलाई हामीले कुनै तर्क नगरी स्वीकार गर्नुपर्छ
- Prabhupāda 0820


Lecture on SB 5.5.2 -- Vrndavana, October 24, 1976


त्यसैले, यदि तिमी वास्तवमै तपस्या गर्न चाहन्छौ भने तिमी त्यस्तो मानिसकहाँ जानैपर्दछ जसले पहिला नै तपस्या गरिसकेका छन्, तपो दिव्यम् (श्रीमद्भागवत ५।५।१) त्यसपछि, तिमीले आवश्यक कुरा प्राप्त गर्नेछौ । महत्–सेवाम् । र तिमीले त्यहाँ सेवा गर्नुपर्दछ । विनम्रतापूर्वक, सेवा, सेवया । तिमीले चुनौतिको भावले होइन कि प्रणिपात तथा सेवा भावले महात्मालाई प्रश्न गर्नुपर्दछ । नत्र, तिमीलाई प्रश्न गर्ने अधिकार छैन । जस्तै, यो मानिस पनि रूप गोस्वामीकहाँ गएको थियो । उसलाई व्यर्थमा समय नष्ट गर्ने अधिकार छैन । त्यसकारण, वास्वतमा यो छलफल, उपदेशहरू, गुरु तथा शिष्यहरूबीच मात्र हुनुपर्दछ जहाँ समर्पणको भाव छ । नत्र यसको कुनै आवश्यकता छैन । आजभोलि हामी सभा–सम्मेलनहरू गर्दछौँ । कोही कोही साधारण मानिसहरू पनि सुन्नका लागि आउँदछन् । तर श्रीचैतन्य महाप्रभुले यस्तो किसिमको छलफल कहिल्यै पनि गर्नुभएन । कहिल्यै पनि गर्नुभएन । किनभने यी बाहिरका मानिसहरूमा समर्पणको भाव हुँदैन । तिनीहरू केवल रमिता हेर्नका लागि आउँदछन् । तिनीहरू केही सिक्नका लागि आउँदैनन् । त्यसैले, श्रीचैतन्य महाप्रभुले कहिल्यै पनि विशाल जमघटको आयोजना गर्नुभएन । केवल कीर्तन अर्थात् संकीर्तन जस्ता विशाल जमघटमा मात्र उहाँ उपस्थित रहनुहुन्थ्यो । उहाँ प्रत्येक दिन जगन्नाथ मन्दिरमा साँझ परेपछि चार घण्टासम्म विशाल जमघटमा भेटिनुहुन्थ्यो । तर त्यो जमघटमा सम्पूर्ण समय केवल हरे कृष्णको कीर्तन हुने गर्दथ्यो । तर जब सार्वभौम भट्टाचार्य अथवा प्रकाशानन्द सरस्वती अथवा रामानन्द रायजस्ता मानिसहरू भेटिन्थे, यस्ता महान् व्यक्तिहरू भेट्दा उहाँ छलफल गर्ने गर्नुहुन्थ्यो । नत्र, उहाँ छलफल गर्नुहुन्नथ्यो । त्यहाँ छलफलको कुनै जरुरी नै पर्दैनथ्यो किनभने तिनीहरू त्यो विनम्रता लिएर महाप्रभुलाई भेट्न आउँदैनथे । तिनीहरू सोच्दछन्...ठीक कृष्ण र अर्जुनले जस्तै । जबसम्म अर्जुनले कृष्णलाई आफ्नो मित्र ठानिरहेका थिए । म कृष्णलाई समान रुपले उत्तर दिनेछु,“ त्यसपछि कृष्ण गम्भीरतापूर्वक बोलिरहनुभएको थियो । तर जब अर्जुनले यस्तो किसिमको वार्तालापले आफ्नो केही पनि कल्याण नहुने बुझ्नुभयो,” त्यसपछि, अर्जुन कृष्णको शिष्य बन्नुभयोः शिष्यस्तेऽहं शाधि मां प्रपन्नम् (भगवद्गीता २।७) “अब अरु विवाद नगरौँ । अब म हजुरलाई मेरो गुरुका रुपमा स्वीकार्दछु ।” गुरु भनेको त्यो व्यक्ति हो जसले दिएका सम्पूर्ण उपदेशहरूलाई हामीले कुनै पनि विवाद नगरीकन स्वीकार गर्नुपर्दछ । वैदिक ज्ञान यस्तो हुन्छ । तिमी यसलाई विवेचना गर्न सक्दैनौ । तपाईंले यसलाई जस्ताको तस्तै स्वीकार गर्नुपर्दछ । त्यसैगरी, तपाईंले गुरुका वाणीहरू पनि स्वीकार गर्नुपर्दछ । यसमा कुनै विवाद छैन । त्यो वैदिक ज्ञान हो । त्यो वास्तवमा वैदिक पद्धति हो । हामीले अनेकपल्ट यो उदाहरण दिएका छौः जस्तै यो गोबरलाई हेरौँ । गोबर भनेको पशुको दिसा हो । त्यसकारण पशुको विष्ठा सबैभन्दा अशुद्ध वस्तु हुो । जब तपाईं आफ्नै विष्ठालाई स्पर्श गर्नुहुन्छ भने तत्काल... तपाईं अत्यन्त विद्वान् शास्त्रवित् अथवा भक्त हुन सक्नुहुन्छ, तर त्यसको अर्थ यो होइन कि तपाईं आफ्नो विष्ठालाई छोएपछि पनि पवित्र रहिरहनुहुनेछ । होइन । तपाईंले तत्काल स्नान गर्नुपर्नेछ । उसले आफ्नै विष्ठा छोएमा त स्नान गर्नैपर्दछ भने अरुको विष्ठा छोएमा त झन् गर्नुपर्दछ । तर वैदिक उपदेशमा हामी देख्दछौँ कि गोबर पनि एउटा पशु (गाई) को विष्ठा हो, मनुष्यभन्दा तल्लो स्तरको पशु (गाई)को विष्ठा हो तर यो शुद्ध हुन्छ, यो स्पष्ट रुपमा भनिएको छ । त्यसकारण, तपाईंले गोबरलाई शुद्ध भनेर स्वीकार्नै पर्दछ । विवाद गर्नुहुँदैन कि “यस्तो विष्ठा त अशुद्ध हुन्छ । मेरा गुरु महाराजको विष्ठा त अशुद्ध हुन्छ भने गाईजस्तो पशुको गोबर कसरी शुद्ध हुन्छ ?” तर वेदमा गोबरलाई शुद्ध मानिएको कारणले हामीले यसलाई स्वीकार गर्नुपर्दछ । त्यसैगरी, शंख, यो एउटा पशुको अस्थि (हाड) हो । यदि तपाईंले कुनै मृत शरीरको अस्थिलाई छुनुभयो भने तपाईंले तत्काल स्नान गरिहाल्नुपर्दछ । तर यो अस्थि (शंख) लाई अर्चाविग्रहको कक्षमा राखिन्छ । हामी नियमित रुपमा शंख बजाइरहन्छौँ — किनभने यो वैदिक उपदेश हो । त्यसकारण, यसमा कुनै विवाद छैन । यदि तपाईंले वैदिक उपदेशहरूलाई स्वीकार गर्नुभयो भने यसलाई यथारुपमा स्वीकार गर्नुपर्दछ ।