NE/Prabhupada 0863 - तपाईं मासु खान सक्नुहुन्छ तर तपाईंले आफ्ना पिता तथा मातालाई मारेर मासु खान सक्नुहुन्न

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0862
Next Page - Video 0864 Go-next.png

तपाईं मासु खान सक्नुहुन्छ तर तपाईंले आफ्ना पिता तथा मातालाई मारेर मासु खान सक्नुहुन्न
- Prabhupāda 0863


750521 - Conversation - Melbourne


तपाईं मासु खान सक्नुहुन्छ तर तपाईंले आफ्ना पिता तथा मातालाई मारेर मासु खान सक्नुहुन्न ।

निर्देशकः यसमा तपाईंको के उत्तर छ किनभने यतिन्जेलसम्म पनि यति थोरै जनसंख्या, यति थोरै प्रतिशत जनताहरूले यो दर्शनलाई स्वीकार गरेका छन् कि....

प्रभुपादः होइन । थोरै प्रतिशत, जस्तै... आकाशमा असंख्य ताराहरू छन् र केवल एउटै चन्द्रमा छ । प्रतिशतका आधारमा हेर्ने हो भने चन्द्रमा केही पनि होइन । यदि हामीले ताराहरूको प्रतिशतलाई हे¥यौँ भने चन्द्रमा नगण्य हुन्छ । तर यी सबै वाहियात ताराहरूभन्दा चन्द्रमा नै बढी महत्वपूर्ण हुन्छ । (हाँसो चल्छ) तर यदि तपाईंले प्रतिशतका आधारमा मूल्यांकन गर्नुभयो भने चन्द्रमाको केही पनि प्रतिशत छैन । तर ऊ चन्द्रमा भएको कारणले ऊ यी सबै वाहियात ताराहरूभन्दा बढी महत्वपूर्ण छ । यो एउटा उदाहरण हो । चन्द्रमाको अगाडि ती ताराहरूको प्रतिशत निकालेर के फाइदा हुन्छ ? एउटै मात्र चन्द्रमा होस्, त्यो पर्याप्त छ । यहाँ प्रतिशतको कुनै महत्व छैन । एकजना मात्र आदर्श मानिस । इसाईहरूको समाजमा जस्तै, एकमात्र आदर्श मानिसः प्रभु यशु ख्र्रीष्ट ।

निर्देशकः माओत्सेतुङ्का बारेमा हजुरको के धारणा छ ?

प्रभुपादः हँ ? ऊ को हो ?

अमोघः उहाँ भन्दै हुुनुहुन्छ कि माओत्सेतुङ्का बारेमा हजुरको के धारणा छ ?

निर्देशकः चीनमा उसलाई आदर्श मानिस मानिन्छ ।

अमोघः ऊ एउटा कम्युनिष्ट हो ।

प्रभुपादः उसको आदर्श ठीक छ ।

निर्देशकः चीनमा उसलाई....

प्रभुपादः सबैजना सुखी हुनुपर्छ भन्ने उसको आदर्श कम्युनिष्ट धारणा धेरै राम्रो हा तर तिनीहरूलाई ज्ञान छैन कि कसरी सबैलाई....जस्तै, तिनीहरू राज्यमा मानव समाजको हेरविचार गरिरहेका छन्, तर तिनीहरू निमुखा पशुहरूलाई भने कसाइखानामा पठाइरहेका छन् । तिनीहरू सबै ईश्वरहीन भएको कारणले तिनीहरूलाई ज्ञान छैन कि पशुपक्षीहरू पनि मनुष्यजस्तै जीवित प्राणीहरू हुन् । त्यसकारण, मानव समाजको जिब्रोको सन्तुष्टिका लागि तिनीहरू पशुपक्षीहरूको घाँटी काटिरहेका छन् । यो तिनीहरूको गल्ती हो । पण्डिताः समदर्शिनः (भगवद्गीता ५।१८) । जो वास्तवमै विद्वान् मानिस छ, उसले सबैजनालाई समान देख्दछ त्यस्ता मानिसलाई विद्वान् भनिन्छ । “म मेरो भाइको सुरक्षा गर्र्नेछु तर तिमीलाई चाहिँ मार्नेछु । अहिले सर्वत्र यही चलिरहेको छ । राष्ट्रियता । राष्ट्र.... राष्ट्रियता भनेको मानिसको जन्मभूमि हो । तर निमुखा पशुपक्षीहरूले कुनै पनि विरोध नगर्ने कारणले उनीहरूलाई कसाइखानामा पठाइन्छ । यदि समाजमा आदर्श मानिसहरू हुन्थे भने तिनीहरूले यसको विरोध गर्ने थिए, “ओहो, तिमीहरू किन यस्तो गरिरहेका छौ ? उनीहरूलाई पनि बाँच्न देऊ । तिमी पनि बाँच । तिमीहरू केवल अन्नबाली उत्पादन गर । त्यसपछि, पशुपक्षीहरूले पनि खान पाउनेछन् र तिमीहरूले पनि खान पाउनेछौ । तिमीहरूले किन पशुपक्षीहरूलाई खानुप¥यो ? भगवद्गीतामा कृष्णले यही निर्देशन दिनुभएको छ ।

निर्देशकः तर जहाँ जाडो याम धेरै लामो हुन्छ, त्यहाँका मानिसहरूले जाडो महिनामा भोजनका लागि पशुपक्षीहरूलाई मार्नुपर्ने हुन्छ ।

प्रभुपादः तर, तिमीहरूसँग... म भारत अथवा युरोपको कुरा गरिरहेको छैन । म सम्पूर्ण मानव समाजकै कुरा गरिरहेको छु । केवल बुझ्ने प्रयास गर ।

निर्देशकः मानिसहरूले माछा–मासु खान सुरु गरे किनभने जाडो मौसममा तिनीहरूसँग खानका लागि केही पनि हुँदैन ।

प्रभुपादः होइन, तिमीहरू मासु खान सक्छौ तर तिमीहरूले आफ्ना पिता र मातालाई मारेर मासु खान सक्दैनौ । यो मनुष्यको चेतना हो । तिमीहरू गाईबाट दूध प्राप्त गरिरहेका छौ, त्यसकारण गाई तिमीहरूकी आमा हो । तिमी दूध प्राप्त गर्छौ, अष्टे«लियामा गाईले प्रशस्त दूध, मक्खन र सम्पूर्ण कुरा उत्पादन गर्दछिन् । अनि जब गाईले दूध दिन छाड्छिन् तब तिनीहरू उनको घाँटी काटेर व्यापार गर्दछन् र विदेशतिर निर्यात गर्दछन् । यो कस्तो पागलपन हो ? के यो मानवता हो ? तिमी के ठान्दछौ ?

निर्देशकः ठीक छ, दुई सय वर्षअघि जाडो मौसममा बाँच्नका लागि तिनीहरूलाई मार्नु आवश्यक थियो....

प्रभुपादः होइन, होइन । तिमीहरूले आफ्नी आमाबाट दूध त लिन्छौ । तिमीहरू आफ्नी आमाबाट दूध त लिन्छौ, अनि जब आमाले दूध दिन सक्दिनन्, त्यसपछि तिमीहरू उहाँलाई मार्दछौ । यो के हो ? के यो मानवता हो ? र प्रकृति यति शक्तिशाली छिन् कि यो अन्याय अर्थात् पापको फलस्वरूप तिमीहरूले दुःख भोग्नै पर्दछ । तिमीहरू दुःखकष्ट भोग्न तयार हुनैपर्दछ । त्यसैले त देशमा युद्ध पर्दछ अनि सबैको एक चिहान हुन्छ । प्रकृतिले यो अन्यायलाई सहन सक्दिनन् । तर तिनीहरूलाई यसको ज्ञान छैन कि कसरी प्रकृतिले आफ्नो काम गरिरहेकी हुन्छिन् र कसरी भगवान्ले सबै कुराको व्यवस्था गरिरहनुभएको छ । तिनीहरू भगवान्लाई जान्दैनन् । समाजको कमजोरी नै यही हो । तिनीहरू भगवान्को कुनै पर्वाह गर्दैनन् । “हामी वैज्ञानिक हौँ । हामी जे पनि गर्न सक्छौँ ।” तिमी के गर्न सक्छौ ? के तिमी मृत्युलाई रोक्न सक्छौ ? प्रकृतिले भन्दछ, “तिमी मर्नै पर्दछ । तिमी प्राध्यापक आइन्स्टाइन हौ, त्यो ठीक छ । तर तिमी मर्नैपर्दछ ।” किन आइन्स्टाइन तथा अन्य वैज्ञानिकहरू एउटा औषधी अथवा पद्धतिको आविष्कार गर्दैनन्, “होइन, होइन, हामी मर्ने छैनौँ” ? यही नै यो समाजको कमजोरी हो । तिनीहरू पूर्णतः प्रकृतिको नियन्त्रणमा छन् तर तिनीहरू आफूहरू स्वतन्त्र भएको घोषणा गरिरहेका छन् । अज्ञान । अज्ञान । हामी यसलाई सुधार गर्न चाहन्छौँ । निर्देशकः ठीक छ, म निश्चय नै हजुरलाई शुभकामना दिन चाहन्छु ।प्रभुपादः अँ, धन्यवाद ।

निर्देशकः जनताको सेवकका रूपमा रही हजुरले आफ्नै जीवनलाई जस्तै गरी समाजलाई सुधार गर्नुहोस् । समाजको एउटा माध्यम बन्नका लागि (?) ।

प्रभुपादः त्यसकारण, कृपया हामीसँग हातेमालो गर्नुहोस् । यो.... तपाईं दर्शनशास्त्र सिक्ने प्रयास गर्नुहोस् र तपाईं आश्चर्यचकित पर्नुहुनेछ कि हाम्रो दर्शन कति असल छ ।

निर्देशकः म यसमा ढुक्क छु ।

प्रभुपादः हो । त्यसैले हामी प्रतिशतको गणना गर्दैनौँ । आउनुहोस्, हामी आफैँ आदर्श मानिस बनौँ । उदहारण को लागि: ताराहरु र सिंगो चन्द्रमालाई प्रतिशतका आधारमा तुलना गर्न मिल्दैन| प्रतिशतको के महत्व छ ? आकाशमा असंख्य ताराहरू छन् । यो...चन्द्रमाको प्रतिशत कति हुन्छ, एक करोडमा एक ? साँच्चै भन्ने हो भने यो शून्य प्रतिशत हो । तर यो चन्द्रमा भएको कारणले यो सम्पूर्ण ताराहरूभन्दा पनि बढी शक्तिशाली छ । त्यसकारण, चन्द्रमाको उत्पादन गर, ताराको होइन । निर्देशकः हो, तर चन्द्रमा त विशाल हुन्छ र तपाईं चन्द्रमालाई चिन्न सक्नुहुन्छ तर अर्को मानिस, अर्थात् अर्को तारा....

प्रभुपादः होइन, त्यो ठीक छ । यदि तपाईं मानिसहरूलाई चन्द्रमाजस्तै बनाउन सक्नुहुन्न भने....

निर्देशकः माफ गर्नुहोस् ?

प्रभुपादः तपाईं बनाउन सक्नुुहुन्न तर आदर्श मानिसहरूका लागि यो सम्भव छ ।

निर्देशकः यो उदाहरण चाखलाग्दो छ तर मानिसहरूले हजुरलाई प्रश्न गर्नेछन् कि तपाईं पनि अरुजस्तै मानिस हुनुहुुन्छ भने कसरी हजुर... यो केवल ताराजस्तो होइन, तपाईंको धारणा, मजस्तै....

प्रभुपादः होइन, यदि तपाईं यो पद्धतिलाई स्वीकार्नुहुन्छ भने तपाईंले अनेक प्रकारले सहायता गर्न सक्नुहुन्छ । सर्वप्रथम, तपाईंले यो पद्धति अर्थात् कृष्णभावनामृत अभियान के रहेछ भनेर अवलोकन गर्नुपर्दछ । हामी तपाईंको सेवा गर्न तथा तपाईंलाई विश्वस्त पार्न तयार छौँ, यही नै यो अभियानको उच्च विशेषता हो । अब यदि तपाईं विश्वस्त हुनुहुन्छ भने हामीलाई सहायता गर्ने प्रयास गर्नुहोस् । र अन्य नेताहरूलाई पनि प्रेरणा दिनुहोस् । तपाईं पनि नेताहरूमध्येका एक हुनुहुन्छ । यद् यद् आचरति श्रेष्ठस् तत् तद् एवेतरो जनः (भगवद्गीता ३।२१) । यदि समाजका नेताहरूले यो अभियानलाई प्रेम गरे भने, अरुहरूले स्वतः साथ दिनेछन्, “ओहो, हाम्रा नेताहरू, हाम्रो मन्त्रीले पनि यसलाई समर्थन गरिरहेका छन् ।”