NE/Prabhupada 0958 - तिमी गाईलाई प्रेम गर्दैनौ; तिमी उनलाई वधशालामा पठाउँछौ



750624 - Conversation - Los Angeles

डा. ओर: के अनुभूतिको लागि कीर्तन आवश्यक......

प्रभुपाद: भगवानसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न यो नै सबभन्दा सजिलो उपाय हो | किनकि भगवान र भगवानको नाम दिव्य छन्, त्रयासैले तिमीले कीर्तन गर्नु भनेको भगवानसँग प्रत्यक्ष सम्बन्ध स्थापना गर्नु |

डा. क्रस्ली: आफ्ना निकटतम इष्टमित्रलाई प्रेम गर्नु भन्दा परम्परागत भक्ति-मार्ग किन राम्रो छ ?

प्रभुपाद: तिमी आफ्ना निकटतम इष्टमित्रलाई त प्रेम गर्छौ तर तिमि निकटतम पशुलाई प्रेम गर्दैनौ | तिमि मानिसलाई प्रेम गर्छौ तर तिमि पशुलाई वधशालामा पठाउँछौ | त्यो तिम्रो प्रेम हो |

डा. वोल्फ: र सैनिकलाई युद्धमा.......

प्रभुपाद: हँ ?

डा. वोल्फ: र सैनिकलाई मर्नको लागि युद्धभूमिमा पठाउँछन् |

प्रभुपाद: होइन, सर्वप्रथम मानिसको अध्ययन गर, अनि सैनिकको कुरा गर | हाम्रो प्रेम सिमित छ | तर यदि तिमी प्रेम गर्छौ...... जस्तै यो रुख | यसमा हजारौं पात र फुल छन् | यदि तिमीले तिनीहरु हरेकमा पानी हाल्छौ भने तिम्रो सम्पूर्ण जीवन व्यतित हुन्छ | र यदि तिमि बुद्धिमान छौ भने केवल जरामा पानी हाल र यो सर्वत्र जानेछ | यदि तिमी बुद्धिमान छैनौ भने तिमीले हरेक पातमा पानी हाल...... तिम्रो सम्पूर्ण शरीरलाई भोजन चाहिन्छ | त्यसको मतलब यो होइन कि तिमीले कानलाई भोजन प्रदान गर्नुपर्छ, आँखालाई प्रदान गर्नुपर्छ, नङलाई प्रदान गर्नुपर्छ, मलद्वारलाई प्रदान गर्नुपर्छ..... होइन | तिमीले पेटलाई भोजन देऊ, यो वितरण हुनेछ | कृष्णले भन्नुहुन्छ, मया ततम् इदं सर्वम् | यो कुरा हामीले पहिल्यै अध्ययन गरिसक्यौं | यदि तिमीले कृष्णलाई प्रेम गर्दैनौ भने तिम्रो प्रेम वितरित हुनेछ | यदि तिमीले कृष्णलाई प्रेम गर्दैनौ र यदि तिमीले अरु कोहिलाई प्रेम गर्छौ भने कसैले भन्नेछ कि "तिमीले मलाई प्रेम गर्दैनौ |"

डा. वोल्फ: के मैले एउटा प्रश्न सोध्न सक्छु, श्रील प्रभुपाद ?

प्रभुपाद: सर्वप्रथम यो कुरा बुझ्ने प्रयास गर | जस्तै कृष्णले भन्नुहुन्छ, मया ततम् इदं सर्वम्: "म आफ्नो शक्तिद्वरा सर्वत्र विस्तारित छु |" तिमी सबै स्थानमा कसरी जान सक्छौ ? तिमी कृष्णलाई प्रेम गर र तिम्रो प्रेम सबै स्थानमा जानेछ | तिमीले सरकारलाई कर तिर्यौ भने त्यस कर विभिन्न विभागमा वितरित हुनेछ | तिम्रो कार्य हरेक विभागमा गएर कर तिर्ने होइन | सरकारी कोषमा कर तिर्यौ भने यो वितरित हुनेछ | यो बुद्धिमानी हो | र यदि तिमीले भन्छौ कि "मैले सरकारी कोषमा किन तिर्ने ? म यो विभाग, त्यो विभाग, त्यो विभागलाई भिन्न रुपमा तिर्छु," तिमीले यदि गर्न सक्छौ तर यो कहिल्यै पर्याप्त हुँदैन, न त पूर्ण हुन्छ | तिमीले मानवतालाई प्रेम गर्न सक्छौ तर तिमीले कृष्णलाई प्रेम नगरेको कारण तिमीले गाईहरुलाई प्रेम गर्दैनौ र तिमीले उनीहरुलाई वधशालामा पठाउँछौ | त्यसैले तिम्रो प्रेम त्रुटिपूर्ण रहनेछ | यो कहिल्यै पूर्ण हुनेछैन | र यदि तिमीले कृष्णलाई प्रेम गर्छु भने तिमीले सानो कमिलालाई पनि प्रेम गर्नेछौ | तिमीलाई एउटा कमिला मार्ने पनि इच्छा हुनेछैन | त्यो वास्तविक प्रेम हो |

डा. ओर: म हजुरसँग सहमत छु कि हामी नराम्रो रुपले प्रेम गर्छौं र हामी पशुको वध गर्छौं |

प्रभुपाद: हो | त्यसैले नराम्रो रुपमा प्रेम गर्नु प्रेम होइन |

डा. ओर: तर के उल्टो चाहिँ ठिक हो त, कि हामी धेरै राम्ररी जप्छौँ र हामीले आफ्ना निकटतम इष्टमित्रलाई प्रेम गर्न नसक्दा पनि हामी कृष्णलाई प्रेम गर्छौं ?

प्रभुपाद: हामी केवल जपमात्र गर्दैनौं...... हामी कार्यरत पनि छौं | यो होइन कि हामी केवल बसेर जप्दै छौं | हामीले जप गरेको कारण हामी सबैलाई प्रेम गर्छौं | यो तथ्य हो | यी हरे कृष्ण जप गर्ने व्यक्तिहरु कहिल्यै कुनै पशु वा वृक्षलाई पनि मार्न तयार हुनेछैन किनकि उनीहरुलाई थाहा छ कि सबै भगवानका अंश हुन् | किन कसैलाई अनावश्यक रुपमा मार्ने ? त्यो प्रेम हो |

डा. ओर: प्रेम भनेको कहिल्यै नमर्ने ?

प्रभुपाद: धेरै कुराहरु छन् | यो पनि एउटा कुरा हो | हो, त्यो पनि एउटा...... के तिमी आफ्नो पुत्रलाई मार्छौ ? किन ? किनकि तिमी उसलाई प्रेम गर्छौ |

डा. जुदाह: के हजुरले यसको अर्को पक्ष व्याख्या गर्न सक्नुहुन्छ कि, अवश्य पनि भगवद गीताको पृष्ठभूमि युद्धभूमिमा छ जसमा कृष्णले अर्जुनलाई युद्ध गरेर आफन्तलाई मार्न भन्नुहुन्छ किनकि यो क्षत्रियको कर्तव्य हो ?

प्रभुपाद: हो | किनकि भौतिक जगतमा, समाजको स्थिरताको पालन गर्न कहिलेकाही मार्नु पनि आवश्यक हुन्छ | जस्तै झगडा, युद्ध | जब शत्रु तिम्रो देशमा आउँछ, तिमी चुप लगेर बस्न सक्दैनौ; तिमीले लडाईं गर्नुपर्छ | तर त्यसको मतलब यो होइन कि तिमीसँग आफुले इच्छा गरेको सबजनालाई मार्ने अनुमति छ | त्यो विशेष परिस्थिति हो जब युद्ध हुनुपर्छ | तसर्थ क्षत्रियहरुले सुरक्षा दिनु जरुरी छ |