NE/Prabhupada 0975 - हामी साना ईश्वरहरु हौँ । साना, नमुना ईश्वरहरु



730408 - Lecture BG 04.13 - New York


हामी एउटा स्पुत्निकलाई आकाशमा उडाएर यति धेरै श्रेय लिन्छौं कि हामी आफुलाई धेरै, धेरै महान वैज्ञानिक घोषणा गर्छौं | हामी भगवानको मतलब गर्दैनौं | यो मूर्खता हो | मूर्ख मानिसहरुले त्यसो भन्नेछन् | तर जो बुद्धिमान हुन्छ, उसलाई थाहा छ कि भगवानले लाखौं-करोडौं ग्रहहरुलाई आकाशमा उडाउँदै हुनुहुन्छ र हामीले त्यसको तुलनामा के गरेका छौं ? यो बुद्धिमानी हो | हामी आफ्नो वैज्ञानिक ज्ञानप्रति धेरै गर्व गर्छौं, त्यसैले वर्तमान समयमा हामीले भगवानको अस्वित्व नकार्छौँ | कहिलेकाही हामी भन्छौं कि "म अब भगवान बनेको छु |" यी मूर्ख बयान हुन् | तिमी भगवानको बुद्धिको तुलनामा केहि पनि...... उहाँ पनि बुद्धिमान हुनुहुन्छ | हामी पनि भगवानको अंश भएको कारण हामीले केवल आफ्नो अध्ययन गरेर भगवानको अध्ययन गर्न सक्छौं | जस्तै यदि तिमीले समुद्रको पनिको एक थोपाको अध्ययन गर्छौ, यदि तिमीले रासायनिक विश्लेषण गर्छौ भने तिमीले त्यो थोपामा धेरै रसायन पाउनेछौ | तिमीले त्यसबाट समुद्रको बनावट बुझ्न सक्नेछौ | उही बनावट | तर ठुलो मात्रामा | त्यो नै भगवान र हामीबीचको भिन्नता हो | हामी साना ईश्वरहरु हौँ | साना, नमुना ईश्वरहरु | तसर्थ हामी यात धेरै गर्व गर्छौं | तर हामीले गर्व गर्नुहुँदैन किनकि हामीले थाहा पाउनुपर्छ कि हाम्रा सम्पूर्ण गुणहरु परमेश्वरबाट प्राप्त गरिएको छ | किनकि हामी अंश हौँ | त्यसैले यी सम्पूर्ण गुणहरु मौलिक रुपमा भगवानमा हुन्छन् | तसर्थ वेदान्त-सूत्रमा वर्णित छ भगवान के हुनुहुन्छ, परम-सत्य के हुनुहुन्छ ? अथाथो ब्रह्म​-जिज्ञासा | जब हामी भगवान, परमसत्यको बारेमा जिज्ञासा गर्छौं, तब तत्काल जवाफ दिइन्छ: जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | परम-सत्य ती हुनुहुन्छ जसबाट सबै कुरा आएको छ | सबै कुरा भगवानबाट आएको छ | उहाँ सम्पूर्ण कुराको मूल स्रोत हुनुहुन्छ | अब, हाम्रो स्थिति के छ ? असंख्य जीवहरु छन् | नित्यो नित्यानां चेतनश् चेतनानां (कठ उपनिषद् २|२|१३) | त्यो वैदिक जानकारी हो | भगवान पनि हामीजस्तै जीव हुनुहुन्छ तर उहाँ प्रमुख जीव हुनुहुन्छ | र हामी पनि जीव हौँ | जस्तै एक पिता | पिताका बीस बच्चाहरु हुन सक्छन् | बीस छोरा | पहिलेको समयमा सय छोरा हुने गर्थे | अहिले, पितासँग त्यस्तो शक्ति छैन | तर पाँचहजार वर्ष अघिसम्म, राजा धृतराष्ट्रले एक सय छोरालाई जन्म दिए | अहिले हामी..... हामी भन्छौं कि हाम्रो जनसंख्या अधिक छ | तर यो तथ्य होइन | वर्तमान समयमा, अधिक जनसंख्याको प्रश्न कहाँ छ ? हामीमध्ये कतिले सय बच्चाहरुलाई जन्म दिंदैछौं ? छैन | कोहि छैन | तर पहिलेको समयमा एउटा पिताले एक सय बच्चा जन्माउन सक्थ्यो | त्यसैले अधिक जनसंख्याको कुनै प्रश्न छैन | र अधिक जनसंख्या भए पनि हामीले वेदहरुबाट जानकारी प्राप्त गर्छौं: एको बहूनां यो विदधाति कामान् | ती एक प्रमुख जीव भगवान हुनुहुन्छ, उहाँले असंख्य जीवाहरुको पालन गर्नुहुन्छ |