NE/Prabhupada 0986 - कोहि पनि भगवानभन्दा बुद्धिमान हुन सक्दैन



720905 - Lecture SB 01.02.07 - New Vrindaban, USA


जस्तै पश्चिमी देशहरुमा, येशु ख्रिस्टले भगवानको लागि आफ्नो जीवन त्यागे | उनलाई भगवानको निन्दा सम्बन्धि प्रचार गरेको आरोप थियो | तर उनी भगवानका भक्त थिए | उनले मानिसलाई प्रचार गरे कि भगवानको राज्य छ, तिमी भगवानलाई प्रेम गर र भगवानको राज्यमा जाऊ | सरल तथ्य | त्यो मानव जीवनको वास्तविक दायित्व हो | यो मानव जीवन भनेको भगवानलाई बुझ्न हो | किनकि हामी भगवानका अंश हौँ र हामीले बिर्सिएका छौं | जस्तै मैले धेरै पटक उदाहरण दिइसकें, एउटा धनी पिताको छोरा हुन्छ तर कुनै कारणवश उसले घर त्यागेको छ र ऊ सडकमा घुम्दै हुन्छ | तिम्रो देशमा यो उदाहरण लागु हुन्छ | धेरै युवाहरुले आफ्नो धनी पिता, धनी परिवारहरु त्याग्छन् र सडकमा सुत्छन् | मैले देखेको छु | किन ? केहि कारण हुन सक्दैन तर ऊ सडकमा सुत्नु स्वाभाविक होइन किनकि उसका पिता धनी छन्, कम्तिमा अमेरिकाजस्तो धनी राष्ट्रमा | त्यसैगरी जब हामी भ्रमित हुन्छौं र भगवानबाट स्वतन्त्र रुपमा बाँच्न चाहन्छौं, जो सबभन्दा धनी पिता हुनुहुन्छ- भगवानभन्दा धनी को हुन सक्छ ? भगवान भनेको सबभन्दा धनी | कोहि पनि उहाँभन्दा धनी हुन सक्दियन | त्यो भगवानको अर्को परिभाषा हो | ऐश्वर्यस्य समग्रस्य वीर्यस्य यशसः श्रियः ज्ञान​-वैराग्ययोश् चैव षण्णां भग इतीङ्गना (विष्णु पुराण ६|५|४७) | भाग भनेको भाग्य | जो छ प्रकारका ऐश्वर्यले पूर्ण हुन्छ | हामीले यो राम्ररी बुझ्छौं | जस्तै, यो भौतिक जगतमा, यदि कुनै मानिस धेरै धनी हुन्छ भने ऊ आकर्षक हुन्छ | सबैले उसको बारेमा बोल्छन् | ऊ महा-मूर्ख भए पनि, यदि ऊसँग धन छ भने सबैले उसको बारेमा बोल्नेछन् | कम्तिमा यो युगमा यस्तै चल्दैछ | अरुले केहि सोच्दैनन् तर यदि कुनै तरिकाले कोहि धेरै धनी हुन्छ भने ऊ प्रख्यात व्यक्ति हुन्छ | भगवान सबभन्दा धनी हुनुपर्छ | यहाँ, यस भौतिक जगतमा हामीले दाबी गर्न सक्छौं "म ऊभन्दा धनी छु" तर अरु कोहि मभन्दा धनी हुन्छ | माले दाबी गर्न सक्दिनँ कि "कोहि पनि मभन्दा धनी छैन |" त्यो सम्भव छैन | हामीले आफुभन्दा गरिब र आफुभन्दा धनी मानिस भेटाउन सक्छौं | यी दुई कुराहरु हामीले भेटाउन सक्छौं | तर जब तिमी भगवानकहाँ आउँछौ भने तिमीले पाउँछौ कि उहाँभन्दा धनी कोहि पनि छैन | तसर्थ भगवानलाई महान भनिन्छ | त्यसैगरी, धनमात्र होइन, ऐश्वर्य, स समग्रस्य, वीर्यस्य​, बलमा पनि | ऐश्वर्स्यस्य समग्रस्य वीर्यस्य यशसः, सम्मानमा पनि, कीर्तिमा पनि | जस्तै सबजना, यो हुन सक्छ कि तिमी कुनै धर्मसँग आबद्ध छौ, तर सबजनालाई थाहा छ कि भगवान महान हुनुहुन्छ | त्यो महानता हो | ऐश्वर्यस्य समग्रस्य वीर्यस्य यशसः, र श्री भनेको सुन्दरता | भगवान सबभन्दा सुन्दर हुनुहुन्छ | जस्तै कृष्णलाई हेर, तिमीसँग कृष्णको तस्विर छ, उहाँ कति सुन्दर हुनुहुन्छ | भगवन सुन्दर हुनुपर्छ, उहाँ सधैं युवावस्था हुनुहुन्छ | एउटा वृद्ध मानिस सुन्दर हुन सक्दैन | ब्रह्म-संहितामा वर्णित छ, अद्वैतम् अच्युतम् अनादिम् अनन्त-रूपम् आद्यं पुराण​-पुरुषं नव​-यौवनं च (ब्र स ५|३३) | यो आद्यं पुराण​को विवरण हो, उहाँ मूल पुरुष हुनुहुन्छ, सबभन्दा बुढो तर उहाँ सधैं नव-यौवनम् हुनुहुन्छ, सोह्र वा बीस वर्षीय सुन्दर युवा जस्तै | त्यो भनेको सुन्दरहो, सबभन्दा सुन्दर | र सबभन्दा बुद्धिमान, ज्ञान | कोहि पनि भगवानभन्दा बुद्धिमान हुन सक्दैन | यी विवरण व्यासदेवका पिता परासर मुनिले दिएका हुन् | ऐश्वर्यस्य समग्रस्य वीर्यस्य यशसः श्रियः (विष्णु पुराण ६|५|४७), ज्ञान-वैराग्य र उही समयमा त्याग भावना |