NE/Prabhupada 1001 - कृष्ण भावना सबैको हृदयमा निष्क्रिय अवस्थामा छ



750713 - Conversation B - Philadelphia

स्याण्डी निक्सन : मसँग एउटा प्रश्न छ ... जुन एउटा पुस्तकमा समावेश' गर्दै छु, कि अध्यात्मिक गुरु, जोसले अहिले अमेरिकालाई प्रभाव पार्दै छन् | र यहि बीच अर्को प्रश्न पनि गर्न चाहन्छु, त्यहि एउटै कुरा राख्न चाहन्छु ति महत्वपुर्ण प्रश्न, न्यूयोर्क टाइम्सको लागि | र म फिलादेल्फियाको लागि उच्च चेतनाको केहि लेख लेख्दै छु | त्यसैले हाम्रो पुस्तक भनेको, यस्तो प्रश्न कि मानिसहरुलाई कृष्ण चेतना भनेको के हो भनेर बुझाउनको लागि | त्यसैले कहिलेकाहिँ म तपाईंलाई प्रश्न सोध्छु, र कहिले काहिँ म आफै त्यो प्रश्नको उत्तर दिन सक्छु होला, अथवा त्यो यस्तो प्रश्न हुन सक्छ कि मलाई त्यसको उत्तर थाहा हुन्छ, तर म तपाईंलाई सोध्न गईरहेछु कि .. यो नराम्रो सुन्न सकिन्छ, तर यो म गर्न गईरहेको छु | पहिलो प्रश्न धेरै लामो हुनसक्छ ... मसँग पन्ध्रवटा प्रश्न छन् | यदि मैले तिनीहरुस सबैको उत्तर पाएँ भने म धन्य हुने थिएँ | पहिलो धेरै साधारण छ : कृष्ण भावनामृत भनेको के हो ?

प्रभुपाद : कृष्ण भनेको भगवान हनुहुन्छ , र हामी सबै कृष्ण, भगवानसँग सम्बन्धित छौँ | भगवान वास्तविक पिता हुनुहुन्छ | त्यसैले हाम्रो भगवानसँग आत्मीय सम्बन्ध छ | त्यसैले हामीले त्यो बिर्सिएका छौँ, कृष्ण के हो भनेर, मेरो उहाँसँग के सम्बन्ध छ, जीवनको लक्ष्य के हो भनेर | यी सबै प्रश्नहरु त्यहाँ छन् | र जब कोहि यस्तो प्रश्न गर्न मन गर्छ, उसलाई कृष्ण चेतनामा अवस्थित भएको मानिन्छ |

स्याण्डी निक्सन : कृष्णभावनामृत कसरी विकशित भयो ?

प्रभुपाद : कृष्णभावनामृत सबैको हृदयमा पहिलेदेखिनै विध्यमान छ , तर हाम्रो भौतिक वद्द जीवनले गर्दा, हामीले त्यो बिर्स्यौं | त्यसैले यो हरेकृष्ण जप्नुको उदेश्य भनेको त्यो चेतना पुर्नजागरण गर्नु हो | त्यहाँ पहिल्यै छ | जस्तै केहि दिन आगाडी, यी अमेरिकन, यूरोपियन केटा केटीहरु, तिनीहरुलाई थाहा थिएन कृष्ण को हुनुहुन्छ भनेर | र अहिले तिमीले त्यो देख्न सक्छौ कि कसरी तिनीहरु सबै परिवर्तन भए ... त्यो तरिका, सबै तरिका, कसरी तिनीहरु किर्तन गर्दै नाच्दै थिए आनन्दमा डुबेर | के तिमी त्यो सोच्न सक्छौ कि त्यो कृत्रिम हो भनेर ? होइन | कृत्रिम तरिकाले कोहि पनि घन्टौ घण्टा नाचेर रहन सक्दैन | त्यो भनेको कृष्णभावना जागृत गरिएको हो | त्यो त्यहाँ थियो ; त्यो अधिकारिक तरिका, त्यो अहिले जागृत भयो | त्यो वर्णन गरिएको छ, नित्य​-सिद्ध कृष्ण​-भक्ति सध्य कभु नय​ श्रवणादि-शुद्ध​-चित्ते करये उदय (चै च अध्य २२|१०७)| कृष्णभावना सबैको हृदयमा अवस्थित छ | त्यसैले जब ऊ भक्तहरुको समिपमा आइपुग्छ, त्यो जागृत हुन्छ | जस्तै युवा युवतीले आकर्षित गरेजस्तै, त्यो बच्चाकोमा नी हुन्छ | त्यो सानो बच्चा, त्यो त्यहाँ छ | र जब ऊ जवान हुन्छ, त्यो जागृत हुन्छ | त्यो कृत्रिम होइन | त्यसैले सङ्ग हुँदा त्यो जागृत हुन्छ | त्यो सम्भव छ तर राम्रो सङ्गमा, कृष्णको बारेमा सुनेर, कृष्णभावनको स्तरसम्म जागृत हुन सकिन्छ |

स्याण्डी निक्सन : कृष्ण चेतना र क्राइस्ट चेतनामा के भिन्नता फरक छ ?

प्रभुपाद : क्राइस्ट चेतना भनेको नी कृष्ण चेतना हो | तर मानिसहरु क्रिस्टेनिटिको नियम कानुन पालन गर्दैनन् | त्यसैले तिनीहरु जागृत छैनन् | तिनीहरु क्राइस्टको उपदेश पालना गर्दैनन् | त्यसैले तिनीहरु चेतनाको स्तरसम्म आउन मान्दैनन् |

स्याण्डी निक्सन : कृष्ण चेतनाको बिशेष के छ कि यो अन्य धर्मभन्दा भिन्न छ ? के यो धर्म हो ?

प्रभुपाद : धर्म भनेको भगवान बुझ्ने हो र उहाँलाई प्रेम गर्ने हो | त्यो हो धर्म | र कोहीलाई पनि भगवान थाहा छैन, उहाँलाई प्रेम गर्ने त के कुरा गर्नु | कोहीपनि तालिमप्राप्त छैनन्, कि कसरी भगवानलाई चिन्ने र उहाँलाई प्रेम गर्ने | तिनीहरु चर्च गएर चित्त बुझाउँछन : "हे भगवान, हामीलाई हाम्रो दैनिक रोटि देउ "त्यै पनि सबै जादैनन् | त्यसैले कमिउनिस्टहरु भन्छन् "तिमीहरु चर्च जानुपर्दैन | रोटि हामी दिउँला |" त्यसैले गरिब, ईमान्दार व्यक्तिहरु, तिनीहरु रोटि जहाँ पनि पाउँछन्, त्यसैले तिनीहरु चर्च जादैनन् | तर भगवानलाई बुझ्ने र उहाँलाई प्रेम गर्न कोहि पनि गम्भीर छैनन् | कोहि पनि गम्भीर छैनन् | त्यसैले, भागवतममा भनिएको छ कि त्यो जाली धर्म हो | म केहि धर्म स्थापना गर्छु अनि मलाई थाहा हुदैन कि भगवान को हो भनेर र उहाँलाई कसरी प्रेम गर्ने भनेर | त्यसैले त्यस्तो खालको धर्म भनेको जाली धर्म हो | धर्म भनेको भगवानलाई जान्नु र प्रेम गर्नु हो | तर साधारणतया मान्छेलाई थाहा हुदैन कि भगवान को हो भनेर, र उहाँलाई प्रेम गर्नुको त कुरै नगरुँ ? त्यसैले त्यो ठगि धर्म हो | त्यो धर्म होइन | तर जहाँसम्म क्रिस्टेन धर्मको कुरो छ, भगवान बुझ्नको लागि त्यहाँ थोरै मौका छ, तर तिनीहरु त्यसको मतलब राख्दैनन् | उदाहरणको लागि, उपदेश यो छ कि "तिमीले हत्या नगर |" तर क्रिस्टेन समाजमा,राम्रो वद्शाला बनाईन्छ | त्यसैले कसरी तिनीहरु भगवानभावना हुनसक्छन् ? तिनीहरु त्यो उपदेश पालना गर्दैनन्, येशुले भन्नुभएको आज्ञा नी पालना गर्दैनन् | त्यसैले यो क्रिस्टेनमा मात्रै होइन | सबै धर्ममा यो चल्दै छ | यो रबरको छाप जस्तै हो : "म हिन्दु, ", "म मुस्लिम ","म क्रिस्टेन |" र कोहीलाई पनि थाहा छैन कि भगवान को हुनुहुन्छ भनेर र कसरी उहाँलाई प्रेम गर्ने भनेर |