NE/Prabhupada 1032 - भौतिक शक्तिबाट आध्यात्मिक शक्तिमा स्थानान्तरण गर्ने प्रक्रिया



740628 - Lecture at St. Pascal's Franciscan Seminary - Melbourne

मधुद्विष​ : मलाई थाहा छ तिमीलाई श्राद्धयलाई प्रश्न सोध्न उत्सुक छौ | त यदि त्यहाँ केहि प्रश्नहरु छन् भने, तिमीले आफ्नो हात उठाएर प्रश्न सोध्न सक्छौ, ( लामो विराम ) कुनै प्रश्न छैन ? त्यो भनेको सबैजनाले यो स्वीकार गरे | ( हाँसो )

प्रभुपाद : पूर्ण समझौता | त्यो राम्रो हो |

पाहुना (१) : तपाईको भक्तहरुले भन्छन् तपाईले यो भौतिक रोगको अस्तित्वभन्दा परको पाउँने उदेस्य लिनुहुन्छ | मैले तपाईको यो पूर्ण गर्ने प्रक्रियाको बारेमा राम्ररी बुझिन, यो रोगभन्दा पर गयौ भने अन्तिम परिणाम के हुन्छ भन्न सक्नुहुन्छ |

प्रभुपाद: त्यो भनेको ?

मधुद्विष​ : कृष्ण चेतनामा, प्रक्रिया भनेको भौतिक अस्तित्वको रोग भन्दा पर जानु हो | प्रश्नको प्रथम भाग, " यो कसरी गर्ने ?" प्रश्नको दोस्रो भाग," यो प्रक्रिया अंगालेको अन्तिम परिणाम के हुन्छ ?"

प्रभुपाद : यो प्रक्रिया भनेको तिमीलाई भौतिक शक्तिबाट अध्यात्मिक शक्तिमा स्थानान्तरण गराउन हो | हामी शक्तिको अधिनमा छौ | भगवानको दुईटा शक्तिहरु छन् - भौतिक शक्ति र अध्यात्मिक शक्ति | हामी पनि शक्ति हौ | हामी तटस्थ शक्ति हौ | त तटस्थ शक्ति भनेको हामी भौतिक शक्तिको अधिनमा हुन्छौ वा अध्यात्मिक शक्तिको, हामीले रोज्न सक्छौ | तटस्थ.......जसरी किनारमा तिमीले पाउँछौ कहिलेकाही पानीको सिमामा, पानीले जमिनलाई ढाकेको हुन्छ, र कहिले कहिँ जमिन खुल्ला हुन्छ | यसलाई तटस्थ स्थान भनिन्छ | त्यसरी नै, हामी भगवानका तटस्थ शक्ति हौ, जीव प्राणीहरु | त हामी पानीको भित्र बस्न सक्छौ, भनेको भौतिक शक्ति, र हामी खुल्ला हुन सक्छौ, अध्यात्मिक शक्तिमा |