NE/Prabhupada 0679 - कृष्ण भावनामा जानेर वा नजानेर गरिएको कुनै पनि कार्यको प्रभाव हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0679 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0678 - कृष्ण भावनाभावित व्यक्ति सधैं योग समाधिमा हुन्छ|0678|NE/Prabhupada 0680 - हामी सोच्दैछौं कि हामी यो भुइँमा बस्दैछौं तर वास्तवमा हामी कृष्णमा बस्दैछौं|0680}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Qyht2tdPbmE|कृष्ण भावनामा जानेर वा नजानेर गरिएको कुनै पनि कार्यको प्रभाव हुन्छ - Prabhupāda 0679}}
{{youtube_right|nkoB46FEIHE|कृष्ण भावनामा जानेर वा नजानेर गरिएको कुनै पनि कार्यको प्रभाव हुन्छ - Prabhupāda 0679}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690218BG-LA_Clip5.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690218BG-LA_Clip5.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:11, 29 January 2021



Lecture on BG 6.25-29 -- Los Angeles, February 18, 1969


विष्णुजन: श्लोक उन्नाइस: "एउटा वास्तविक योगीले मलाई हरेक जीवमा देख्छ र हरेक जीवलाई पनि ममा देख्छ | वस्तावमा आत्म-अनुभूति गरेको मानिसले मलाई सर्वत्र देख्छ (भ गी ६|२९) |"

प्रभुपाद: हो | अब,"एउटा वास्तविक योगीले मलाई सब जीवमा देख्छ |" उसले कसरी देख्छ ? उनीहरु देख्छन् कि हरेक जीव कृष्ण हुन् | तसर्थ कृष्णलाई छुट्टै आराधना गर्ने कुनै जरुरत छैन | तसर्थ तिनीहरु मानवतावादी गतिविधिहरुमा संग्लग्न हुन्छन् | तिनीहरु देख्छन् कि यो राम्रो छ | किन कृष्णको आरधना गर्ने ? कृष्ण भन्नुहुन्छ कि एक मानिसले हरेक जीवमा कृष्णलाई देख्छ | त्यसैले हामीले सेवा गरौँ..... तर तिनीहरुलाई उपाय थाहा छैन | त्यसको लागि आधिकारिक गुरुको अन्तर्गत तालिम चाहिन्छ | यो,"एउटा वास्तविक योगीले मलाई हरेक जीवमा देख्छ |" एउटा वास्तविक योगी, भक्त | जस्तै यी भक्तहरु बाहिर कृष्ण भावना प्रचार गर्दैछन् | किन ? तिनीहरु हरेक जीवमा कृष्णलाई देख्छन् | कसरी ? किनकि तिनीहरु देख्छन् कि हरेक जीव कृष्णको अंश हुन् | तिनीहरु कृष्णको विस्मृतिमा छन् | त्यसैले उनीहरुलाई कृष्ण भावनामा जगाउनुहोस् | एउटा भक्तले अरुलाई देख्छ, जो कृष्ण भावनामा छैन | जस्तै कहिलेकाही कुनै प्रचार गतिविधिहरु हुन्छन्, अशिक्षित समाजलाई शिक्षा दिन | किन ? किनकि तिनीहरु देख्छन् तिनीहरु मानव हुन् | तिनीहरु शिक्षित हुनुपर्छ | तिनीहरुले बुझ्नुपर्छ कि जीवनको मूल्य के हो | त्यो उनीहरुको सहानुभूति हो | यहाँ पनि उही कुरा छ | कि सबजनाले थाहा पाउनुपर्छ कि ऊ कृष्णको अंश हो | यस चेतनालाई बिर्सिएर उसले पिडा पाउँछ | त्यो भनेको, हरेक जीवमा कृष्णलाई देख्नु | यो होइन कि हरेक जीव कृष्ण बनेको छ | त्यसैरी नहेर्नुहोस्, तब तपाई भ्रमित हुनुहुन्छ | हरेक जीव....... जस्तै यदि मैले कसैलाई देख्छु, कि यो बालक यस्तो-यस्तो सज्जनको छोरा हो | त्यसको मतलब मैले यस्तो-यस्तो सज्जनलाई यस बालकमा देख्छु | के यो स्पष्ट छ ? यदि म हरेक जीवलाई भगवान वा कृष्णको पुत्रको रुपमा देख्छु, तब त्यो भनेको म हरेक जीवमा भगवानलाई देख्छु | के यो बुझ्न केहि कठिनाई छ ?

विष्णुजन: के यो एउटा संघ हो वा यो दृष्टि हो ?

प्रभुपाद: होइन, यो तथ्य हो | (हाँसो) यो संघ वा दृष्टि होइन, यो तथ्य हो | जब तपाईले बिरालो देख्नुहुन्छ, जब तपाईले कुकुर देख्नुहुन्छ, तपाईले उसमा कृष्णलाई देख्नुहुन्छ | किन ? तपाईलाई थाहा हुन्छ कि यहाँ बिरालो, जीव छ | ऊ, आफ्नो कर्मले, पहिलेको कर्मको कारणले उसले यो बिरालोको शरीर पाएको छ, विस्मृति | त्यसैले मैले यो बिरालोलाई मदत गर्नुपर्यो, यसलाई कृष्ण प्रसादम् दिनुपर्यो ताकी कुनै दिन ऊ कृष्ण भावनामा आउँछ | यो उसमा कृष्ण देख्नु हो | यो होइन कि,"ओहो, यहाँ कृष्ण हुनुहुन्छ, यो बिरालोलाई अंगाल्नुपर्यो |" यो नचाहिने कुरा | यहाँ बाघ छ,"ओहो, यहाँ कृष्ण हुनुहुन्छ, आउ, कृपया मलाई खाउ |" यो धुर्तता हो | तपाईले हरेक जीवप्रति सहानुभूति देखाउनुपर्छ कि ऊ कृष्णको अंश हो | वाञ्छा-कल्पतरुभ्यश् च कृपा-सिन्धुभ्य एव च​ | यो होइन कि हामीले उसलाई अन्गाल्नेछु,"आउ कृष्ण |" त्यसैले "वास्तविक योगीले मलाई हरेक जीवमा देख्छ |" यो देख्नु हो | किन हामी यी बच्चाहरुलाई स्वागत गर्छौं ? किनकि ऊ कृष्णको अंश हो | तपाईले उसलाई मौका दिनुभएको छ, सम्भव भएसम्म, किर्तनमा भाग लिन, प्रसादमको स्वाद लिन | त्यो बच्चा जो आउँछ, यसरी नक्कल गर्छ, नसोच्नुहोस् कि यो बेकार हुन्छ | केहि कृष्ण भावनामा गर्यो भने, जानेर वा नजानेर, यसको असर हुन्छ | यी बच्चाहरु जो दण्डवत गर्दैछन्, वा "कृष्ण" भन्ने प्रयास गर्छन्, वा तालि, यी कुराहरु कृष्ण भावनाको खातामा जम्मा हुन्छ | ज्जस्तई यदि बच्चाले यो आगो छुन्छ, यसले पोल्छ | यसले बच्चालाई माफ गर्दैन कि "ओहो, ऊ बच्चा छ, उसलाई थाहा छैन |" आगोले पोल्छ | त्यसैगरी यदि कृष्ण परमात्मा हुनुहुन्छ, एउटा बच्चा जसले यसमा भाग लिन्छ, कृष्णले याद गर्नुहुन्छ | उसलाई थाहा हुन सक्छ पनि हुनसा सक्दैन पनि | यसको मतलब हुँदैन | किनकि कृष्ण त्यहाँ हुनुहुन्छ | त्यसैले यो यति राम्रो छ | तसर्थ हरेक जीवलाई मौका दिनुपर्छ | यी बालकहरु बाहिरका मानिसलाई निमंत्रना दिंदैछन्,"आउ" यो प्रेम-भोजमा | विचार के हो ? त्यस विचार, उसलाई आउन दिने, थोरै प्रसाद लिने र यसले कुनै दिन कृष्ण भावनामा मदत गर्छ | यसले मदत गर्नेछ | यो उनीहरुको प्रचार हो | उनीहरु सबजनालाई देख्दैछन् | कृष्ण, उनीहरु सबजनामा कृष्णलाई देख्छन्, त्यस प्रकारले | यो होइन कि सबजना कृष्ण हुन् | यो गल्ति नगर्नुहोस् | कृष्ण सर्वत्र हुनुहुन्छ | किन यस मानवमा, उहाँ अणुमा पनि हुनुहुन्छ | अण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम् (भ गी ५|३५) | तपाईले ब्रह-संहितामा पाउनुहुनेछ | परमाणु भनेको अणु | उहाँ अणुभित्र पनि हुनुहुन्छ | किन हरेक जीवमा ? तपाईसँग त्यस ज्ञान हुनुपर्छ |