NE/Prabhupada 0312 - मनुष्य विवेकशील पशु हो



Morning Walk -- April 1, 1975, Mayapur

प्रभुपाद: अहिले, कम्तिमा मेरो लागि, यो कृष्ण भावनामृत अभियान सैद्धान्तिक छैन | यो व्यावहारिक छ | मैले सबै समस्या समाधान गर्नसक्छु |

पुष्ट कृष्ण : मानिसहरु तपस्या गर्न चाहँदैनन् |

प्रभुपाद: हँ ?

पुष्ट कृष्ण : मानिसहरुले कुनै तपस्या स्वीकार्दैनन् |

प्रभुपाद : तब तिमी रोगबाट पीडित हुनुपर्छ | यदि तिमी रोगी छौ भने तिमीले....... यो तपस्या के हो ? कहाँ छ तपस्या ?

पुष्ट कृष्ण : यदि तिनीहरुले औषधी स्वीकारेनन् भने उनीहरुको उपचार गर्न सकिंदैन |

प्रभुपाद : तब तिनीहरुले पीडा भोग्नुपर्छ | एउटा रोगी मानिसले औषधी स्वीकार्दैन भने.....? उसले पीडा भोग्नुपर्छ | समाधान के हो ?

पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ |

प्रभुपाद : हँ ?

पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ | उनीहरु भन्छन् कि हामी सबै योगी हौँ, तिनीहरु होइनन |

प्रभुपाद : हो | एउटा बहिरोले सबैलाई बहिरो सम्झिन्छ | (हाँसो) त्यो भनेको तिनीहरु मानव पनि होइनन् | पशु | तिनीहरु तर्क पनि गर्दैनन् कि "हामी रोगी हौँ वा तिमीहरु रोगी हौ | बस | कुरा गरौँ |" तिनीहरु त्यसो गर्न पनि तयार छैनन् | तब ? हामीले पशुसँग के गर्न सक्छौं ?

पञ्चद्रविड: तिनीहरु भन्छन् कि हामी पुरानो जमानाको छौं | उनीहरु हामीसँग तर्क गर्न चाहँदैनन् |

प्रभुपाद : तब तिनीहरु किन समस्याको मतलब गर्छन् ? तिनीहरु किन समाजका समस्याको मतलब गर्छन् ? तिनीहरु मतलब गर्छन्, तर समाधान निकाल्न सक्दैनन् | सारा संसारभर, पत्रिकाहरु भरिएका छन्, केवल नचाहिने कुरा |

विष्णुजन : श्रील प्रभुपाद, के तपाई उनीहरुलाई विवेकशील बनाउन सक्नुहुन्छ ? यदि उनीहरु विवेकशील छैनन् भने के कुनै उपाय छ.......

प्रभुपाद : उनीहरु विवेकशील छन् | हरेक मानिस विवेकशील हुन्छ | यो भनिन्छ कि, "मानिस विवेकशील पशु हो |" त्यसैले जब तार्किक क्षमता हुँदैन, त्यो भनेको तिनीहरु पशु हुन् |

पञ्चद्रविड​: पशुसँग के गर्न सकिन्छ ?

प्रभुपाद: यो सामान्य सत्य हो | केवल म यो शरीर हुँ | म खुसी खोज्दैछु | किन म खुसी खोज्दैछु ? यदि तिमीले केवल यो विषयमा कुरा गर्छौ भने तिमीले पाउँछौ कि मानिस विवेकशील हुन्छ | किन म खुसी खोज्दैछु ? जवाफ के हो ? त्यो तथ्य हो | सबैजना खुसी चाहन्छन् | हामी किन खुसी खोज्दैछौँ ? जवाफ के हो ?

पञ्चद्रविड​: किनकि सबैजना तनावमा छन् र तिनीहरु यो रुचाउँदैनन् |

प्रभुपाद : त्यो उल्टो व्याख्या हो |

कीर्तनानन्द : किनकि म स्वभावले नै खुसी छु |

प्रभुपाद: हो | म स्वभावले नै खुसी छु | र को खुसी छ, यो शरीर वा आत्मा ?

पुष्ट कृष्ण : होइन, आत्मा |

प्रभुपाद : कसलाई खुसी चाहन्छ ? म यो शरीर बचाउन चाहन्छु - किन ? किनकि म यो शरीर भित्र छु | र यदि म यो शरीरलाई छोडेर जान्छु भने कसले यो शरीरको लागि खुसी खोज्छ ? यो सामान्य तर्क, तिनीहरु बुझ्दैनन् | किन म खुसी खोज्दैछु ? म यो शरीरलाई ढाक्दैछु किनकि शरीरलाई चिसो लाग्न सक्छ | किन म चिसो र तातोबाट शरीरको खुसी खोज्दैछु ? किनकि म शरीरभित्र.... यदि मैले शरीर छोडें भने खुसीको खोजी पनि अन्त्य हुन्छ | चाहे त्यसलाई सडकमा फाल वा अधिक चिसोमा वा अधिक गर्मीमा, कुनै मतलब हुँदैन | तब कसले खुसी खोज्दैछ ? त्यो तिनीहरुलाई थाहा छैन | तिमी कसको लागि खुसी खोज्दैछौ ? त्यो तिनीहरुलाई थाहा छैन | बिरालो र कुकुर जस्तै |

पुष्ट कृष्ण : तर तिनीहरु सोच्छन् कि तिनीहरुसँग भगवानको नाम जप्ने फुर्सद छैन |

प्रभुपाद : हँ ?

पुष्ट कृष्ण: तिनीहरुको सिद्धान्त अनुसार खुसी हुनको लागि सारा दिन काम गर्नुपर्छ |

प्रभुपाद : हँ | त्यो तिमीहरु सिद्धान्त हो | तिमीहरु मूर्ख हौ, तर हामीहरु काम गरिरहेका छैनौं | तिमीहरु हाम्रो उदाहरण किन हेर्दैनौ ? हामी केवल खुसी भएर बाँच्दैछौं |