NE/Prabhupada 0313 - सबै श्रेय कृष्णलाई जान्छ



Lecture on SB 3.26.42 -- Bombay, January 17, 1975

भक्तहरुको काम भनेको महिमागान गर्ने हो | उसले आफ्नो लागि कुनै श्रेय लिंदैन | वस्तवमा, केहि श्रेय लिनुपर्ने कुनै कुरा छैन | सबै श्रेय कृष्णलाई जान्छ | एउटा भक्तले न कहिल्यै दाबी गर्छ; न त त्यो सम्भव छ | ऊ निकै ठुलो भक्त भए पनि, उसले कहिल्यै पनि आफ्नो लागि दाबी गर्दैन | उसका राम्रा क्रियाकलापहरु कृष्णलाई यशाश्वी बनाउन लागि हुन्छ | त्यो नै उसको यशस्वी कार्य हो , भौतिक मान्छेले जस्तो आफैंले श्रेय लिने होइन | स्व-कर्मणा तम् अभ्यर्च्य सिद्धिं विन्दति मानवः (भ गी १८|४६) | स्व ​-कर्मणा | तिमी कुनै स्थितिमा, कुनै पनि विभागमा कार्य गर्न सक्छौ | तर आफ्नो कार्यद्वारा तिमीले भगवान् कृष्णको अस्तित्व स्थापना गर्नुपर्छ र जुनसुकै कार्य सम्पन्न हुन्छ, त्यो कृष्णको दक्ष व्यवस्थापनद्वारा हुन्छ | सुर्य ठिक समयमा उदाउँछ र ठिक समयमा अस्ताउँछ | र विभिन्न मौसम अनुसारको तापक्रम, उत्तरायण​, दक्षिणायन​- सबैकुरा भगवानको आदेश अन्तर्गत दक्ष रुपमा व्यवस्थापन हुँदैछ | मयाध्यक्षेण प्रकृतिः (भ गी ९|१०) | यो नासोच कि सूर्य स्वतः कार्यरत छ | स्वतः होइन | स्वामी त्यहाँ हुनुहुन्छ, कृष्ण | यस्याज्ञया भ्रमति सम्भृत​-काल​-चक्रः | यो ब्रह्माण्डमा सूर्य यति शक्तिशाली छ | लाखौँ सूर्यहरु छन् | यी केवल एउटा सूर्य हो - तर उसले कृष्णको आदेश पालन गर्दैछ | यच्-चक्षुर् एष सविता सकल​-ग्रहाणां राजा समस्त​-सुर​-मूर्तिर् अशेष​-तेजाः | अशेष​-तेजाः, असिमित प्रकाश, असिमित अग्नि, असिमित ताप | अशेष | अशेष​-तेजाः | सूर्यको ताप र प्रकाशसँग कुनै तुलना गर्न सकिंदैन | यो ब्रह्माण्डमा कुनै तुलना गर्न सकिंदैन | असिमित | लाखौं-करोडौं वर्षदेखि सूर्यबाट प्रकाश र ताप आउँदैछ, तर कुनै ह्रास देखिएको छैन | सूर्य लाखौं वर्ष अगाडि जस्तो थियो, अहिले पनि त्यस्तै छ, र लाखौं-करोडौं वर्षदेखि प्रकाश र ताप दिंदा पनि अझै समान मात्रामा प्रकाश र ताप प्राप्त हुन्छ | त्यसैले, जसरी एउटा भौतिक वस्तु असिमित ताप र प्रकाश दिएर पनि समान हुन्छ, त्यसैगरी, भगवान् आफ्नो शक्तिलाई विस्तार गरेर, आफ्नो शक्तिद्वारा, उहाँ पुनः समान रहन सक्नुहुन्छ | उहाँमा कुनै ह्रास देखिंदैन |

पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) हामीले एउटा भौतिक वस्तुमा पनि देख्न सक्छौँ कि लाखौं-करोडौं वर्षदेखि ताप दिंदा पनि समान ताप, समान प्रकाश विद्यमान हुन्छ, त्यसैले भगवानको लागि यो किन सम्भव हुँदैन ? त्यसैले इशोपनिषदमा हामीलाई भनिएको छ कि पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते | यदि तिमीले कृष्णबाट सारा शक्ति लिन्छौ भने पनि सारा शक्ति विद्यमान हुन्छ | तर आजकाल तिमी चकित हुन्छौ | आधुनिक भगवानहरु - धेरै "आधुनिक भगवानहरु" छन्; म नाम भन्न चाहन्न | तर एउटा आधुनिक भगवानले आफ्नो शक्ति शिष्यलाई दियो, र जब ऊ सचेत भयो, तब ऊ रुन सुरु गर्यो | शिष्यले गुरुलाई सोध्यो, "तपाई किन रुनुभएको ?" "मेरो सबै कुरा सकियो | मैले तिमीलाई सबै कुरा दिइसकें | मैले तिमीलाई सबै कुरा दिइसकें; त्यसैले अब मेरो अन्त्य भयो |" त्यो आध्यात्मिक होइन | त्यो भौतिक हो | मसँग सय रुपैँया छ | यदि मैले तिमीलाई सय रुपैँया दिएँ भने मेरो गोजी खाली हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | कृष्णले सयौँ, हजारौँ, लाखौँ कृष्ण बनाउन सक्नुहुन्छ, तर पनि उहाँ कृष्ण हुनुहुन्छ | कृष्ण त्यस्तो हुनुहुन्छ | शक्ति कहिल्यै नाश हुँदैन | त्यसलाई भनिन्छ पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) | यो नक्कली भगवानले हामीलाई मदत गर्न सक्दैन | वास्तविक भगवान्,

ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः
अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम्
(ब्र स ५|१)

सर्व​-कारण​-कारणम् | उहाँको कहिल्यै नाश हुँदैन | यो भनिन्छ कि

यस्यैक​-निश्वसित​-कालम् अथावलम्ब्य
जीवन्ति लोम​-विलजा जगद्-अण्ड​-नाथाः
विष्णुर् महान् स इह यस्य कला-विशेषो
गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि
(ब्र स ५|४८)

लाखौँ ब्रह्माण्डहरु उहाँको स्वाससँगै निस्कन्छन् र तिनीहरु स्वास भित्र लिंदा पुनः नाश हुन्छन् | यसरी ब्रह्माण्डहरु बाहिर आउँदैछन् | जगद्-अण्ड​-नाथाः जगद्-अण्ड​-नाथाः | जगद्-अण्ड भनेको ब्रह्माण्ड,​ र नाथ भनेको, ब्रह्माण्डको मालिक, अर्थात् ब्रह्मा | उनको निश्चित आयु छ | र त्यो आयु कति हुन्छ ? महा विष्णुको स्वास फेर्ने समयावधि |