NE/Prabhupada 0537 - कृष्ण गरिब मानिसको लागि पनि आराधना गर्न खुला हुनुहुन्छ



Janmastami Lord Sri Krsna's Appearance Day Lecture -- London, August 21, 1973


शास्त्रमा भनिएको छ, जनस्य मोहो ऽयम् अहं ममेति (श्री भा ५|५|८) | यो "म र मेरो" दर्शन भ्रम हो | यो भ्रम भनेको माया | यदि तापी यो भ्रम, मायाबाट निस्किन चाहनुहुन्छ भने तपाईले कृष्ण सूत्र स्वीकार्नुपर्छ | माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते | मर्द्निर्देशनको लागि सम्पूर्ण कुरा भगवद गीतामा छ, यदि हामीले भगवद गीताको दर्शन स्वीकार्नुहुन्छ | सबै कुरा त्यहाँ छ | शान्ति छ, समृद्धि छ | त्यो पनि तथ्य हो | दुर्भाग्यवश, हामीले यो स्वीकार्दैनौं | त्यो हाम्रो दुर्भाग्य हो | वा हामी यसको अपव्याख्या गर्छौं | कृष्णले भगवद गीतामा भन्नुहुन्छ कि मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | कृष्णले भन्नुहुन्छ कि "तिमी सधैं मेरो बारेमा सोच," मन्-मना भव मद्-भक्तो | "मेरो भक्त बन |" मद्=याजी,"तिमी मेरो आराधना गर |" मां नमस्कुरु, "र मलाई दण्डवत गर |" के यो कठिन कार्य हो ? यहाँ कृष्णको अर्च-विग्रह हुनुहुन्छ | यदि तपाई अर्च विग्रहलाई राधा कृष्ण सोच्नुहुन्छ, के यो कठिन छ ? मन्-मना | तपाई मन्दिर आउनुहोस् र भक्त जसरी, अर्च-विग्रहलाई सम्मान प्रकट गर्नुहोस्, मन्-मना भव मद्-भक्तो | सम्भव भए सम्म अर्च विग्रहको आराधना गर्नुहोस्, पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति (भ गी ९|२६) | कृष्णलाई तपाईको सारा सम्पत्ति चाहिंदैन | कृष्ण गरिब मानिसको लागि पनि आराधना गर्न खुला हुनुहुन्छ | उहाँले के माग्नुहुन्छ ? उहाँ भन्नुहुन्छ, पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति: "भक्तिपूर्वक यदि एउटा व्यक्तिले मलाई थोरै पात अर्पण गर्छ, थोरै फल अर्पण गर्छ, थोरै पानी अर्पण गर्छ, म त्यो स्वीकार्छु |" कृष्ण भोको हुनुहुन्न तर कृष्णले तपाईलाई भक्त बनाउन चाहनुहुन्छ | यो मुख्य कुरा हो | यो मे भक्त्या प्रयच्छति | त्यो मुख्य सिद्धान्त हो | यदि तपाईले कृष्णलाई थोरै कुरा अर्पण गर्नुहुन्छ....... कृष्ण भोको हुनुहुन्न; कृष्णलाई सबजनालाई भोजन प्रदान गर्दै हुनुहुन्छ | एको यो बहूनां विदधाति कामान् | तर कृष्णले तपाईको प्रेम, तपाईको भक्ति चाहनुहुन्छ | तसर्थ उहाँले थोरै पत्रं पुष्पं फलं तोयं माग्दै हुनुहुन्छ | मन्-मना भव मद्-भक्तो | कृष्णलाई बुझ्न र कृष्ण भावना स्वीकार्न कुनै कठिनाई छैन | तर हामीलाई त्यो चाहिंदैन, त्यो हाम्रो रोग हो | अन्यथा, यो थोरै पनि कठिन छैन | र जब हामी कृष्णको भक्त बन्छौं, तब हामीले सम्पूर्ण परिस्थिति बुझ्छौं | हाम्रो सिद्धान्त, भागवत सिद्धान्त पनि साम्यवाद हो किनकि हामी कृष्णलाई परम-पिता मान्छौं र सब जीवहरु कृष्णका पुत्र हुन् | कृष्णले भन्नुहुन्छ कि उहाँ सम्पूर्ण लोकको मालिक हुनुहुन्छ, सर्व​-लोक​-महेश्वरम् (भ गी ५|२९) | तसर्थ जे पनि छ, चाहे आकाशमा वा पानीमा वा जमिनमा, तिनीहरु सब कृष्णका सम्पत्ति हुन् | र हामी सबजना कृष्णका पुत्र भएको कारण हामी सबजनासँग पिताको सम्पत्ति प्रयोग गर्ने अधिकार छ | तर हामीले अरुको सम्पत्ति हडप्ने प्रयास गर्नुहुन्न | यो शान्तिको सूत्र हो | मा गृध कस्य स्विधनम्, ईशावास्यम् इदं सर्वम् (ईशो १) | सबै कुरा भगवानसँग सम्बन्धित छ | तपाई भगवानका पुत्र हुनुहुन्छ | तपाईसँग पिताको सम्पत्ति प्रयोग गर्ने अधिकार छ तर आफुलाई चाहिनेभन्दा बढी नलिनुहोस् | त्यो दण्डनीय छ | यी कुराहरु श्रीमद भागवतममा वर्णित छन् | स्तेन एव स उच्यते (भ गी ३|१२), भगवद गीतामा भनिएको छ "ऊ चोर हो |" यदि कसैले आफुलाई चाहिनेभन्दा धेरै लिन्छ भने ऊ चोर हो | यज्ञार्थात् कर्मणो ऽन्यत्र लोको ऽयं कर्म​-बन्धनः (भ गी ३|९) | यदि कृष्णको सन्तुष्टिको लागि...... यज्ञ अर्थात् कृष्ण | कृष्णको अर्को नाम यज्ञेश्वर​ | यदि तपाईले कृष्णको लागि कार्य गर्नुहुन्छ भने तपाईले प्रसाद ग्रहण गर्नुहुन्छ | त्यो कुरा हामीले यहाँ सिकाउँदैछौं | यो मन्दिरमा हामी बस्दैछौं | अमेरिकी, भारतीय, बेलायती, क्यानडेली, अफ्रिकी, संसारको विभिन्न भागबाट | तपाईले यो थाहा पाउनुहोस् | यो मन्दिरमात्र होइन, सारा संसारभरि | (विराम) कृष्ण परम भोक्ता हुनुहुन्छ र कृष्ण सबजनाको परम-मित्र हुनुहुन्छ | जब तपाईले यो बिर्सनुहुन्छ, तब हामी यो भौतिक जगतमा आउनुहुन्छ र अस्तित्वको संघर्षको लागि एक-अर्कासँग झगडा गर्नुपर्छ | यो भौतिक जीवन हो | तपाईले प्राप्त गर्न सक्नुहुन्न..... नेताहरु, कुटनीतिज्ञहरु, दार्शनिकहरुले धेरै प्रयास गरिसके तर वास्तवमा केहि पनि सार्थक भएको छैन | जस्तै संयुक्त-राष्ट्रसंघ | यसको स्थापना दोस्रो विश्वयुद्धपछी भएको थियो र तिनीहरुले चाहन्थे कि शान्तिपूर्वक उनीहरुले सबै कुरा शान्त पार्न सक्छन् | तर त्यस्तो कुरा छैन | युद्ध चल्दैछ, भारत र पाकिस्तानबीच, भिएतनाम र अमेरिकाबीच र यो र त्योबीच | यो प्रक्रिया होइन | वास्तविक प्रक्रिया भनेको कृष्ण भावना हो | सबजनाले यो तथ्य बुझ्नुपर्छ कि हामी मालिक होइनौं | मालिक कृष्ण हुनुहुन्छ | त्यो तथ्य हो | जस्तै अमेरिका | दुई सय वर्ष अघि अमेरिकी, युरोपेली आप्रवासीहरु माइक थिएनन्- अरु कोहि मालिक थियो | उनीहरु अघि अरु कोहि मालिक थियो वा जमिन खाली थियो | वास्तविक मालिक कृष्ण हुनुहुन्छ | तर कृत्रिम रुपमा तपाईले दाबि गर्दै हुनुहुन्छ कि "यो मेरो सम्पत्ति हो |" जनस्य मोहो ऽयम् अहं ममेति (श्री भा ५|५|८) | यसलाई माया भनिन्छ |