NE/Prabhupada 0539 - यस कृष्ण भावनामृत अभियानलाई बुझ्ने प्रयास गर्नुहोस्



Janmastami Lord Sri Krsna's Appearance Day Lecture -- London, August 21, 1973


यदि हामी वास्तवमा सामाजिक शान्ति र समृद्धिको लागि अग्रसर छौं भने हामी कृष्णलाई बुझ्न धेरै गम्भीर हुनुपर्छ | त्यो हाम्रो अनुरोध हो | कृष्ण भावनामृत अभियानलाई उपेक्षा नगर्नुहोस् | यो अभियानले जीवनको सम्पूर्ण समस्या समाधान गर्न सक्छ, संसारको सम्पूर्ण समस्या समाधान गर्न सक्छ | सामाजिक, राजनैतिक, दार्शनिक, धार्मिक, आर्थिक- कृष्ण भावनाद्वारा सबै कुराको समाधान पाइन्छ | तसर्थ हाम्रो निवेदन छ कि जो अगुवा हुनुहुन्छ, जस्तै महामहिमज्यु यहाँ उपस्थित हुनुहुन्छ, तपाईले यस कृष्ण भावनामृत अभियान बुझ्ने प्रयास गर्नुपर्छ | यो धेरै वैज्ञानिक एवं आधिकारिक छ | यो मानसिक कल्पना वा भावुक अभियान होइन | यो सबभन्दा वैज्ञानिक अभियान हो | हामी सारा राष्ट्रका अगुवाहरुलाई आमन्त्रित गर्दैछौं: बुझ्ने प्रयास गर्नुहोस् | यदि तपाई धीर हुनुहुन्छ, यदि तपाई वास्तवमा तार्किक हुनुहुन्छ भने तपाईले बुझ्नुहुनेछ कि यस कृष्ण भावनामृत अभियान सम्पूर्ण मानव समाजको कल्याणको लागि दिव्य अभियान हो | यो तथ्य हो | जो पनि आउन सक्छ | हामी यो विषयमा चल्फा गर्न तयार छौं | कृष्ण भूलिया जीव भोग वाञ्छा करे | हाम्रो मानव जीवनको अन्तिम लाख्य भनेको अमरत्व प्राप्त गर्नु हो | त्यकत्वा देहं पुनर् जन्म नैति (भ गी ४|९), यो हाम्रो....... हामीले यो कुरा बिर्सिएका छौं | हामी केवल कुकुर-बिरालोको जीवन बाँच्दैछौं, हामीले जीवनको पूर्णता प्राप्त गर्न सक्छौं भन्ने कुनै ज्ञान छैन, जुन अवस्थामा जन्म हुँदैन, मृत्यु हुँदैन | हामीले बुझ्दैनौं कि अमृतत्वम् को पनि सम्भावना छ | तर सबै कुरा सम्भव छ | अमृतत्वम् | कोहि मर्न चाहँदैन | यो तथ्य हो | कोहि पनि बुढो हुन चाहन्न, कोहि पनि रोगी हुन चाहन्न | यो हाम्रो प्राकृतिक झुकाव हो | किन ? किनकि मौलिक रुपमा हाम्रो आध्यात्मिक रुपमा कुनै जन्म, मृत्यु, बुढ्यौली, रोग हुँदैन | जलचर, पंक्षी, पशु, वृक्ष, रुखको जीवनबाट विकसित हुँदै जब तपाई यो मानव जीवनमा आउनुहुन्छ....... अशीतिं चतुरश् च्ऐव लक्षांस् ताद् जीव​-जातिषु | यो विकासवादी प्रक्रिया हो | हामी मानव शरीरमा आउँछौं | तब हामीले बुझ्नुपर्छ कि जीवनको लक्ष्य के हो | जीवनको लक्ष्य अमृतत्वम् हो, अमर हुनु हो | तपाईले केवल कृष्ण भावनाभावित भएर अमर बन्न सक्नुहुन्छ | कृष्णले भन्नुहुन्छ | यो तथ्य हो | हामीले केवल बुझ्नुपर्छ | जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः | यदि तपाईले कृष्णलाई वास्तविक रुपमा, तत्त्वतः बुझ्नुहुन्छ भने त्यक्त्वा देहं पुनर् जन्म नैति (भ गी ४|९), यो शरीर त्यागेपछि तपाईले कुनै भौतिक शरीर स्वीकार्नुहुन्न | यदि तपाईले भौतिक शरीर स्वीकार्नुहुन्न भने तपाई अमर बन्नुहुन्छ | किनकि प्राकृतिक रुपमा हामी अमर छौं | त्यसैले हामीलाई शिक्षा दिन कृष्ण अवतरित हुनुहुन्छ, कि "तिमि प्राकृतिक रुपमा अमर छौ | आत्माको रुपमा तिमी मेरो अंश हौ | म अमर छु | त्यसैले तिमी पनि अमर छौ | अनावश्यक रुपमा तिमी यो भौतिक जगतमा खुसी हुन प्रयासरत छौ |" ममैवांसो जीव भूतो जीव​ऌओके सनातनः मनः सष्टनिन्द्रियानि प्रकृति-स्थानि कर्षति (भ गी १५|७) | केवल अनावश्यक संघर्ष | सर्वोत्तम कुरा यो हुन्छ कि तपाईले धेरै प्रकारको जीवन इन्द्रियतृप्ति गर्नुभएको छ, कुकुर, बिरालो, देवता, वृक्ष, किरा, धेरै रुपमा | अब यस मानव जीवनमा इन्द्रियातित जीवनबाट आकर्षित नहुनुहोस् | केवल कृष्णलाई बुझ्ने प्रयास गर्नुहोस् | यो शास्त्रको बयान हो | नायं देहो देह​-भाजां नृलोके कष्टान् कामान् अर्हते विड्-भुजां ये (श्री भा ५|५|१) | कुकुर र सुँगुर जसरी इन्द्रियतृप्तिको लागि धेरै मेहेनत गर्नु मानव जीवनको लक्ष्य होइन | मानव जीवन थोरै तपस्याको लागि हो | तपो दिव्यं पुत्रका येन शुद्ध्येत् सत्त्वम् | हामीले आफ्नो अस्तित्वलाई शुद्ध पार्नुपर्छ | यो मानव जीवनको लक्ष्य हो | मैले मेरो सत्त्व अस्तित्वलाई किन शुद्ध पार्ने ? ब्रह्म-सौख्यम् त्व् अनन्तम् | तब तपाईले असिमित आनन्द, असिमित खुसी प्राप्त गर्नुहुन्छ | त्यो वास्तविक आनन्द हो | रमन्ते योगिनो ऽनन्ते सत्यानन्द​-चिद्-आत्मनि इति राम​-पदेनासौ परं ब्रह्माभिधीयते (चै च मध्य ९|२९) |