NE/Prabhupada 0540 - सबभन्दा उच्च व्यक्तित्वको रुपमा आराधना गरिने व्यक्ति क्रान्तिकारी हुन्



Sri Vyasa-puja -- Hyderabad, August 19, 1976


श्रीपद सम्पत् भट्टाचार्य​, महिला तथा सज्जनहरु: आजको यस व्यास-पुजा समारोहमा उपस्थित हुनुभएकोमा धन्यवाद | म बसेको आसनलाई व्यासासन हो | गुरु व्यासदेवको प्रतिनिधि हुन् | सबजनाले व्यासदेव, वेद व्यासको नाम सुन्नुभएको छ | जसले महान आचार्य व्यस्देवको प्रतिनिधित्व गर्छन्, उनलाई व्यासासनमा बस्न अनुमति दिइन्छ | गुरु व्यासदेवको प्रतिनिधि हुन्, तसर्थ उनको आभिर्भाव दिवसलाई व्यास-पुजाको रुपमा स्वीकारिन्छ | अब मैले आफ्नो स्थान वर्णन गर्नुपर्छ किनकि आजकल, सबभन्दा उच्च व्यक्तित्वको रुपमा आराधना गरिने व्यक्ति क्रान्तिकारी हुन् | किनकि उनीहरुलाई प्रजातन्त्र मन पर्छ, भोटद्वारा कसैलाई चुन्न सकिन्छ, चाहे ऊ जतिसुकै धुर्त होस् | तर हाम्रो विधि, गुरु-परम्परा विधि भिन्न छ | हाम्रो विधिमा यदि तपाईले वैदिक ज्ञान गुरु-परम्परा विधिद्वारा स्वीकार्नुहुन्न भने यो बेकार हुन्छ | तपाईले वैदिक ज्ञानको व्याख्या उत्पादन गर्न सक्नुहुन्न | जस्तै गोबर | गोबर पशुको विष्टा हो | वैदिक उपदेश छ कि यदि तपाईले कुनै पनि पशुको विष्टा छुनुहुन्छ भने तपाईले तत्काल स्नान गरेर आफुलाई शुद्ध पार्नुपर्छ | तर वैदिक उपदेश यो पनि छ कि गोबरले कुनै पनि अशुद्ध स्थानलाई शुद्ध पार्न सक्छ | विशेषगरी हामी हिन्दुहरु यसलाई स्वीकार्छौं | अब तार्किक रुपमा यो विरोधाभाषपूर्ण छ | पशुको विष्टा अशुद्ध हुन्छ र वैदिक उपदेश छ कि शुद्ध हुन्छ | वास्तवमा हामी गोबरलाई कुनै पनि स्थानलाई शुद्ध पार्न सक्ने भनेर स्वीकार्छौं | पञ्च-गव्यमा गोबर हुन्छ, गोमुत्र हुन्छ | यो वैदिक उपदेश विरोधाभाषपूर्ण छ | तर पनि हामी यसलाई स्वीकार्छौं किनकि यो वैदिक आदेश हो | यो वेदको स्वीकारोक्ति हो | जस्तै भगवद-गीता | भगवद गीतालाई धेरै धुर्तहरुले घटाउँछन्: "मलाई यो मन पर्छ; मलाई यो मन पर्दैन |" होइन | अर्जुनले भन्नुहुन्छ कि सर्वम् एतद् ऋतं मन्ये (भ गी १०|१४) | यो वेदहरुको बुझाई हो | यदि एउटा धुर्तले "मलाई यो मन पर्दैन, म व्याख्या गर्छु" भन्दै घटाउँछ भने यो भगवद गीता होइन | भगवद गीता भनेको तपाईले यथारुपमा स्वीकार्नुपर्छ | भगवद गीता भनेको यस्तो हुनुपर्छ | तसर्थ हामीले भगवद गीता यथारुप प्रस्तुत गर्दैछौं | भगवद गीताका वक्ता कृष्णले भन्नुहुन्छ, स कालेनेह योगो नष्टः परन्तप​ | "मेरो प्रिय अर्जुन, यस भगवद गीताको ज्ञान," इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम् (भ गी ४|१), "मैले सर्वप्रथम सूर्य-देवलाई भनेको थिएँ र उनले आफ्ना पुत्रलाई भने," विवस्वान् मनवे प्राह​ | वैवस्वत मनुलाई | मनुर् इक्ष्वाकवे ऽब्रवीत् | एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२) | यो प्रक्रिया हो | स कालेनेह योगो नष्टः परन्तप​ | जो यस परम्परा विधिबाट आउँदैन, यदि उसले वैदिक शास्त्रको व्याख्या प्रस्तुत गर्छ भने यो बेकार हुन्छ | यो बेकार हुन्छ | यसको कुनै अर्थ हुँदैन | योगो नष्टः परन्तप​ | यो चल्दैछ | यसको कुनै अर्थ छैन |