NE/Prabhupada 0541 - यदि मलाई प्रेम गर्छौ भने मेरो कुकुरलाई प्रेम गर



Sri Vyasa-puja -- Hyderabad, August 19, 1976


तपाईले भगवानको शब्द अनुवाद गर्न सक्नुहुन्न | त्यो सम्भव छैन | र धर्म भनेको धर्मां तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) | तपाईले आफ्नो घरमा कुनै प्रकारको धार्मिक विधि उत्पादन गर्न सक्नुहुन्न | त्यो धुर्ताता हो, त्यो बेकार छ | धर्म भनेकोसाक्षाद् भगवत्-प्रणीतम् | जस्तै न्याय | न्याय भनेको सरकारद्वारा दिइएको | तपैले आफ्नो घरमा न्याय उत्पादन गर्न सक्नुहुन्न | मानौं सडकमा, व्यवहारिक बुद्धि, सरकारी न्याय भनेको दायाँ रहने वा बायाँ रहने हो | तपाईले भन्न सक्नुहुन्न "म दायाँ वा बयान गएमा के गलत छ ?" होइन, त्यो तपाई सक्नुहुन्न....तब तपाई अपराधी हुनुहुन्छ | त्यसैगरी आजकल.... आजकल होइन- अनाडी कालदेखि, धेरै धार्मिक विधि छन् | धेरै | तर वास्तविक धार्मिक विध भनेको भगवान के भन्नुहुन्छ वा कृष्ण के भन्नुहुन्छ | सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | यो धर्म हो | सरल | तपाई धर्म उत्पादन गर्न सक्नुहुन्न | तसर्थ श्रीमद भागवतममा, सुरुवात हो, धर्मः प्रोज्झित​-क्ऐतवो ऽत्र परमो निर्मत्सराणाम् (श्री भा १|१|२) | त्यसैले.....कसैले द्वेष गर्न सक्छ, कि यो व्यक्तिले केहि शिष्यलाई परिष्कृत गरेको छ र तिनीहरु प्रार्थना र पुजा अर्पण गर्दै छन् | होइन, यो विधि हो | द्वेष नगर्नुहोस्..... आचार्यं मां विजानीयान् नावमन्येत कर्हिचित् (श्री भा ११।१७।२७) | आचार भगवानको प्रतिनिधि हुनुहुन्छ | यस्य प्रसादाद् भगवत्-प्रसादो | यदि तपाई प्रार्थना गर्नुहुन्छ, आचार्यलाई सम्मान, तब कृष्ण, सर्वोच्च पुरुषोत्तम भगवान खुसी हुनुहुन्छ | उहाँलाई खुसी बनाउन तपाईले उहाँको प्रतिनिधिलाई खुसी बनाउनु पर्छ | "यदि तिमी मलाई माया गर्छु, मेरो कुकुरलाई माया गर |" र भगवाद गीतामा भनिएको छ आचार्योपासनम् | आचार्योपासनम् | हामीले आचार्यको पुजा गर्नुपर्छ | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुरु तस्यैते कथित ह्य् अर्थः प्रकाशन्ते महात्मनः (श्वे उ ६।२३) यो वैदिक मन्त्र हो | तद्-विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत् (मु उ १|२|१२) | तस्माद् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् शब्दे पारे च निष्णातं ब्रह्मण्य् उपशमाश्रयम् (श्री भा ११|३|२१) तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भ गी ४।३४) | त्यसैले उपदेशहरु छन् | गुरु परम्परा विधिबाट आउनुपर्छ | तब उहाँ प्रमाणिक हुनुहुन्छ | अन्यथा उनी धुर्त छन् | परम्परा विधिबाट आनुनुपर्छ, र तद्-विज्ञानम् बुझ्नको लागि, दिव्य विज्ञान, तपाई गुरु समक्ष जानुपर्छ | तपाईले भन्न सक्नुहुन्न "म घरमा बुझ्न सक्छु |" होइन | त्यो सम्भव छैन | त्यो सब शास्त्रको उपदेश हो | तस्माद् गुरुं प्रपद्......कसलाई गुरु चाहिन्छ ? गुरु फेसन होइन कि तपाईले फेसनको रुपमा कुकुर राखे जस्तै, आधुनिक सभ्यता, त्यसैगरी हामीले गुरु राखौं | होइन, त्यस्तो होइन | कसलाई गुरु चाहिन्छ ? तस्माद् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् (श्री भा ११|३|२१) | जो आत्माको विज्ञान बुझ्न वास्तवमा गम्भीर छ | तद् विज्ञानम् | ॐ तत् सत् | उसलाई गुरु चाहिन्छ | गुरु फेसन होइन |