NE/Prabhupada 0713 - व्यस्त मूर्ख खतरनाक हुन्छ



Lecture on SB 1.16.23 -- Hawaii, January 19, 1974


जसरी होस् तपाईहरुले यो भौतिक सुविधा बनाउनु भएको छ, आफुलाई सजिलो बनाउनको लागि, तर तपाईंहरु यहाँ बस्न सक्नुहुन्न. सक्नुहुन्न .. तपाईंहरुसंग केहि थोरै शक्ति मात्र छ| त्यसैले त्यो शक्ति चाहिँ केहि अन्यकुराको लागि हो | त्यसैले तपाइको त्यो शक्ति जुन कुराको लागि हुनु पर्ने हो त्यसको लागि भएको छैन | यदि तपाईले यो शक्तिलाई खाली भौतिक मोज मस्तीमा मात्र प्रयोग गर्नुभयो भने ... वास्तवमा, तिनीहरु खुसि हुन सकेका छैनन् | नत्र, किन त्यति धेरै युवा र युवतीहरु को चित्त​ वुझेन ? किनकि यस्तो तरिकाको बिकाशले हामीलाई खुसि बनाउन सक्दैन | यो सत्य हो | त्यसैले, यदि तिमीले तिम्रो शक्ति यस्तो बेकारको कुरामा खर्च गरेउ जुन हामीलाई आवस्यक छैन भने तिमी विकशित हैन, तिम्रो हार भैरहेको छ | त्यो तिनिहरु बुज्दैनन्| त्यो श्रीमदभागतम मा भनिएको छ | प्अराभवस् तावद् अबोध​-जातो यावन् न जिज्ञासत आत्म​-तत्त्वम् | पराभव | पराभव भनेको हराउने हो | तावत, "धेरै समय सम्म |" भौतिक मानिसको सबै क्रियाकलाप केवल हार हो |पराभवस् तावद् अबोध​-जातः अवोध | अवोध भनेको मुर्ख हो, अज्ञानी हो, जन्मदै मुर्ख हो | हामी सबै जन्मदै मुर्ख छौ | यदि हामीले राम्रो विध्या ग्रहण गरेनौ भने, हामी सबै मुर्ख र अज्ञानी हुन्छौ र त्यो मात्र समयको बर्वाद हो | किनकि... के हो ? व्यस्त मुर्खहरु, व्यस्त मुर्खहरु | यदि एउटा मुर्ख व्यस्त छ भने ऊ मात्र आफ्नो शक्ति बर्वाद गर्दै छ | जस्तै एउटा बाँदर| बाँदर धेरै व्यस्त हुन्छ | हुन पनि हो | डार्विनको सिद्धान्त अनुसार हामी सबै बाँदरबाट आएका हौ | त्यसैले बाँदरको काम नै समयको बर्वाद गर्नु हो | ऊ एकदम व्यस्त छ |उसलाई सधै व्यस्त देख्न सकिन्छ, त्यसैले एउटा व्यस्त मुर्ख खतरनाक हुन सक्छ | त्यहाँ चार प्रकारको मानिस हुन्छन: अल्छी बुद्धिमान, व्यस्त बुद्धिमान, अल्छी मुर्ख र व्यस्त मुर्ख | त्यसैले पहिलो श्रेणीको मानिस अल्छी बुद्धिमान हुन् | जस्तै तिमीले सर्वोच्च अदालतको जजहरुलाई देख्न सक्छौ | तिनीहरु अल्छी छन् र धेरै बुद्धिमान छन् . त्यो पहिलो श्रेणी हो | तिनीहरु सबै कुरा गम्भिरतापुर्वक गर्छन् | अनि अर्को श्रेणी: व्यस्त बुद्धिमान हो बुद्धि एकदम गम्भिरतापूर्वक अपनाउनुपर्छ | अनि तेस्रो श्रेणी चाहिँ: अल्छी मुर्ख हो, अल्छी अनि मुर्ख | अनि चौथो श्रेणी भनेको व्यस्त मुर्खहरु हो | व्यस्त मुर्खहरु धेरै खतरनाक हुन्छन् | त्यसैले यी सबै मान्छेहरु व्यस्त छन् | यहि देशमा पनि, जहींतहीं, सारा संसारभरी, एउटा दुइटा देशमा मात्रै हैन | तिनीहरुले यो घोडाविनाको रथ बनको छन् - धेरै व्यस्त छन् | हन हन(ट्याक्सी को आवाज निकाल्दै ) यो बाटो, यो बाटो, यो बाटो | तर तिनीहरु बुद्धिमान छैनन् | व्यस्त मुर्खहरु | त्यसैले तिनीहरु समस्या माथि समस्या थपिरहेका छन् | त्यो वास्तविक हो | तिनीहरु व्यास्त छन् , तर मुर्ख छन्, त्यसैले तिनीहरु समस्या उत्पादन गरिरहेका छन् |