NE/Prabhupada 0758 - कृष्णमा शरणागत भक्तको सेवा गर



760516 - Lecture SB 06.01.16 - Honolulu


यदि कोसैले आफ्नो जीवन कृष्णको लागि गर्दछ, यथा कृष्णार्पित प्राणस् तत्-पुरुष​-निषेवया (ष्B ६.१.१६). तत्-पुरुष​, तिमी ... कृष्णको लागि जीवन समर्पण गर्न निकै कठिन हुन्छ जबसम्म हामीले कृष्णको भक्तको सेवा गर्दैनौ | तत्-पुरुष​-निषेवया | तिमीले कृष्ण ठाडै अपनाउन सक्दैनौ | त्यो सम्भव छैन | तिमी उँहाको भक्तद्वारा जानुपर्ने हुन्छ | त्यसैले कृष्णले उँहाको भक्तलाई पठाउनुहुन्छ,"जाउ र फिर्ता लेराऊ उनीहरुलाई |" धुर्व महाराज जस्तै | उँहालाई थाहा थिएन कि सर्वच्चो पुरुषोतम भगवानलाई कसरी अपनाउने भनेर, तर उँहाको ईच्या आनुसार... उँहालाई भगवान देख्न मन लग्यो | किनकि उनी छेत्रीय थिए ... उँहाको आमाले भन्नुभयो, कि "मेरो प्यारो छोरा,भगवानले मात्र तिमीलाई मदत गर्न सक्नुहुन्छ| त्यसैले यदि तिमीलाई पिताकोजस्तै राजा बन्न मन छ भने, राम्रो तह, मात्र भगवानले तिमीलाई मदत गर्न सक्नुहुन्छ | म त मदत गर्न सक्दिन |.. यो होइन...." त्यसैले उँहा आफ्नो कुरामा अडिग हुनुहुन्थ्यो कि, "मैले भगवानलई देख्नुपर्छ |" त्यसैले उँहा जंगल पस्नुभयो, तर उँहालाई कसरी कृष्ण प्राप्त गर्ने भन्ने कुरा थाहा थिएन | एउटा पाँचवर्षको बच्चा ,उनी दृढ थिए | त्यसैले कृष्णले देख्नुभयो कि "यो केटो निकै दृढ छ |" त्यसैले कृष्णले उँहाको प्रतिनिधि, नारदमुनि लाई आदेश दिनुभयो :"जाउ र उसलाई सिकाउ | ऊ निकै उत्सुक छ |" त्यसैले चैतन्य महाप्रभु भन्नुहुन्छ, गुरु-कृष्ण​-कृपाय पाय भक्तिऌअता-बीज (चै च अध्य १९|१५१)| तिमी भक्तिमय कार्यमा झन् धेरै लग्न सक्छौँ | एउटा कृपा कृष्णद्वारा; अर्को कृपा अध्यात्मिक गुरुद्वारा | त्यसैले यहाँ त्यहि कुरा भनिएको छ, कृष्णार्पित​-प्राणस् तत्-पुरुष निषेवया | हामी यतिकै कृष्णार्पित​-प्राण हुन सक्दैनौ, कोहिले कृष्णको लागि यति सजिलै जीवन समर्पित गर्न सक्दैनन् | जबसम्म उसले कृष्णको कृपा पाउन सक्दैन | यो हो तरिका | तिमी ठाडै जानु सक्दैनौ | त्यो सम्भव छैन | त्यसैले नरोत्तम दास ठाकुरले भन्नु भयो, त्यहाँ धेरै भजन छन् ... चाडिया व्ऐष्णव​-सेवा, निस्तार पायेछे केबा: "वैष्णवको सेवा नगरिकन, कोसले मुक्ति पाएको छ ?" कोसैले छैन |" ताङ्देर चरण​-सेवि भक्त​-सने वास् जनमे जनमे मोर एइ अभिलाष् नरोत्तम दास ठाकुर भन्नु हुन्छ कि "मैले अब गुरुको सेवा गर्नुपर्छ, सनातन गोस्वामी, रुप गोस्वामी, र भक्तसंघ को समाजमा बस्नपर्छ | तन्देर चरण​-सेवि भक्त​-सने वास् | नरोत्तम दस ठाकुरले भन्नुभयो,जनमे जनमे मोर एइ अभिलाष् | हाम्रो... हामी ... लक्ष्य भनेको कसरी कृष्णलाई सेवा गर्ने हुनुपर्छ गुरु शिष्य परम्पराद्वारा, गुरु, र भक्तसंघमा रहेर बस्ने | त्यो हो तरिका | त्यसैले हामी संसारको धेरै ठाउँमा केन्द्रहरु स्थापना गर्दै छौँ | यो हो सिद्धान्त, कि मान्छेले भक्तसंघ र वैष्णव सेवा गर्ने मौका पाउँछन् | अनि मात्र यो पूर्ण हुनेछ | त्यसैले भनिएको छ कि, भक्ति योग भनेको, कृष्णकोलागी जीवन समर्पित गर्ने मात्रै होइन , तर वैष्णवको सेवा गर्न, तत्- पुरुष | तत् पुरुष भनेको उनीहरुको सेवा गर्ने जोसले कृष्णको लागि जीवन समर्पण गरेका छन् | दुईटा कुरा: कृष्णको लागि समर्पण र कृष्णको भक्तको लागि समर्पण | त्यसैले यो तरिकाबाट यदि हामीले उन्नति गर्यौं भने, हामीलाई यो भौतिक संसारबाट छुटकारा पाउन सजिलो हुन्छ | त्यो भनिएको छ न तथा ह्य् अघवान् राजन् पूयेत तप​-आदिभिः (श्री भा ६।१।१६)। तप​-आदिभिः यो सामान्य तरिका हो, तर यो धेरै धेरै गाह्रो छ, खासगरी यो युगमा | त्यसैले यदि हामीले यो तरिका अपनायौ भने, कृष्णको लागि जीवन समर्पण गर्यौ भने र वैष्णवको लागि जीवन समर्पण गर्यौं भने, हाम्रो जीवन सार्थक हुनेछ |

धेरै, धेरै धन्यवाद |

भक्तहरु : जय श्रील प्रभुपाद |