NE/Prabhupada 0797 - कृष्णको तर्फबाट मानिसहरुलाई कृष्ण भावनाको प्रचार गर्दैछन्, उनीहरु महान योद्धा हुन्



Arrival Address -- Vrndavana, September 3, 1976


प्रभुपाद : वैदिक ज्ञान रहस्यपूर्ण छ | वैदिक ज्ञान काल्पनिक तरिकाले, व्याकरण पढेको जस्तो गरी पढ्न मिल्दैन | वैदिक ज्ञान त्यो व्यक्तिले बुझ्न सक्छ, जोसको गुरुसमक्ष्य पूर्ण श्रद्दा छ | गुरु भनेको कृष्णको प्रतिनिधित्व हुनुहुन्छ - कृष्ण र उँहाको प्रतिनिधित्व | हामीले बारम्बार छलफल गरीआएका छौँ कि गुरु भनेको कृष्णको अधिकारिक दास हो | गुरु भनेको जादुगर अथवा इन्द्रजाल गर्ने होइन | त्यो गुरु होइन | गुरु भनेको ... यो चैतन्य महाप्रभुले एकदम सजिलोसँग वर्णन गर्नु भएको छ कि कसरी गुरु बन्ने भनेर | उँहाले सबै आग्रह गर्नुभएको छ, विशेष गरेर तिनीहरुलाई जो भारतमा जन्म लिएका छन् | भारत भूमिते मनुष्य​-जन्म ह्ऐल यार (चै च आदि ९|४१) | विशेष गरेर, हामी इन्डियन, भारतीय भएर, हामीले संसारको गुरु बन्ने मौका पाएका छौँ | हामीले पाएका छौँ | किनकि हामीसंग साहित्य छ, वैदिक साहित्य, विशेष गरेर भगवाद गीता, जुनकुरा कृष्ण आफैले बोल्नु भएको छ | यदि तिमीले जीवनको लक्ष्य के हो भनेर सारा संसार भरि प्रचार गर्दै हिड्यौ भने, तिमी गुरु हुन्छौ | र यदि तिमीले अरुलाई योगि, स्वामी, विद्द्वान भनेर ठयौ भने, तिमीलाई गुरु भनिदैन | गुरु ... चैतन्य महाप्रभु भन्नुहुन्छ, सबै इन्डियनहरु, सबै भारतीयहरु गुरु बन्न सक्छन् | आमार आज्ञाय गुरु हञा तार एइ देश (चै च अध्य ७।१२८)। जहाँ भएपनि | र म कसरी गुरु बन्न सक्छु ? यारे देख तारे कह कृष्ण उपदेश​ | त्यत्ति हो | त्यसैले यो कृष्ण चेतनाको ज्ञान भनेको चैतन्य महाप्रभुको सन्देश पालना गर्ने हो | र चैतन्य महाप्रभुको उपदेश भनेको, कृष्ण- उपदेश प्रचार गर्ने हो | र यो हो कृष्ण उपदेश : न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भा गि ७।१५)। यो हामीले आविस्कार गरेको शब्द होइन ; यो कृष्ण-उपदेश हो , कि "जो मेरो शरणमा पर्छ, दुष्कृतिन​, उसलाई तुरुन्तै चार समुहमा विभाजन गरिन्छ |" को हुन् तिनीहरु ? दुष्कृतिन​, मूढाः, नराधमाः, माययापहृत​-ज्ञाना, आसुरं भावम् आश्रिताः त्यसैले यो धेरै सामान्य कुरा थियो | के हो मुर्ख ? यदि कोहि कृष्णको शरण परेन भने, यदि कोहि कृष्ण बुज्दैन भने, ऊ दुष्कृतिन हो, भनेको पापी; मुर्ख, दुस्ट; नाराधाम, मानव जीवनको सबैभन्दा निच ;माययापहृत​-ज्ञाना, र उसको तथाकथित शिक्षा र प्रमाणपत्रका तहको केहि काम लाग्दैन किनकि वास्तविक ज्ञान उसले गुमाईसक्यो | माययापहृत​-ज्ञाना | त्यसैले त्यहाँ झगडा गर्नुको केहि कारण छैन ... तर हामीले बुझ्न सक्छौँ कि को हुन् त यी मनिसहरु | तिनीहरु यी चार समुहको हुन् | त्यसैले हामीले त्यो समाना गर्नु पर्छ | हाम्रो कृष्ण चेतनाको यो अभियानले यस्तै मुर्खहरुको सामना गर्नुपरिरहेको छ | यी दुष्कृतिन​, यी नराधमहरु, यिनीहरुलाई कृष्ण चेतनाको बारेमा आग्रह गर्नको लागि | यो हो कृष्ण चेतनाको अभियान | तिमी आफ्नो शान देखाउनको लागि एकान्तमा बस्न सक्दैनौ, हरिदास ठाकुरको नक्कल गर्दै : हरे कृष्ण हरे कृष्ण भन्दै | होइन | तिमीले प्रचार गर्नै पर्छ | त्यो चैतन्य महाप्रभुको आज्ञा हो | आमार आज्ञाय गुरु हञा तार एइ देश (चै च अध्य ७|१२८)| त्यो वास्तविक तरिकाको आज्ञा पालान हो चैतन्य महाप्रभुको | यो होइनको हरिदास ठाकुरजिको नक्कल गर्ने | त्यो सम्भव छैन | तिमीले सक्छौ ... यदि तिमीले त्यो निकै राम्रोसंग गर्न सक्छौ, त्यो तिम्रो आफ्नो सुरक्षाको लागि हो | यो सोचेर गर्छौ कि तिमी धेरै राम्रो सँग गरिरहेका छौ, तर त्यो तिम्रो सुरक्षाको लागि हो | तर जो अरुको लागि निकै अफ्ट्यारो स्थिति पनि सामना गर्न सक्छ, उसलाई कृष्णले सजिल्यै याद गर्नु हुन्छ | न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रिय​-कृत्तमः (भा गि १८|६९) य इदं परमं गुह्यं मद्-भक्तेष्व् अभिधास्यति (भा गि १८|६८) त्यसिले यदि तिमीले सामना गर्यौ भने .... जस्तै युद्द गर्ने सिपहि जस्तै, तिनीहरु देशको लागि जटिलता सामना गर्छन् | तिनीहरुलाई याद गरिन्छ | त्यसैगरी, जो प्रचारक छन् - कृष्णको प्रचारक, तिनीहरु ठुला प्रचारक हुन् | र म धेरै खुसि छु कि तिमीहरु अमेरिकन, यूरोपियनहरु मलाई मदत गरिरहेका छौ | त्यसैले यो तरिका निरन्तर गरिराख, यो तरिकाले गर्दा तिमीहरुलाई कृष्णले सजिलो संग याद गर्नु हुन्छ | किनकि उँहाले भन्नुहुन्छ, न च तस्मन् मनुस्येसु कश्चिन् मे प्रिय​-क्र्त्तमः (भा गि १८|६९)| को ? कोसले यो कृष्ण चेतना प्रचार गरिरहेको छ | त्यसैले म तिमीहरुलाई धेरै धन्यवाद दिन चाहन्छु कि तिमीहरु यहाँ वृन्दावनमा आएका छौ, र तिमीहरु घुमिरहेका छौ, तिमीहरु प्रचार गर्दै छौ | त्यसैले यो जीवन सारा संसार भरि कृष्ण चेतना प्रचार गर्न समर्पित गरौँ | र कहिले चिन्ता नलिऊ, कि हामी प्रचार गर्दा गर्दै मर्छौं भनेर, त्यो एकदम उत्तम हुन्छ |

धेरै, धेरै धन्यवाद |

भक्त : जय |