NE/Prabhupada 1021 - केवल वैष्णवले पतित बद्ध जीवप्रति सहानुभूति राख्छन्



730408 - Lecture SB 01.14.44 - New York


यस भौतिक अवस्थामा रहेका सबै पतित जिवात्माहरु ,तिनीहरु सबै पिडामा छन्| त्येसैले वैष्णवको सहानुभूति त्यहाँ हुन्छ| यदि त्यहाँ वास्तवमै पतित बद्ध जिवात्मा प्रति कोहि सहानुभूति गर्छत ,ऊ वैष्णव हो| ऊसलाई थाहा छ कसरी, किन तिनिहरु दुखमा छन्|त्यसैले उहा तिनीहरुलाई जानकारी दिन चाहानूहुन्छ| "मेरो प्यारो मित्र, तिमीहरु दुखमा हुनु को कारण सामान्य आफ्नो सच्चा प्रेमी ,कृष्णलाई भुल्नु हो|" "त्येसैले तिमीहरु पिडामा छौ."यो नै सन्देश ,वैष्णवको सन्देश| यो सन्देशको लागि कृष्ण आफै आउनुभयो ,परमेश्वोर रुपमा| उहाले यो पनि भन्नुभएको छ,सर्व​-धर्मान् परित्यज्य माम् एकंशरणं (भा गि १८|६६)| तिम्रो प्रेम गर्ने प्रवृत्तिरुमा धेरै कुराहरुमा विचलित छ| तरपनि तिमी खुशी छैनौ, किन ..... यदि तिमीले कृष्णलाई प्रेम गर्दैनौ भने ,तिमीले जे गरे पनि त्यो नामको मात्र प्रेम हुन्छ, तिमीले पापपूर्ण जीवन बिताउने छौ, अवज्ञा| उदाहरण को लागि, यदि तिमीले राज्यको कानून उलंघन गर्यौ भने, त्येसको अर्थ तिम्रा सबै कार्यहरु पापपूर्ण छन्| तिमीले त्यसलाई रङ्गयाउने सक्छौ,"आहा, कति सुन्दर,"तर त्यो, त्यो हैन| प्राकिर्तिक रुपमानै,किनभने तिमी कृष्णकोदास हौ, जीवेर स्वरूप हय नित्य कृष्ण दास (चै चै मध्य २०|१०८), तिम्रो दिव्य स्वोभाव भनेको कृष्णको सेवा गर्नु हो| त यो ज्ञानबिना,तिमीले कसैको जेकोई सेवा गर्न गैरहेका छौ| त्यो पापपूर्ण हुन्छ| यो त्येस्तै समान ऊदाहरण हो| यदी तिमीले राज्य को कानून पालन गरेनौ ,र तिमी समाजसेवी बन्यौ ..... त मैले भारतमा देखेको छु| अ भारतमा,जब त्यहाँ स्वतन्त्रताको अभियान चलेकोथ्यो -अतः यो भारतमा मात्र हैन, प्रत्येक देशमा जब त्यहाँ स्वतन्त्रताको अभियान चलेको थियो,धरै मानिसहरु झुण्डाइयो ,मिर्त्यु दण्ड दिइयो| तर उचाहिँ सच्चा महान देश प्रेमी| तर आफ्नो देशलाइ प्रेम गर्ने प्रगाण भावना हुदाहुदैं पनि ,उसलाई झुण्डाइयो, किनभने कानून.. उसले सरकारको कानून ऊलंघन गर्यो| बुझ्ने प्रयास मात्र गर| त्यसैगरी, यदि उसले परम सरकार को कानून ऊलंघन गर्यो भने ,जसलाइ धर्म भनिन्छ| धर्म अर्थात् परम सरकारको कानून| धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९)| धर्म अर्थात् ..र धर्म के हो? कृष्णले अति सामान्य कुरा भन्नुभएको छ. सर्व​-धर्मान् परित्यज्य माम् एकं. वास्तविक धर्म भनेको कृष्ण वा भगवानमा समर्पण हुनु हो|त्यो हो वास्तविक धर्म| त्यो तर्कबिना,सबै धर्म, तिनीहरु केवल ठग्दै छन्| धर्मः प्रोज्झित​-क्ऐतवो ऽत्र (श्री भा १|१|२),यसरी श्रीमद्-भागवतम् सुरुवात हुन्छ| ठग्ने धर्म| यदि त्यहाँ भगवान प्रति प्रेम छैन भने,त्यो हैन ...... केवल केहि कर्मकाण्डीय सुत्र| त्यो धर्म हैन| जस्तै कर्मकाण्डीय प्रक्रिया अनुसार हिन्दु मन्दिर जान्छन, मुस्लिम मस्जिद जान्छन, अथवा इशाई चर्च जान्छन| तर तिनीहरुमा भगवान प्रति प्रेम छैन,केवल आधिकारिकता को लागिमात्र| किनभने तिनीहरुले आफुमा छाप लगाउनु पर्छ केहि धार्मिक चिन्नको: "म हिन्दु धर्मसंग आबद्ध छु," " म इसाई धर्मसँग आबद्ध छु|" त्यो केवल झगडा हो, त्यो सबै, किनभने त्यहाँ प्रेम छैन| यदि तिमी ....यदि तिमी धार्मिक छौ भने ,यसको मतलब तिमी भागवत चेतनामा हुनुपर्छ| त यदि तिमी भागवत चेतना छौ भने ,यदि म भागवत चेतनामा छु भने, त्यहा झगडा हुनुको के कारण? त त्यो तर्क तिनीहरुले छुटाएका छन्; तसर्थ यस प्रकारको धर्म ठग्ने धर्म हो, किनभने त्यहाँ प्रेम छैन्|